देशभर थपिए ८१६७ संक्रमित, थप ५४५५ जनाले जिते कोरोना

 न्यूज विराट
देशभर थपिए ८१६७ संक्रमित, थप ५४५५ जनाले जिते कोरोना

पछिल्लो २४ घण्टाको अवधिमा देशभर ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ५४८ नमुना परीक्षण गर्दा सो संख्या संक्रमित थपिएका हुन् ।

आज १७ हजार ९७१ जनाको पीसीआर गर्दा ८ हजार ४६ जनामा कोरोना पुष्टि भएको छ भने १२१ जनाको एन्टिजेन परीक्षण गर्दा १२१ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ । आज देशभर १ लाख ९ हजार ७४० जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ५ हजार ४५५ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ३ लाख ३३ हजार १०८ पुगेको छ ।

नेपालमा थप १८७ संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । सेनाले शव व्यवस्थापन गरेको तथ्यांकका आधारमा सो संख्यामा संक्रमितको मृत्यु भएको हो । योसँग नेपाल संक्रमणबाट  ज्यान गुमाउनेको संख्या ४ हजार ८५६ पुगेको छ ।

सम्बन्धित समाचार

दुईवटा मोटरसाइकल जुध्दा २२ वर्षीष युवकको मृत्यु

रौतहट, ५ वैशाख । राैतहटमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । देवाहीगोनाही नगरपालिका-४ ईमलियाटोल र पटेलचौकबीच सडकमा दुईवटा मोटरसाइकल आपसमा जुध्दा एक युवकको मृत्यु भएको हाे  । बिआर ०५ एच १६८६ नम्बरको मोटरसाइकल र...

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अश्वीकार, अब राष्ट्रपतिबिरुद्धको सवै रिटको सुनुवाइ संवैधानिक इजलासमै

काठमाडौं,जेठ १३ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेका रिटमा अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलाशले आज रिटको प्रारम्भिक सुनुवाइ...

तेस्रो मिल्स भेट्रान्स गोल्डकप, पथरी र हाम्रो धरान सेमिफाइनलमा

विराटनगर । कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताका मोरङको पथरीशनिश्चरे भेट्रान्स र हाम्रो धरान भेट्रान्स क्लबसेमिफाइनलमा पुगेका छन् ।विराटनगर जुटमिल खेलमैदानमा सोमबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा पथरीशनिश्चरे भेट्रान्सले मिल्स भेट्रान्स क्लब (ख) लाई...

मोरङको धनपालथानमा सहकारी फोडि चोरी गर्ने तीन जना पक्राउ

विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा सहकारी फोडी चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धनपालथान गाउँपालिका – २ कुशमाहमा रहेको युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ढोका फोडी नगद र ल्यापटप चोरी गरेको...

विराटनगरमा जारी टि–२० मेयर कप क्रिकेटः विरगञ्ज र जनकपुर विजयी

विराटनगर । विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता बुधबारको खेलमा विरगञ्ज महानगरपालिका र जनकपुरधाम उपमहानगरपालिका विजयी भएका छन् । विराटनगर–१९ स्थित झापा वैजनाथपुरको खेल मैदानमा बुधबार पहिलो...

लागुऔषधसहित युवक पक्राउ

प्रतिबन्धित लागुऔषधसहित प्रहरीले आज एक युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी कचनारीबाट खटिएको टोलीले सिरहाको बरियारपट्टि गाउँपालिका–१ कचनारीबाट लागुऔषधसहित जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ निवासी ४० वर्षीय भुवनेश्वर यादवलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै...

आज संविधान संशोधन विधेयक पारित हुँदै

काठमाडौं, ३१ जेठ-नेपालको संविधान दोस्रो संशोधन विधेयक आज प्रतिनिधि सभाबाट पारित हुँदैछ । १८ जेठमा प्रस्तुत विधेयकमा शुक्रबारसम्म संशोधन दर्ताको समय थियो । संशोधनको अवधि सकिएसँगै पारितको प्रक्रिया अघि बढाइएको हो । सङ्घीय संसद् सचिवालयले आज दिउँसो...

तिहार नजिकिँदै गर्दा भारतबाट अवैध रुपमा भित्रियो पटका

विराटनगर । दशैं सकिएर तिहार नजिकिन लाग्दै गर्दा भारतबाट ल्याउँदै गरेको ठूलो परिणामको पटका मोरङको रंगेली र विराटनगरबाट प्रहरीले बरामद गरेको छ ।रंगेली नगरपालिका–४ चोप्राहा नाका हुँदै भित्राइएको २ लाख ७२ हजार रूपैयाँ बराबरको पटका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्