कोरोना संक्रमणबाट विराटनगरका पाँच सहित थप नौ जनाको मृत्यु

 न्यूज विराट
कोरोना संक्रमणबाट विराटनगरका पाँच सहित थप नौ जनाको मृत्यु

विराटनगर, ३१ वैशाख । कोरोना भाइरसको संक्रमणबाट मोरङमा थप नौ जनाको मृत्यु भएको छ । मोरङका विभिन्न तीनवटा अस्पतालमा शुक्राबार विहान सात र विहिबार विहान दुई जना कोरोना संक्रमित भएको हो । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा चार, कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन र मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा दुई जनाको मृत्यु भएको हो ।

नोबेल शिक्षण अस्पतालमा सुनसरीको धरान–१ का ३८ वर्षीय पुरुष, विराटनगर महानगरपालिका–१६ की ७४ वर्षीया महिला, धनकुटा जोरपाटीका ५६ वर्षीय पुरुष र महोत्तरी घर भएका ७७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए ।

त्यस्तै विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका–११ का ३८ वर्षीय पुरुष, विराटनगर–६ का ५६ वर्षीय पुरुष र सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ७९ वर्षीय पुरुषको मृत्यु भएको सुचना अधिकारी अनुपम राजवंशीले जानकारी दिए ।

त्यस्तै मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा विराटनगर–९ का ४९ वर्षीय पुरुष र विराटनगर–६ का ६४ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवले जानकारी दिए ।

सम्बन्धित समाचार

बिहारमा १ जनाको मृत्युपछि जनकपुरमा सतर्कता, भोलिदेखि बजार बन्द

जनकपुरधाम, १० चैत-कोरोना भाइरस संक्रमणको प्रभाव बढ्दै गएपछि जनकपुरधाम बजार बन्द हुने भएको छ । कोरोना संक्रमण भित्रिन नदिन भोलिदेखि जनकपुधाम बजार बन्दको जनकपुर उद्योग वाणिज्य संघले घोषणा गरेको हो । संघका पदाधिकारीको सोमबार बसेको...

मेस्सी सर्वाधिक आय भएका खेलाडी, रोनाल्डो दोस्रो नम्बरमा

एजेन्सी, ३० भदौ-अर्जेन्टिना तथा बार्सिलोनाका स्टार लियोनल मेस्सी सर्वाधिक आय गर्ने फुटबलरको शीर्ष स्थानमा उक्लिएका छन् । फोर्ब्सका अनुसार सर्वाधिक आय गर्ने खेलाडीको सूचिमा मेस्सी शीर्ष स्थानमा उक्लिएका हुन् । उनले पोर्चुगल तथा युभेन्टसका क्रिष्टियानो...

होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु

विराटनगर, ५ भदौ-विराटनगर–६ सरोचियास्थित ४५ बर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । घरकै होम आईशोलेशन बसेका संक्रमित पुरुषको बिहीबार राती ८ बजे मृत्यु भएको हो । भदौ ३ गते मृतक पुरुषलाई कोरोना संक्रमण पुष्टि...

दुई मुलुकबीचको छलफलबाट समस्या समाधान

एजेन्सी, असार १-नेपालसँगका सबै समस्याको दुई मुलुकबीचको छलफलबाट समाधान खोजिने भारतीय रक्षा मन्त्री राजनाथ सिंहले बताएका छन् । छिमेकी देश नेपालसँग सामाजिक, ऐतिहासिक वा सांस्कृतिक सम्बन्ध मात्र नभइ ‘धार्मिक’ पनि भएको उनले बताए । सीमा...

काठमाडौं उपत्यकामा थप ८९९ जनामा संक्रमण पुष्टि

काठमाडौं, ६ मंसिर-पछिलो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा थप ८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा उपत्यकामा ३८७ महिला र ५१२ जना पुरुषमा कोरोना...

रतुवामाईमा जुवा खालबाट कांग्रेस नेता दिपक श्रेष्ठसहित एक दर्जन जुवाडे पक्राउ

विराटनगर, ८ कात्तिक । मोरङको रतुवामाई नगरपालिकाबाट नेपाली कांग्रेसका स्थानीय नेतासहित एक दर्जन जुवाडे पक्राउ परेका छन् । गत कात्तिक ४ गते सत्ता र शक्तिको आडमा प्रहरी प्रशासनलाई चुनौती दिँदै जुवा खालमा जुवा खेलीरहेको अवस्थामा...

कुलमानविरुद्ध परेको मुद्दामा मिसिल कागज झिकाउन सर्वोच्चको आदेश

काठमाडौं, भदौ ८ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा आफूलाई हटाएर कुलमान घिसिङलाई नियुक्ति गर्ने सरकारको निर्णय गैरकानुनी भएको भन्दै हितेन्द्रदेव शाक्यले दर्ता गरेको रिटमा सर्वोच्चले मिसिल कागज झिकाउन आदेश दिएको छ । आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर...

बोको हरामद्धारा १८ सर्वसाधारणको हत्या

काठमाडौं, १९ साउन -क्यामरुनको सुदुर उत्तरी क्षेत्रमा बोको हराम नामक सशस्त्र विद्रोही समूहले गरेको आक्रमणका क्रममा कम्तीमा पनि १८ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ ।  सो आक्रमणमा परी लिदु साहेल भन्ने क्षेत्रमा ती नागरिकको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्