एजेन्सी, ३१ वैशाख । भारतको विहार राज्यमा अक्सिजनको कालोबजारी गर्ने व्यक्तिको सम्पति जफत गरिने भएको छ । अक्सिजनका साथै कोरोना संक्रमितको उपचारमा प्रयोग हुने औषधि रेमडिसिभिर लुकाउनेहरुको पनि सम्पति जफत गर्न लागिएको जनाइएको छ ।
कालोबजारीको खिलाफमा कार्यरत संस्था आईईओयुले कालोबजारी गर्नेको सम्पति माथि नै नजर लगाउन थालेको हो । सो संस्थाका एनएच खानले आफ्ना मातहतका अधिकृतहरुलाई कालोबजारियाहरुको सम्पतिसमेत जफत गर्न निर्देशन दिएका हुन् ।
विहारमा अक्सिजन, रेमडिसिभिर र एम्बुलेन्समा समेत मनपरी गर्न थालेपछि त्यस्ता व्यक्तिहरुका विरुद्धमा कडा कारवाही गर्न थालिएको जनाइएको छ । औषधीसहितका अन्य स्वास्थ्य सामग्रीहरुमा हुने कालोबजारीका कारणले नेपालमा पनि धेरैले ज्यान गुमाउनु परिरहेको छ ।