सिरहामा जेठ २१ गतेसम्मका लागि निषेधाज्ञा

 न्यूज विराट
सिरहामा जेठ २१ गतेसम्मका लागि निषेधाज्ञा

सिरहा, ३१ वैशाख । कोरोना संक्रमण दिनदिनै बढ्दै गएपछि सिरहामा तीन साताका लागि निषेधाज्ञा जारी गरिएको छ । बिहीबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी आगामी जेठ २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा अवधिभर निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेस्टुरेन्ट, ब्युटीपार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टरलगायतका बन्द रहने जनाइएको छ । स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानीलगायत अत्यावश्यक क्षेत्रका सवारी साधनभने सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिए ।

खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्यास पसल बिहान ६ बजेदेखि साढे नौ बजेसम्म मात्रै खोल्न पाइने स्थानीय प्रशासनले जनाएको छ । निर्माण सामग्री भण्डारण गर्ने बाहेक विहान साढे नौ बजेदेखि ५ बजेसम्म व्यवसाय गर्न पाइने बताइएको छ ।

सम्बन्धित समाचार

वर्षाका कारण विराटनगर जलमग्न (फोटो फिचर)

विराटनगर, असार ११-बिहिबार लगातारको अविरल वर्षाका कारण विराटनगर जलमग्न भएको छ । आज बिहानैदेखि लगातार परेको वर्षाले विराटनरका विभिन्न वडाहरु जलमग्न भएका हुन् । पानीको सतह बढेपछि विराटनगरको दक्षिणी र पश्चिमी क्षेत्रका केही बस्तीहरु डुबानमा...

मन्त्री घिमिरेद्धारा योजनाको साप्ताहिक अनुगमन

विराटनगर, ३ साउन–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो निर्वाचन क्षेत्रमा साप्ताहिक रुपमा योजनाको अनुगमन अगाडी बढाएका छन् । हरेक साताको शनिबार उनले मोरङ निर्वाचन क्षेत्र नं. ४ (ख) मा निर्माण भईरहेका, सम्पन्न...

बाँच्दैमा मानव भइँदैन, सामाजिक मुक्तिमा कर्मनिष्ठ र आनन्दित हुन सक्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं, १ वैशाख-नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले २ महिनाको पारिश्रमिक कोभिड १९ कोष र बाँकी विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजमा दिने घोषणा गरेका छन् । उनले दिएको नयाँ वर्षको शुभकामना सन्देशमा कोभिड-१९ र...

मोरङ ४(१) मा काँग्रेसका घिमिरेको सुरुवाती अग्रता

विराटनगर । मोरङ क्षेत्र नं. ४(१) प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका गुरुप्रसाद घिमिरेले सुरुवाती अग्रगता कायम गरेका छन् । प्रदेशतर्फ २ हजार १ सय ३९ मत गणना हुँदा घिमिरेले ९ सय ७ मत ल्याएका छन् ।...

आज ५०२ संक्रमित थपिए, २८७८ डिस्चार्ज

काठमाडौं, २ मंसिर-पछिल्लो २४ घण्टाको अवधिमा थप ५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ५०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै...

भारतीय सेना प्रमुखको अभिव्यक्तिप्रती आपत्ति प्रकट

काठमाडौं, जेठ ४–संघीय संसद्अन्तर्गतको परराष्ट्र सम्बन्ध तथा श्रम समितिका सदस्यहरुले कालापानी र लिपुलेक अतिक्रमणबारे भारत सरकारले त्यहाँको सेना प्रमुखलाई बोल्न लगाएकामा आपत्ति प्रकट गरेका छन् । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवानेको अभिव्यक्तिको नेपाल सरकारले...

शिक्षादीप कलेजका विद्यार्थीले उडाए ‘वाटर रकेट’, बुधबारबाट सुरू भयो ६ दिने कार्यशाला

विराटनगर । पानी र हावाको मिश्रणको चापबाट चल्ने ‘वाटर रकेट’ तयार हुँदा विराटनगरस्थित शिक्षादीप कलेजका ७ जना विद्यार्थीको अनुहारमा बेग्लै चमक देखियो । कक्षा १२ मा विज्ञान संकाय लिएर अध्ययन गर्दै आएका आयुष ठाकुर, रितेस...

कुवेतमा तीन जना नेपालीमा कोरोना संक्रमण

कुवेतमा थप तीनजना नेपालीलाई कोरोना (कोभिड–१९) को संक्रमण देखिएको छ ।कुवेतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार थपिएका ८० नयाँ संक्रमित मध्ये तीनजना नेपाली हुन् । हालसम्म कुवेतमा १ हजार ९ सय ९५ जना कोरोना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्