३० हजारको रेम्डेसिभिर १ लाख २० हजारमा बेच्न खोज्ने पक्राउ

 न्यूज विराट
३० हजारको रेम्डेसिभिर १ लाख २० हजारमा बेच्न खोज्ने पक्राउ

कोभिड-१९ संक्रमितलाई आवश्यक पर्ने रेम्डेसिभिरलाई कालोबजारी गर्ने एक व्यक्ति काठमाडौंको बसुन्धराबाट पक्राउ परेका छन् । ३० हजार पर्ने ६ थान रेम्डेसिभिर १ लाख २० हजारमा बिक्री गर्न खोज्ने गोरखा आरुघाट-४ भर भई काठमाडौंको टोखा बस्ने २५ वर्षीय रफिक मियालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

रेम्डेसिभिरको कालो बजारी भइरहेको सूचनाका आधारमा खोजतलास गर्दा मियालाई पक्राउ गरिएको एसपी महाशाखाका प्रवक्ता कृष्णप्रसाद कोइरालाले जानकारी दिए । महाशाखाका अनुसार ६ थान रेम्डेसिभिरको मूल्य करिब ३० हजार पर्नेमा १ लाख २० हजारमा बिक्री गर्न बार्गेनिङ गरी औषधिसहित बसुन्धरामा बिक्री गर्न आएका बेला मियालाई नियन्त्रणमा लिइएको हो ।

मियाले महाराजगञ्जस्थित नीलकण्ठ लम्सालको नाममा दर्ता रहेको सेवक फर्माका दीपक ढकालसँगको मिलेमतोमा उक्त औषधि ल्याएको खुल्न आएको महाशाखाले जनाएको छ । ढकाल फरार रहेकाले उक्त फर्मा सिल गरी थप अनुसन्धान तथा खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उक्त औषधि कोभिड-१९ संक्रमितको उपचारका लागि तोकिएका अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयमार्फत उपलब्ध गराइने गरेको छ । उक्त औषधि के कसरी औषधि पसलसम्म पुर्‍याइयो र यस प्रकरणमा अन्य क-कसको संलग्नता छ भन्ने विषयमा थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार

विराट गोल्डकप, थिम्पुलाई पराजित गर्दै घरेलु टिम सांग्रीला सेमिफाइनलमा

विराटनगर । विराटनगरका उद्योगी राजेन्द्र राउतले लगानी गरेको घरेलु टिम सांग्रीला मोरङ फुटबल क्लब आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।विराटनगरको सहिद रंगशालामा शनिबार सम्पन्न भएको पहिलो क्वाटरफाइनल खेलमा पाहुना टोली भुटानको...

पोखरिमा डुबेर एक किशोरको मृत्यु

बिराटनगर, ३२ साउन-मोरङ बिराटनगर महानगरपालिका–१४ मा स्थित पोखरीमा डुबेर १६ बर्षीय किशोरको मृत्यु भएको छ ।आइतबार बिहान सवा ९ बजेको समयमा उक्त स्थानमा रहेको माई पोखरीमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएका विराटनगर–१५ का...

आजकाे माैसम : पहाडी क्षेत्रमा चट्याङ्सहित वर्षाकाे सम्भावना

काठमाडौं, ५ वैशाख । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।...

झापाको विर्तामोड नगरपालिका शिल

विराटनगर, १० साउन । झापाको विर्तामोड नगरपालिकाले आगामी साउन २० गतेसम्म नगरपालिकाको सम्पूर्ण क्षेत्र शिल गर्न प्रशसानलाई आग्रह गरेको छ । नगर क्षेत्रमा कोरोना संक्रमण फैलँदो अवस्थामा रहेकाले साउन १३ गते मध्य रातिदेखि २० गतेसम्म...

कवि नेवटियालाई साहित्य सम्मान

विराटनगर । वरिष्ठ कवि लक्ष्मण नेवटियालाई साहित्य सम्मान प्रदान गरेका छन् । उद्घोष दैनिकले आइतबार विराटनगरमा साहित्य सम्मान एवं कृति विमोचन कार्यक्रम आयोजना गरेर हास्य विधाका कवि नेवटियालाई सम्मान गरेको हो । कवि नेवटियाले विराटनगरबाट...

आफनो समूहका प्रभावशाली नेता विभाजित भएकाले तत्काल नयाँ पार्टी बनाउन नसकेको माधव नेपालको स्वीकारोक्ति

काठमाडौँ, जेठ २२ । नेकपा (एमाले)ले साधारण सदस्य समेत बाट हटाइएका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफू निकटका जिल्ला अध्यक्ष र सचिवसँग प्रभावशाली नेताहरूको मत बाझिएका कारण तत्काल नयाँ पार्टी गठनको सम्भावना कम रहेको बताउनुभएको छ...

विराटनगरमा अन्तर विद्यालय स्तरीय फुटबलः सनरे र मोर्डन एरा स्कूल क्वाटरफाइनलमा

विराटनगर, २६ मंसिर । प्रथम जिल्ला स्तरिय अन्तर विद्यालय मिल्स कप नकाउट फूटलब टुर्नामेन्टमा मोरङको रंगेलीस्थित सनरे बोर्डिङ स्कूल र विराटनगरको मोर्डन एरा स्कूल क्वाटरफाइनलमा प्रवेश गरेको छ । फार्क क्लब रानी विराटनगर – १५...

हुलाकी सडक निर्माणमा मेयर कोइरालाको चासो

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हुलाकी सडक निर्माणमा चासो देखाएका छन् । विराटनगर–५ स्थित गणेशचोक–केशलिया खण्डमा पर्ने हुलाकी सडक निर्माणमा विलम्ब हुँदा स्थानीयलाई सास्ती भएको भन्दै मेयर कोइरालाले तत्काल निर्माण सम्पन्न गर्न निर्माण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्