विराटनगर धाडेवा रोडस्थित एक हार्डवेयरको गोदामबाट कटुवा पेस्तोल बरामद, एक जना पक्राउ

 न्यूज विराट
विराटनगर धाडेवा रोडस्थित एक हार्डवेयरको गोदामबाट कटुवा पेस्तोल बरामद, एक जना पक्राउ

विराटनगर । विराटनगर–७ धाडेवा रोडमा रहेको एक हार्डवयरको गोदामबाट कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दुई साताअघि बन्द भएको गोदाममा प्रहरीले पेस्तोल फेला पारेपछि गोदमका कामदार सुजित साहलाई आइतबार साँझ पक्राउ गरेको हो ।

राजकुमार रौनियारले दिलिप धाडेवाको घरको सटर भाडामा लिएर लामो समयदेखि हार्डवेयर र कपडाको गोदाम बनाएका थिए । १५ दिन अगाडि उनले गोदम हटाएर खाली गरेका थिए । आइतबार साँझ इटहरीबाट राजश्व अनुसन्धानको टोली राजस्व छली गरेको आशंकामा साहको गोदममा छापा मार्न पुग्दा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद भएको मोरङ प्रहरीले जनाएको छ ।

घटनास्थलमा वडा प्रहरी कार्यालय विराटनगर ‘क’ का डिएसपी दिपक कार्की र जिल्ला प्रहरी कार्यालय मोरङका मुद्दा फाँटका प्रहरी निरीक्षक मिलन थापाको नेतृत्वको टोली पुगेको थियो । पेस्ताल र त्यसमा लाग्ने गोली बरामद भएपछि गोदामका कामदार साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

कांग्रेसमा फेरि विवाद, पौडेल पक्षद्वारा बैठक बहिष्कार

काठमाडौं, फागुन २२–महाधिवेशन मिति सार्वजनिक गर्नुपर्ने माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मंसिर २६ देखि पुस ११ गतेसम्म केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार र्गयो। सभापति शेरबहादुर देउवाले बहुमतबाट महाधिवेशन मितिलगायतका महत्त्वपूर्ण निर्णय गरे। पार्टी सभापति...

घरेलु तथा साना उद्योग महासंघ उर्लाबारीमा गठन, युवा उद्यमीको अध्यक्ष सुनिल र महिलामा सरस्वती

विराटनगर । नेपाल घरेलु तथा साना उधोग महासंघ मोरङ्ग अन्तर्गत दुई समिति गठन भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ उर्लाबारी नगर समिति तथा उर्लाबारी महिला उद्यम नगर समिति गठन भएको हो । उर्लावारी...

प्रदेश १ मा ३२७ जनामा कोरोना संक्रमण

विराटनगर, ११ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १४१ जनाको पीसीआर परीक्षण गर्दा २२६ र ३५४ जनाको एन्टिजेन परीक्षण गर्दा १०१ जनाको रिपोर्ट पोजेटिभ...

दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडौं, ३ कात्तिक-धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । आइतबार ओरालो लागेको नेप्से आज १३.५८ बिन्दुले उकालो लागेर एक हजार ५७०.३८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.६२...

तराईका जिल्लामा कोरोना संक्रमित बढेपछि बारामा कडाइ

काठमाडौं, ३० वैशाख-जिल्ला प्रशासन कार्यालय बाराले बारा जिल्लामा निशेधाज्ञालाई थप कडाइ गरेको छ । पर्साको वीरगंज बारा र तराईका जिल्लामा देखिएको कोरोना संक्रमित बिरामीको संख्या बढ्दै गएपछि प्रशासनले लकडाउनलाई थप कडाइ गर्ने जानकारी दिएको हो...

एचआईभी रोकथाम र नियन्त्रणमा जोड

विराटनगर । एचआईभीरएड्स सङ्क्रमण रोकथाम र नियन्त्रणको लागि सचेतना सँगै बजेट पनि प्रयाप्त बिनायोजन गरिनुपर्नेमा एक कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् ।स्वास्थ्य निर्देशनालय कोशी प्रदेश धनकुटा र ए।एच।एफ नेपालको आयोजनामा विराटनगरमा बुधबार भएको विकेन्द्रीकृत बजेट विनियोजन...

लकडाउन भएमा राजस्व पूरा गर्न कठिन:अर्थमन्त्री

काठमाडौं, १५ कात्तिक-अर्थमन्त्री विष्णु पौडेलले कोरोना महामारीको कारण पुन: लकडाउन लगाइएमा राजस्वको लक्ष्य पूरा गर्न कठिन रहेको बताएका छन् । गत आर्थिक वर्षमा ७ खर्ब ९३ अर्ब मात्रै राजस्व उठेकोमा चालू वर्ष विभाज्य कोषसहित १०...

देशभर थपिए ९२७ संक्रमित

काठमाडौं, १२ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ९२७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्