मोरङको ग्रामथान गाउँपालिकाले सञ्चालन गर्यो कोभिड–१९ अस्थायी अस्पताल

 न्यूज विराट
मोरङको ग्रामथान गाउँपालिकाले सञ्चालन गर्यो कोभिड–१९ अस्थायी अस्पताल

विराटनगर, ५ वैशाख । मोरङको ग्रामथान गाउँपालिकाले अस्थायी कोभिड–१९ अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले कोरोना भाईरस संक्रमित व्यक्तिहरुलाई उपचार गराउने उद्धेश्यले ग्रामथान गाउँपालिका वडा न २ स्थित पिडाडवनीमा आइतबारदेखि अस्थायी कोभिड–१९ अस्पताल सञ्चालनमा ल्याएको हो ।

गाउँपालिका क्षेत्र भित्र कोरोना भाईरस संक्रमण देखिएका व्यक्तिहरुलाई उपचार गराउन सहजताका लागि अस्पताल सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष शिवनारायण माझीले बताए ।

कोरोना संक्रमित दिन–प्रति दिन बढन थालेपछि संक्रमणबाट सुरक्षित रहनका लागि सुविधा सम्पन्न ५ शैयाको अस्पताल सञ्चालनमा ल्याएको उनले बताए ।

अध्यक्ष माझिले अस्थायी कोभिड–१९ अस्पताल उद्घाटन गर्दै कोरोना संक्रमणबाट सुरक्षित रहन गाउँपालिकामा लकडाउन गर्नु पर्ने अवस्था आएमा लकडाउन समेत गर्ने बताए । अस्पतालमा एक जना मेडिकल अधिकृत, २ जना स्टाफ नर्स, एक जना कार्यालय सहयोगी र २ जना कर्मचारी खटाइएको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार

थप २ सय १३ जनामा काेराेना, संक्रमितकाे संख्या ३ हजार ४ सय ४८

काठमाडाैं, २५ जेठ-आइतबार २ सय १३ जना कोरोना संक्रमति थपिएका छन् । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार २ सय ९ जना पुरूष र ४ जना महिला संक्रमित थपिएको बताएका हुन्...

राष्ट्रपतिले जारी गरिन् राजनीतिक दलसम्बन्धी अध्यादेश

काठमाडौं, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा बुधबार राष्ट्रपति भण्डारीले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकी हुन् । यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी...

बैंकको ब्याजदर बृद्धिविरुद्ध पूर्वका उद्योगी, व्यवसायी आन्दोलनमा उत्रिने

विराटनगर । बैंकको ब्याजदर चर्को रुपमा बृद्धि भएपछि उद्योगधन्दा सञ्चालनमा समस्या भएको भन्दै प्रदेश १ का उद्योगी व्यवसायीले आन्दोलनको तयारी थालेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ समितिले बिहीबार विराटनगरमा आयोजना गरेको...

बालुवाटारमा नेकपाका ३ शीर्ष नेताबीच वार्ता

काठमाडौं, १ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको विवाद समाधानका लागि २ अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड) आज पनि वार्तामा जुटेका छन्  । बालुवाटार स्रोतका अनुसार आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल...

गभर्नरमा तीन जनाको नाम सिफारिस

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको गभर्नर छनोट समितिले ३ जनाको नाम छनोट गरेको छ । गभर्नरको अवकाश भएको १९ दिनपछि छनोट समितिले ३ जनाको नाम टुंग्याएको हो । अर्थमन्त्री खतिवडासहित पूर्वअर्थसचिव कृष्णहरी बाँस्कोटा र...

प्रेस सेन्टरको स्थापना दिवसमा आश्रममा फलफूल वितरण

विराटनगर । प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवसको अवसर पारेर ज्येष्ठ नागरिकहरुलाई फलफूल र स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।प्रेस सेन्टर नेपाल मोरङले मंलबार स्थापना दिवसमा विराटनगर ८ मा रहेको विराटेश्वर वृद्धा आश्रममा फलफूल...

पूर्वाञ्चल विद्या सदनमा भव्य भयो किड्स कार्निभल, कुन इभेन्टमा को भए बिजेता ?

विराटनगर । विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलमा पूर्वाञ्चल किड्स कार्निभल भएको छ । शुक्रबार स्कुलले एक भव्य कार्यक्रम आयोजना गरी किड्स कानिर्भल कार्यक्रम आयोजना गरेको हो । पूर्वाञ्चल किड्स कार्निभल अन्र्तगत गणित र विज्ञान...

चर्को भाडा असुलेर यात्रु लगिएको छैनः सिटौला

काठमाडौं,  २६ जेठ-नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यात्रुसँग चर्को भाडा नलिएको स्पष्ट पारेका छन् ।महासंघ र उनको नाम जोडेर यात्रुसँग चर्को भाडा असुलेको समाचार बाहिर आएपछि महासचिव सिटौलाले स्पष्ट पारेका हुन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्