विराटनगर, २९ चैत । विराटनगरको सहिद रंगशालामा जारी छैठौंै विराट गोल्डकपमा भारतको पंजाव पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा शहिद स्मारक ए डिभिजन लिग बिजेता मछिन्द्र क्लब काठमाण्डौंलाई २–० गोलले हराउँदै भरातको पंजाव पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।
जितसँगै चैत ३१ गते हुने अप्रिकन रुट्स एसोसिएसन दोला क्यामरुन र संकटा ब्याइज स्पोटिङ्ग क्बल काठमाण्डौं बिच प्रतिस्पर्धा हुनेछ । खेलको सुरू भएको ३९ औं मिनेटमा पंजावका राजवीर सिंहको गोलबाट अग्रता लिएको थियो ।
जगदिप सिंहले दिएको क्रस पासलाई राजवीरले वानटचमै गोल गरे । आक्रमक भएर मैदान उत्रिएको मछिन्द्रले पंजावलाई दबावमा राखेपनि पहिलो हाफसम्ममा गोल गर्न सकेनन् । मछिन्द्रले पाएको गोल गर्ने थुप्रै अवसर खेर गयो ।
खेलको २० औं मिनेटमा मछिन्द्रका उमेश राईले पेलेन्टी एरियादेखि वान भर्सेस वानको प्रहार भारतका गोल रक्षक सतवीर सिंहले उत्कृष्ट बचाउ गरिदिए । खेलको २२ औं मिनेटमा पंजावका राजवीर सिंहले पेलान्टी ऐरियामा पाएको बललाई टच गर्न नसक्दा थप गोल गर्नबाट चुक्यो । ३१ औं मिनेटमा पंजावका तरन्जित सिंहले डिबक्स एरियादेखि गरेको प्रहार बाहिरियो ।
दोस्रो हाफदेखि आक्रमक भएको पंजावले खेलको ८३ औं मिनेटमा महावीर सिंहले गोल दोब्बर बनाए । सरबजीत सिंहले निकालिएको प्रिकिकलाई उनले वान टचमै पोष्टको दिशा दिएका थिए । त्यही गोल निर्णायक सावित भयो । खेलको ५४ औं मिनेटमा मछिन्द्रका निशान्त लिम्बुले पेनाल्टी बक्सबाट गरेको प्रहार बाहिरीदा गोल फर्काउने अवसरबाट मछिन्द्र बन्चित भएको थियो ।
५९ औं मिनेटमा पन्जावका राजवीर सिंहले पेनाल्टीबक्सबाट गरेको प्रहार बाहिरीएको थियो । खेलको म्यान अफ द म्याच जगदिप सिंह घोषित भए । सोमबारको खेल दुई विभागीय टोली सशस्त्र प्रहरी बल र नेपाल प्रहरीबीच हुनेछ ।
पन्जावका प्रशिक्षक हर्नेक सिंहले लिग विजेता टिमलाई हराउन पाउँदा खुसी लागेको र त्यसको सबै श्रेय खेलाडीले पाउने प्रतिक्रिया दिए । केही खेलाडी घाइते भएको बताउँदै उनले सेमिफाइनलमा रिकभर गर्ने चुनौती आएको उल्लेख गरे ।