मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव सात दिनभित्र फिर्ता लिन एमालेको निर्देशन

 न्यूज विराट
मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव सात दिनभित्र फिर्ता लिन एमालेको निर्देशन

नेकपा एमालेको प्रदेश १ को संसदीय दलले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका आफ्ना सांसदलाई सात दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ ।

बुधबार बसेको एमाले प्रदेश १ को संसदीय दलको बैठकले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका आफ्ना सांसदलाई सात दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरूले हस्ताक्षर गरेका छन् । सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएपनि एमालेका सांसदहरूले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएका छैनन् ।

यस्तै बैठकले संसदीय बोर्ड पनि गठन गरेको छ । संसदीय बोर्ड मुख्यमन्त्री राईको संयोजकत्वमा १५ सदस्यीय रहनेछ ।  बैठकले एमाले संसदीय दलको विधान पनि पारित गरेको छ ।

सम्बन्धित समाचार

एनआईसी एशियामा मुद्दती खाता खोल्दा २१ लाखको थप बीमा सुविधा

काठमाडौं, फागुन १९–एनआईसी एशिया बैंकले उच्च ब्याजदरसँगै २१ लाख रूपैयाँसम्मको बीमा सुविधा भएको मुद्दती निक्षेप खाता सञ्चालनमा ल्याएको छ । बैंकले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाताअन्तर्गत त्यस्तो सुविधा थप गरेको हो । उच्च ब्याजदर...

म्यानमारमा रिहा भए ६ सयभन्दा बढी प्रदर्शनकारी

म्यान्मारमा ‘कू’ विरोधी प्रदर्शनमा लागेका ६ सयभन्दा मानिसलाई बुधबार रिहा गरेको जेलका एक वरिष्ठ अधिकारीले एएफपी समाचार समितिलाई बताएका छन् । ‘हामीले आज इन्सेन जेलबाट ३६० जना पुरुष र २६८ जना महिलालाई रिहा गरेका छौँ,’...

सबै सुरक्षा अंग ‘हाई अलर्ट’मा

कोरोना (कोभिड–१९) संक्रमित बिरामी भेटिएपछि पुरै देश ‘लकडाउन’ भएलगत्तै सबै सुरक्षा अंग हाई अलर्टमा बसेका छन् ।सरकारले कोरोना संक्रमित बिरामी फेला परेलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई हाई अलर्टमा रहन निर्देशन दिइसकेको छ...

बेरुत विस्फोट : नेपाली सकुशल

काठमाडौं, २२ साउन-लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा भएको विस्फोटबाट कुनै पनि नेपाली नागरिक प्रभावित नभएको सरकारले बताएको छ ।यसैबीच, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विस्फोटबाट भएको धनजनको क्षतिले आफूलाई मर्माहत तुल्याएको बताउँदै मृतकका परिवारजनका साथै लेवनान सरकार...

अस्पतालमा मृत्यु भएका वृद्धको कोरोना रिपोर्ट नेगेटिभ

चितवन, ७ जेठ-उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएका १ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उपचारका क्रममा मृत्यु भएका ६८ वर्षीय एक वृद्ध र उपचारका क्रममा रहेकी ३२ वर्षीया १ महिलाको नतिजा नेगेटिभ आएको...

कटहरीमा भएको विपद प्रतिकार्य तालिम सकियो

विराटनगर । मोरङको कटहरीमा दुई दिने संयुक्त सामुदायिक विपद प्रतिकार्य तालिम सकिएको छ । कटहरी गाउँपालिको आयोजना र श्री भैरव गण थलाहा ब्यारेकको समन्वयमा सुरु भएको तालिम सोमबार सम्पन्न भएको हो । तालिममा कटहरी गाउँपालिका...

‘प्रहरीले बलात्कारको घटनाको उजुरी स्वविवेकले दर्ता गर्नुपर्छ’

विराटनगर, ८ पुस-बलात्कारको घटनाका सम्वन्धमा प्रहरीले स्वविवेकले उजुरी दर्ता गर्नुपर्ने आज यहाँ आयोजित एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश नं १ द्वारा आज अपरान्ह विराटनगरमा आयोजित नेपाल मानव अधिकार वर्ष...

मोरङको लेटाङबाट १ लाख ८८ हजार रुपैयाँसहित ७ जुवाडे पक्राउ

विराटनगर,  २ मंसिर-मोरङको लेटाङबाट मंगलबार जुवा खेल्दै गरेका सात जनालाई पहरीले पक्राउ गरेको छ । लेटाङ- ९ स्थित जाँतेमा स्वेताम मगरको घरमा छापामारेर प्रहरीले १ लाख ८८ हजार नगदसहित सात जनालाई जुवाको खालबाट पक्राउ गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्