स्थानीयलाई मार्का नपर्नेगरी हुलाकी राजमार्ग विस्तार गर्न र क्षतीपूर्ती दिन कटहरीबासीको माग

 न्यूज विराट
स्थानीयलाई मार्का नपर्नेगरी हुलाकी राजमार्ग विस्तार गर्न र क्षतीपूर्ती दिन कटहरीबासीको माग

विराटनगर, १० चैत । विराटनगर–रंगेली सडकखण्डमा निर्माणाधीन हुलाकी सडकको विस्तार गर्दा स्थानीयलाई कम मार्का पार्ने गरी विस्तार गर्नुपर्ने कटहरीबासीले माग गरेका छन् । स्थानीयवासी सम्मिलित हुलाकी सडक संघर्ष समिति कटहरीले मंगलबार सो विषयको ज्ञापनपत्र गाउँपालिकालाई बुझाएको छ ।

कटहरी बजारको पश्चिमी सिमानाबाट मंगलबार दिउँसो स्थानियले ¥याली निकाल्दै गाउँपालिकालाई ज्ञापन बुझाएका हुन् । ¥यालीसहित गाउँपालिका पुगेका स्थानीयको तर्फबाट हुलाकी सडक संघर्ष समितिका अध्यक्ष श्रीराम कामतले गाउँपालिकाकी उपप्रमुख मंजिता सरदारलाई ज्ञापनपत्र हस्तान्तरण गरे । उनले हुलाकी सडक विस्तार गर्दा स्थानीयको नम्बरी घरजग्गा मासिने भएकाले उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरे ।

यसअघि नै सर्वोच्च अदालतको आदेशसमेत आइसकेकाले त्यो आदेश कार्यान्वयन गराउनसमेत उनले माग गरे । ‘उचित क्षतिपूर्तीका लागि सर्बोच्च आदलतले आदेश दिइसकेको छ । तर पनि हामीलाई मार्का पार्नेगरि राजमार्ग विस्तारको काम भइरहेको छ ।’ उनले भने,‘सडकको बीचको केन्द्रबाट ५०÷५० फिट बिस्तार गर्दा कटहरी बजारका १० बढी परिवारको उठिवासनै हुन्छ ।’ उनले सडकको बीचबाट ४०÷४० फिटको मापदण्ड कायम गरिए ती परिवारहरुलाई पूर्ण विस्थापित हुनबाट जोगाउन सकिने बताए ।

सम्बन्धित समाचार

देउवालाई पौडेल समूहको लिखित असहमति

काठमाडाैं, १५ साउन-कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी विभागमा भइरहेका मनोनयनलगायत असहमतिका ५ वटा विषयलाई सभापति शेरबहादुर देउवाले बेवास्ता गरेको भन्दै पत्रकार सम्मेलनमार्फत् धारणा सार्वजनिक गर्ने भएको छ । दिउँसो ३ बजे सानेपास्थित पार्टी...

प्रदेश १ मा ८७ कोरोना संक्रमित थपिए

विराटनगर, २९ भदौ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५५, सुनसरीमा २४, झापामा २ , उदयपुरमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको...

कोरोना संक्रमणबाट विराटनगरकी एक महिलाको मृत्यु

विराटनगर, ३२ साउन–विराटनगरकी एक कोरोना संक्रमित महिलाको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । विराटनगर–२ की ५० बर्षीया महिलाको उपचारको क्रममा आईतवार बिहान १ बजेतिर निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश...

प्रदेश प्रमुख अधिकारीलाई थप उपचारका लागि काठमाडौं लगियो

प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई कोरोना संक्रमण भई अक्सिजनको कमीका कारण आज अपराह्न थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ । प्रदेश प्रमुख अधिकारी यही १२ मंसिरमा कोरोना संक्रमित भएर विराटनगरस्थित निवासमा...

सुम्निमा स्कुलमा स्पोर्ट्स सप्ताह शुरू

विराटनगर । विराटनगर महानगरपालिका – ११ मा रहेको सुम्निमा इङ्लिश स्कुलमा स्पोर्ट्स सप्ताह सुरू भएको छ । स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरी बुधबारदेखि स्पोर्ट्स सप्ताह सुरू भएको हो । एक हप्तासम्म सुरू हुने सप्ताहमा...

बेलायतबाट आएका ३ जनामा कोरोना र्‍यापिड टेष्ट पाेजेटिभ, पाटन अस्पतालको आइसोलेनसमा उपचार हुँदै

काठमाडौं, १-बैशाख-काठमाडाैंकाे पेप्सिकोलास्थित एनसीटी अपार्टमेन्टमा रहेका ३ जनामा कोरोना भाइसर (कोभिड–१९) आशंका गरिएको छ । अपार्टमेन्टको १५ तल्लामा बस्दै अाएका जनामाथि कोरोनाको आशंका गरिएको र उनीहरुको थप टेस्टको लागि टेक अस्पताल पठाएकाे प्रहरीले जनाएकाे छ...

आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छैनः मुख्यमन्त्री राई

विराटनगर, १ मंसिर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले केही दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । बुधबार प्रदेशसभाबाट विश्वासको मत पाएपछि सञ्चारकर्मीसँग राईले गठबन्धनमा आवद्ध दलहरूबीच छलफल भइरहेको जानकारी दिँदै चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिइने...

सप्तरीका १ जना कोरोना संक्रमितको मृत्यु

विराटनगर, साउन २–सुनसरीस्थित धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । सप्तरीका अन्दाजी ७३ वर्षीय वृद्धको बिहीबार राति १० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता दिनेश सापकोटाले जानकारी दिए...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्