४० वर्ष भारतको जेलमा रहेका दुर्गााप्रसाद आज नेपाल आइपुगे

 न्यूज विराट
४० वर्ष भारतको जेलमा रहेका दुर्गााप्रसाद आज नेपाल आइपुगे

विराटनगर, ८ चैत । ४० वर्षदेखि भारतको जेलमा सुनुवाइको मौकासमेत नपाई थुनामा परेका इलामका दुर्गाप्रसाद तिम्सिना आज बिहान नेपाल आइपुगेका छन् ।

तिम्सिनालाई कोलाकाताको उच्च अदालतले शनिबार रिहाइ गरिदिएपछी उहाँ आफन्तका साथ नेपाल आएका हुन् । आज बिहान परिवार, पत्रकार र कोलकत्तास्थित महावाणिज्य दुतावास कार्यालयका प्रतिनिधिका साथ बिश्व सेवा बिस्तार संस्थाको पहलमा उहाँ काकडभिट्टा हुदै स्वदेश फर्किएका हुन् ।

स्वदेश आएलगतै झापामा पत्रकार सम्मेलन गरेर दुर्गालाई परिवारको जिम्मा लगाईएको र उहाँलाई इलाम माई नगरपालिका–१० स्थित घर लगिएकोे बिश्व सेवा बिस्तार संस्थाले जनाएको छ ।

भारत पश्चिम बंगालको दमदम करेक्सनल सेन्टर मा रहेका तिम्सिना कोलकाता उच्च अदालतको आदेश बमोजिम शनिबार छुटेका हुन् । शारीरिक र मानसिक रुपमा कमजोर उनलाई लिन भाइ प्रकाशचन्द्र दमदम जेल पुगेका थिए ।

अदालत र प्रकाशचन्द्रबीचको सम्झौतासहितको पत्र शुक्रबार अपरान्ह अदालतले जेल पठाएको थियो । त्यही पत्रका आधारमा जेल प्रशासनले उनलाई छाडेको हो ।

अदालतले उनको दिमागी हालत ठीक नभएको भन्दै घरमै राखेर उपचार गर्नसमेत आदेश गरेको छ । क्षतिपूर्तिका सन्दर्भमा भने अदालत मौन छ । दुर्गाप्रसादका पक्षमा बहस गरेका वकिल हिरक सिन्हाका अनुसार हरेक ६÷६ महिनामा उनको मानसिक अवस्थाबारे कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई जानकारी गराउनुपर्नेछ  । त्यसपछि महावाणिज्य दूतावासले अदालतलाई जानकारी गराउनेछ  ।

सम्बन्धित समाचार

धनुषामा हावाहुरी र असिनासहित भीषण वर्षा

जनकपुर, १२ वैशाख-धनुषामा हावाहुरी र असिनासँगै भीषण वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । आधा किलोसम्मको असिनाले बालीनालीमा क्षति पुर्‍याएको छ । धनुषाको बटेश्वर गाउँपालिका– १ चित्रपुरमा असिनाले सयौं घरको छाना प्वाल पारेको छ ।...

मोरङको ग्रामथान गाउँपालिकाले सञ्चालन गर्यो कोभिड–१९ अस्थायी अस्पताल

विराटनगर, ५ वैशाख । मोरङको ग्रामथान गाउँपालिकाले अस्थायी कोभिड–१९ अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले कोरोना भाईरस संक्रमित व्यक्तिहरुलाई उपचार गराउने उद्धेश्यले ग्रामथान गाउँपालिका वडा न २ स्थित पिडाडवनीमा आइतबारदेखि अस्थायी कोभिड–१९ अस्पताल सञ्चालनमा ल्याएको...

सुनसरीको देवानगन्जमा गोली चलाउनेको पहिचान खुल्योे, तीन जना घाइते

विराटनगर । सुनसरीको देवानगन्जमा तीन राउन्ड गोली चलेको छ । गोली लागेर तीन जना घाइते भएका छन् ।घाइते हुनेहरुमा देवानगन्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता, रविन कुमार यादव र पिन्टु यादव रहेको कोशी प्रदेश...

वडा नं. ८ का योजना अन्तिम चरणमा

[caption id="attachment_47347" align="alignnone" width="960"] वडा नं. ८ स्थित केर्खा खोलामा निर्माणाधिन अवस्थाको पुल ।[/caption] शनिश्चरे, ५ चैत । पथरीशनिश्चरे नगरपालिकाको वडा नं. ८ वडाको वजेट काार्यान्वयनमा अरु वडालाई उछिन्दै अग्रस्थानमा देखिएको छ । वडा नं....

तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुँदै

विराटनगर । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ।बुधबार विराटनगरमा आयोजित...

बुद्धोदय सहकारीद्धारा राहत कोषबाट एक लाख वितरण

विराटनगर । विराटनगर – ३ स्थित बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाले एक जना सेयर सदस्यको परिवारलाई मृत्यु राहत कोषबाट राहत रकम एक लाख रुपैयाँ वितरण गरेको छ ।सेयर सदस्य बुढीगंगा गाउँपालिका – १ की...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडौं, कात्तिक २५ ।  पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा नेकपा(एमाले)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ । बिहीवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौं प्रदर्शनीमार्गस्थित रत्न...

समाजवादी मोर्चाको सभा आज बागमती प्रदेशमा, प्रधानमन्त्रीलगायत शीर्ष नेता हेटौँडा आउँदै

विराटनगर । चार दल सम्मिलित समाजवादी मोर्चाको बागमती प्रदेशस्तरीय सन्देशसभा आइतबार आज प्रदेश राजधानी हेटौंडामा हुने भएको छ। सातै प्रदेशमा सन्देशसभा गर्ने निर्णयअनुसार मोर्चाले आज बागमती प्रदेशस्तरीय सभा गर्न लागेको हो। नेकपा एकीकृत समाजवादी, बागमती...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्