मोविलाइजेशन रकम २० प्रतिशत कायम गर्न निर्माण व्यवसायीहरूको माग

 न्यूज विराट
मोविलाइजेशन रकम २० प्रतिशत कायम गर्न निर्माण व्यवसायीहरूको माग

विराटनगर, ७ चैत । मोविलाइजेशन रकम २० प्रतिशत कायम गर्न निर्माण व्यवसायीहरूले माग गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघ प्रदेश १ को १३ औं साधारणसमा निर्माण व्यवसायीहरूले मोसिवलाईजेशन शुल्कमा एकरुपता ल्याइ २० प्रतिशत बनाउन माग गरेका हुन् ।

कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघ प्रदेश १ का अध्यक्ष मोहनप्रसाद अधिकारीले कुनै कार्यालयले १० प्रतिशत, कुनैले १५ र कुनैले २० प्रतिशत मोविलाईजेशन रकम दिने गरेको बताए ।

उनले मोविलाईजेशन रकममा एक रुपता नहुँदा काम गर्न असजिलो भइरहेका कारण सबै सरकारी काममा मोविलाइजेशन रकम एउटै बनाउन माग गरे । उनले मोविलार्यजेशन रकममा एकरुपता ल्याइ २० प्रतिशत कायम गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा अधिकारीले प्रदेश सरकारले निर्माण सम्पन्न भइसकेका र कतिपय निर्माणाधिन योजनाहरूको रकम समयमै भुक्तानी नगरेको गुनासो गरे । उनले निर्माण व्यवसायीको रकम तत्काल भुक्तानी गर्न प्रदेश १ को सरकारलाई आग्रह गरे ।

प्रदेश १ को सरकारले बजेटमा नभएका विकास आयोजनाहरूको समेत टेन्डर गरी निर्माण प्रकृया अघि बढाउँदा समस्या आइपरेको बताए । उनले बजेटमा नभएका योजनाहरूको टेन्डर खारेज गर्न पनि प्रदेश सरकारसँग माग गरे ।

कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष रवि सिंह, वरिष्ठ उपाध्यक्ष हितेश पाण्डे, प्रदेश १ का महासचिव रोशन दाहाललगायतले निर्माण व्यवसायीका समस्या समाधान गरी निर्माणका काममा आउने अबरोधहरूमा सहजिकरण गर्न सरकारलाई आग्रह गरे।

सरकारले खर्च गर्ने ६० प्रतिशत रकम निर्माण व्यवसायी मार्फत नै खर्च गर्ने भएकाले निर्माण व्यवसायीका समस्यालाई प्राथमिकतामा राखि समाधान गर्न व्यवसायीहरूले माग गरेका छन् ।

सम्बन्धित समाचार

उद्योग वाणिज्य महासंघ कोसीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...

रुसी प्रधानमन्त्री मिखाइल मिसहुस्तिनलाई कोरोना संक्रमणको पुष्टि

मस्को, बैशाख १८–रुसी प्रधानमन्त्री मिखाइल मिसहुस्तिनलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । प्रधानमन्त्री मिसहुस्तिन स्वयंले कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेका हुन् । प्रधानमन्त्री मिसहुस्तिनले बिहीबार राष्ट्रपति भ्लादिमिर पुटिनसँग भिडियो कन्फरेन्समार्फत आफूलाई कोभिड–१९...

मिल्दो जुल्दो नाम राखेकोप्रति न्यूरो अस्पतालको आपत्ती

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी प्रा. ली. (न्युरो हस्पिटल) ले आफ्नो अस्पतालसँग मिल्दोजुल्दो नाम राखेको प्रति आपत्ती जनाएको छ । अस्पतालमा मंगलबार पत्रकार सम्मेलन गरी आपत्ती जनाएको हो । न्यूरो अस्पतालसँग मिल्दो जुल्दो...

रुकुम हत्या काण्डः थप एक जनाको शव भेटियो

रुकुम, जेठ १७–रुुकुम पश्चिम चौरजहारीमा भएको घटनामा बेपत्ता भएका सवैको शव फेला परेको छ । उक्त घटनामा वेपत्ता सवै ६ जनाको शव फेला परेको हो । जाजरकोट भेरी नगरपालिका–४ का नबराज विक प्रेम विवाहका लागि...

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार पुग्यो

विराटनगर, २७ पुस । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार पुगेको छ । आज १५ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ३० हजार ११ पुगेको हो । आज मोरंगमा र झापामा ४–४, सुनसरीमा ३,...

कोशी प्रदेशमा एमालेले टुंग्यायो तीन मन्त्री र एक राज्यमन्त्री

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।...

एजेलियाले मनायो वार्षिकोत्सव तथा अभिभावक दिवस

विराटनगर । विराटनगर १ पोखरीयामा रहेको एजेलिया बोर्डिङ स्कुलले ४१ औं वार्षिकोत्सव तथा अभिभाव दिवस मनाएको छ । दुई चरणमा आयोजना गरेर स्कुलले वर्षिकोत्सव तथा अभिभाव दिवस मनाएको हो ।स्कुलले शुक्रबार र शनिबार दुई दिन...

मनाङमा मतगणना सुरु

लमजुङ । हिमाली जिल्ला मनाङमा मतगणना कार्य सुरु भएको छ । चार वटा पालिका रहेको मनाङमा ८ बजेदेखि मतगणना कार्य थालिएको प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार मतदान सकिए लगत्तै सर्वदलीय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्