रुकुम हत्या काण्डः थप एक जनाको शव भेटियो - News Birat

रुकुम हत्या काण्डः थप एक जनाको शव भेटियो

न्यूज विराट

रुकुम, जेठ १७–रुुकुम पश्चिम चौरजहारीमा भएको घटनामा बेपत्ता भएका सवैको शव फेला परेको छ । उक्त घटनामा वेपत्ता सवै ६ जनाको शव फेला परेको हो ।

जाजरकोट भेरी नगरपालिका–४ का नबराज विक प्रेम विवाहका लागि केटी लिन गएको बेला भएको घटनामा ६ जना बेपत्ता भएका थिए । यसअघि ५ जनाको शव फेला परेको थियो । शनिबार छैटौँ जनाको पनि शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ठकबहादुर केसीले जानकारी दिए ।

बेपत्ता भएका भेरी नगरपालिका–४ का १९ वर्षीय गोविन्द शाहीको शव सुर्खेतको मेलकुनामा फेला परेको डिएसपी केसीले बताए । शव फेला परेसँगै अब परीक्षण गरेर आफन्तलाई बुझाइने उनले बताए । यसअघि जाजरकोटका भेरी नगरपालिका–४ पका २१ वर्षीय नबराज विक, सोही ठाउँका गणेश बुढा, लोकेन्द्र शाही र चौरजहारीका टिकाराम सुनारको शव फेला परेको थियो ।

गोविन्दबाहेक अरु सबैको शव पोष्टमार्टम पछि आफन्तलाई बुझाइएको छ । उता घटनामा संलग्न रहेको आरोपमा हालसम्म १८ जना पक्राउ परेका छन् भने किटानी जाहेरीको आधारमा अर्का २ जनाको खोजीकार्य भइरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles