विराटनगरमा जुक्त चप्पल व्यापार मेला सुरु, १० करोडको कारोवार गर्ने अपेक्षा

 न्यूज विराट
विराटनगरमा जुक्त चप्पल व्यापार मेला सुरु, १० करोडको कारोवार गर्ने अपेक्षा

विराटनगर, ५ चैत । प्रदेश १ को राजधानी विराटनगरमा बिहिबारदेखि जुत्ता चप्पल ब्यापार मेला शुरु भएको छ । एकमहिने मेलामा ६ लाख जोर जुत्ताचप्पल बिक्री गर्ने लक्ष्य राखिएको छ । ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ एक महिने जुत्ता चप्पल मेला सुरु भएको हो ।

विराटनगर–७ स्थित साबिकको जलजला सिनेमा हल अगाडीको खाली जग्गामा बिहीबारबाट एक महिने जुत्ताचप्पल ब्यापार मेला शुरु भएको हो । फुटवेयर एशोसिएसन अफ नेपालले आयोजना गरेको मेलाको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उद्घाटन गरे ।
मेलामा बिएफ डियर हिल,शिखर सुज,कोशेली सुज, क्रसरोड सुज, रेम्बो सुज,रोयल सुज,फास्ट वाक सुज, रन सुज, स्मार्ट सुज, म्याजिक सुज र हाईलाफ सुजले आआफ्ना स्टल राखेका छन ।

ती १४ वटा उद्योगहरुले मेलामा ५ हजार बढी मोडेलका जुत्ताचप्पलहरु प्रर्दशन तथा विक्रीमा राखेका छन । २० वटा स्टल राखिएको मेलामा न्युनतम १ सयदेखी १० हजार रुपैयासम्मको जुत्ताचप्पल प्रर्दशन तथा विक्रीमा राखिएको आयोजक फुटवेयर एशोसिएसन अफ नेपालका सदस्य रुद्र न्यौपानेले जानकारी दिए ।

१ महिने मेला अवधिमा १० करोड बढीको ब्यापार गर्ने लक्ष्य राखिएको आयोजक समितिले जनाएको छ । मेलामा प्रर्दशित गरिएका विभिन्न कम्पनीका जुत्ता चप्पलहरुमा १० प्रतिसत देखी ५० प्रतिशतसम्म छुट दिने ब्यवस्था गरिएको छ ।

यसबर्षको मेला आउदा उपभोक्ताले बिगतभन्दा फरक अनुभव गर्नपाउने विराट फुटवेयर एक्सपो २०७७ का संयोजक होमनाथ उपाध्यायले दावी गरे । यसअघि गएको बर्ष विराटनगरकै मेनरोडमा रहेको जैन भवनमा मेला आयोजना गरिएको थियो । विराटनगरमा २०७२ सालदेखि प्रत्येक वर्ष सो मेला आयोजना हुँदै आएको छ ।

गत वर्ष भने कोरोना महामारिका कारण मेला सञ्चालन हुन सकेको थिए । मेलामा प्रदेश १ का विभिन्न स्थानबाट उपभोक्ताले जुत्ता चप्पल खरिद गर्नुका साथै मेला अवलोकन गर्ने संयोजक उपाध्यायले जानकारी दिए । उनले २०५९ सालदेखि काठमाडौंको भृकुटीमण्डपबाट जुत्ताचप्पल मेला सुरु गरिएको बताए ।

सम्बन्धित समाचार

इटाली आगामी जुनदेखि यात्रा प्रतिबन्ध फुकुवा गर्ने

एजेन्सी, जेठ ४-इटलीले आगामी जुन महिनादेखि विदेश जान र आउन लगाएको प्रतिबन्ध फुकुवा गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री जुजेप्पे कोन्टेले इटालीभित्रको आन्तरिक वाह्य यात्रा खुला गर्न लागिएको जानकारी दिएका हुन् । इटालीका जनतालाई फेरि...

विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन प्रतिबद्ध छौँ : प्रिन्सिपल त्रिलोचन गौतम

विराटनगर–११ पाञ्चालीमा रहेको सगरमाथा स्कुलका प्रिन्सिपल हुन, त्रिलोचन गौतम । सगरमाथा स्कुलले स्थापना कालदेखि नै विद्यार्थीहरूमा अनुशासनसहित गुणस्तरीय र जीवन उपयोगी शिक्षा प्रदान गरेको कारणले विद्यार्थी र अभिभावकको रोजाइमा परेको उनले बताए । शिक्षासँग केन्द्रित...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले तीन सय विरुवा रोप्यो

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले तीन सय विरुवा रोपेको छ । क्लबले हालसम्म विभिन्न स्थानहरुमा तीन सय बढी विरुवाहरू रोपिसकेको हो । सो अभियान अन्तर्गत क्लबले शनिबार दोस्रो चरणको वृक्षारोपण शिव अधारभूत विद्यालय...

प्रहरी हवल्दार यादब दाहाल फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले छिमेकी प्रहरी पोष्ट कोशी अस्पताल बिराटनगरमा कार्यरत प्रहरी हवल्दार यादब प्रसाद दाहाललाई फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । प्रदेश प्रहरीले सोमबार दाहाललाई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी...

छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

विराटनगर, २९ वैशाख-प्रदेश-१ का छुट्टाछुट्टै २ स्थानमा भएका घटनामा २ जनाको ज्यान गएको छ । सुनसरीको ईटहरी उपमहानगरपालिका-१६ का ३५ वर्षीय विष्णु चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार विहान समयमा घर छेउमै रहेको...

मेडिकल र इन्जिनियरिङमा अब्बल शिक्षादीप कलेज

विराटनगर । डाक्टर र इन्जिनियर अध्ययनको प्रवेश परीक्षा असाध्यै कठिनमध्येको एक हो र यसलाई जीवनको महत्वपूर्ण मोड पनि मानिन्छ । त्यसमा पनि छात्रवृत्ति कोटामा नाम निकाल्न ठूलै लगाव र मेहनतको आवश्यकता पर्छ । विद्यार्थीलाई शिक्षण...

विराटनगर महानगरका मेयर कोइराला र विश्व बैंकको टोलीबीच भेट

विराटनगर । विश्व बैंकको टोलीले विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख नागेश कोइरालासँग भेट गरेको छ । भेटका अवसरमा विराटनगरको विकास निर्माणको विषयमा विश्व बैंकको टोलीले चासो राखेको बताइएको छ । विश्वबैंकका प्रतिनिधि वरिष्ठ अर्थशास्त्री एलिस जे बु्रक्स...

प्रदेश १ : नेकपाको आधिकारिक विभाजनपछि मात्रै कसलाई सघाउने भन्नेबारे कांग्रेसले निर्णय लिने

नेकपा आधिकारिक रूपमा विभाजन नभइसकेको भन्दै प्रदेश १ कांग्रेसको बैठकले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावबारे कुनै निर्णय गर्न सकेन । नेपाली कांग्रेसको प्रदेश १ संसदीय दलको बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव टेबुल भएर प्रक्रियामा गएपछि मात्रै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्