विराट गोल्डकप २६ चैतदेखि, दुई विदेशीसहित १० टिम खेल्ने

 न्यूज विराट
विराट गोल्डकप २६ चैतदेखि, दुई विदेशीसहित १० टिम खेल्ने

विराटनगर, ५ चैत । प्रदेश–१ को राजधानी विराटनगरमा पहिलोपल्ट रात्रिकालीन फुटबल प्रतियोगिता विराट गोल्डकप हुने भएको छ । यही २६ चैतको साँझ ७ बजेदेखि विराटनगरको शहीद रंगशालामा रात्रिकालीन विराट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको हो ।

बिहीबार विराटनगरमा पत्रकार सम्मलेन गर्दै आयोजक समितिले प्रदेश सरकारको लगानीमा शहीद रंगशालामा र्फ्ल्डलाइट जडानको कार्य सम्पन्न भएसँगै रात्रीकालीन गोल्डकपको आयोजना गर्न लागिएको जनाएको छ । गोल्डकप २६ चैतदेखि सुरु भएर ४ वैशाखमा समापन हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

गोल्डकपमा नेपाल, भारत र क्यामरुनबाट गरी कुल १० वटा टीमको सहभागिता हुनेछ । आउँदो विराट गोल्डकपमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका खेलाडी पनि सहभागी गराउने उद्देश्यले यसपटक विराटनगर–११ बाट पनि टिम तयार भइरहेको आयोजक समितिले जनाएको छ ।

यसका लागि लाग्ने सम्पूर्ण खर्चको व्यवस्थापन विराटनगर महानगरपालिकाले गरेको विराट गोल्डकप फुटबल ट्रष्ट आयोजक समिति विराटनगरका संयोजक मनोजविक्रम शाहले जानकारी दिए ।

एन्फाको नियमानुसार सञ्चालन हुने खेलमा विजेता टिमलाई १५ लाख १५ हजार र उपविजेतालाई ७ लाख ५१ हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ । ‘म्यान अफ द म्याच’ हुने खेलाडीलाई पनि प्रत्येक म्याचमा १५ हजार नगद पुरस्कारको व्यवस्था मिलाइएको आयोजक समितिले जानकारी दिएको छ ।

त्यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई मोटरसाइकलसहित पदक प्रदान गर्ने योजना तय भएको आयोजक समितिका संयोजक शाहले बताए । उनले प्रशिक्षक, गोलकिपर, मिड फिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता र व्यवस्थापकसमेतलाई २५–२५ हजार नगर पुरस्कार प्रदान गरिने जानकारी दिए ।

सम्बन्धित समाचार

प्रदेश १ मा आज १३ संक्रमित थपिए, १३९ डिस्चार्ज

विराटनगर, ११ पुस-प्रदेश १ मा शनिबार एक सय ३९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होम आईसोलेसनका रहेका छन् । हालसम्म २६ हजार ८४९ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा शनिबार...

लकडाउन वैशाख २५ सम्म थप गर्ने सरकारको निर्णय

सरकारले कोरोना नियन्त्रणका लागि लागू गरेको लकडाउनको अवधि २५ वैशाखसम्म लम्ब्याउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनको अवधि थप गर्ने निर्णय गरेको हो । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको...

कोशी प्रदेशस्तरीय अनुसन्धान गोष्ठी सुरु

विराटनगर । कोशी प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी सुरू भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयको समन्वयमा आयोजित बैठकको उद्घाटन आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले गरे ।गोष्ठीमा अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षाको विषयमा...

विश्वविद्यालयका पनि सबै परीक्षा स्थगित

काठमाडौं, चैत ५–सरकारले विश्वविद्यालयका पनि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । एसईई परीक्षा रोक्ने निर्णय लगत्तै विश्व्विद्यालयले लिने भनिएका सबै परीक्षा स्थगित गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । स्थगित भएको एसईर्ई परीक्षा भने...

विराटनगरको गोदावरी स्कुलले मनायो रजत जयन्ती

विराटनगर । विराटनगरस्थित गोदावरी ईङलिस बोर्डिङ स्कुलले रजत जयन्ती मनाएको छ । विराटनगरस्थित गुरुकुल नाटक घरमा सोमबार एक कार्यक्रम आयोजना गरी गोदावरीले रजत जयन्ती मनाएको हो । रजत जयन्तीको अवसर पारेर नर्सरीदेखि कक्षा दशसम्म उत्कृष्ट...

९ हजारले लगाए कोरोनाविरुद्धको खोप

कोरोना भाइरसविरुद्धको खोप ९ हजार बढीले लगाएका छन् । खोप  अभियानअन्तर्गत बुधबार पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ६४ जिल्लाका ९३ खोप केन्द्रबाट खोप लगाइएको थियो । प्रदेश...

अमेरिकामा बेरोजगारको वृद्धिदर १९४८ पछिकै सबैभन्दा धेरै

एजेन्सी, जेठ १६-कोरोना भाइरसको महामारीका कारण उद्योग व्यापारबन्द भएकाले संयुक्त राज्य अमेरिकामा दिनप्रति दिन बेरोजगारी बढेको अधिकारीहरूले जानकारी दिएका छन् । प्राप्त समाचारमा पछिल्लो पटक २१ लाख जना अमेरिकी नागरिकले बेरोजगारी भत्ताको दाबी गरेर फारम...

श्रीच्छा प्रधान भइन् मिस नेपाल

काठमाडौँ । २३ वर्षीया श्रीच्छा प्रधान यस वर्षको मिस नेपाल वर्ल्ड २०२३ बनेकी छन् । शनिबार हिडन ट्रेजरले ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा गरेको ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले यो उपाधि जितेकी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्