माधव नेपाल पक्षले कार्यकर्ता भेला नरोक्ने, बालुवाटार पनि नजाने

 न्यूज विराट
माधव नेपाल पक्षले कार्यकर्ता भेला नरोक्ने, बालुवाटार पनि नजाने

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ४ र ५ चैतका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने भएको छ । बानेश्वरस्थित एक होटलमा बसेको नेपाल समूहको बैठकले ४ र ५ चैतका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको केन्द्रीय सदस्य विजय पौडेलले जानकारी दिए । यस्तै यथास्थितिमा अध्यक्ष केपी शर्मा ओलीले निम्ता गरेको चियापान कार्यक्रम र केन्द्रीय कमिटी बैठकमा पनि नजाने निर्णय नेपाल समूहले गरेको छ ।

सोमबार दिउँसो अध्यक्ष ओलीसँगको भेटपछि नेता नेपालले आफूनिकट केन्द्रीय सदस्य र सांसदलाई ब्रिफिङ गर्ने क्रममा ओली विवाद मिलाउने मुडमा नदेखिएको बताएका थिए । ओली समस्या समाधानमा केन्द्रित हुनेभन्दा पनि प्रतिक्रियात्मक बढ्ता देखिएका कारण यथास्थितिमा ओलीले निम्ता गर्ने कुनै पनि बैठकमा सहभागी नहुने निर्णय गरेको पौडेलले बताए ।

पौडेलले शिलापत्रसँग कुराकानी गर्दै अध्यक्ष ओलीले २८ फागुनको निर्णय सच्याउनुपर्ने र कमजोरीप्रति आत्मालोचित हुनुपर्ने र तीन वर्षअघिको एमालेकै अवस्थाबाट काम सुरु गर्न सहमत हुनुपर्ने लगायतका मतलाई निरन्तर राख्नुपर्ने धारणा आएका थिए । दिउँसो ओलीसँगको भेटमा नेता नेपालले तिनै एजेण्डा उठाएका थिए ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीसँगको छलफलमा वरिष्ठ नेता नेपालले २८ फागुनको निर्णय फिर्ता लिन माग गरेका थिए । तर,  अध्यक्ष ओलीले भने २८ फागुनको निर्णय फिर्ता हुन नसक्ने बताएका थिए । दुवै पक्षले आआफ्नो अडान नछोडेपछि छलफल ठोस निष्कर्षमा नपुगेरै सकिएको थियो ।

छलफलमा नेपाल समूहले पार्टीलाई एकतावद्ध बनाउन २८ फागुनमा गरेको निर्णय फिर्ता लिनु पर्ने बताएको थियो । तर , अध्यक्ष ओलीले भने तत्काल २८ फागुनको निर्णयमाथि पुनर्विचार गर्न नसकिने बताएका थिए । उनले त्यसका लागि नेपाल समूहले सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएपछि गरेका गतिविधिबारे पनि छलफल हुनुपर्ने बताएका छन् । उनले प्रस्टै भनेका थिए, ‘त्यतातिर जाँदा १९ पन्नेतिर जानुपर्छ  ।’

बैठकमा अध्यक्ष ओलीले नेपाल समूहले ४ र ५ चैतमा बोलाएको राष्ट्रिय कार्यकर्ता भेला स्थगित गर्न आग्रह गरेका थिए । तर, नेपाल समूहले त्यसका लागि २८ फागुनको निर्णय फिर्ता लिनु पर्ने सर्त राखेको थियो ।

सम्बन्धित समाचार

विराटनगरमा हिजाे अवतरण हुन नसकेकाे बुद्ध एयरको जहाज आजदेखि पुन: उडानमा

विराटनगरमा अवतरण गर्न नसेकी हिजो काठमाडौं ल्याएर ल्यान्डिङ गराइएको बुद्ध एयरको जहाजले आजदेखि पुन: उडान सुरु गरेकाे छ । नागरिक उड्ययन प्राधिकरणले अनुगमन गरेर अनुमति प्राप्त गरेपछि पुन: उडान सुरु गरिएको बुद्ध एयरले जनाएको छ । साेमबार बिहान ८...

शिवम् प्लाष्टिक उद्योगमा सञ्चालक आफैंले आगो लगाएको खुलासा

विराटनगर, चैत २–केही दिनअगाडि मोरङको बुढीगंगा गाउँपालिकामा सञ्चालनमा रहेको शिवम् प्लाष्टिक उद्योगमा भएको आगलागी उद्योगका सञ्चालकहरुले नै लगाएको पाइएको छ । बुढीगंगा गाउँपालिका वडा नम्बर २ बाँसबारीमा रहेको उद्योगमा गत हप्ता मात्र आगलागी भएको थियो । आगलागीबाट...

विवादित अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सकारात्मक

काठमाडौं, ११ वैशाख-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विवादित अध्यादेश फिर्ता लिन सकारात्मक बनेका छन् । बिहीबार बालुवाटारमा अर्का अध्यक्ष प्रचण्डसँगको भेटमा उनी अध्यादेश फिर्ता लिन सकारात्मक भएको उच्च...

सौन्दर्यकर्मी युनियले मनायो १६ औं वार्षिक उत्सव (फोटो फचर)

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनिय नेपालको १६ औं वार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगरले बुधबार विभिन्न कार्यक्रम आयोजना गरी वार्षिक उत्सव मनाएको हो । किसानहरुलाई मल विउपुजी...

वायु प्रदुषण मापन मेशिन जडान

विराटनगर, १४ साउन–प्रदेश नं.१ को विराटनगरमा पहिलो पटक वायु प्रदुषण मापनको डिस्पले स्थाना गरिएको छ । खास गरी वायुमा हुने प्रदुषणको अवस्था देखाउन र यसबाट बच्न र बचाउन साबधानी अपनाउ यो डिस्प्लेले मद्दत गर्ने भनिएको...

मााओवादीको प्रदेश १ सम्मेलन विराट चौकमा हुँदै

विराटनगर, २२ मंसिर । माओवादी केन्द्रले प्रदेश अधिवेशनको तयारी तीब्र पारेको छ । माओवादी केन्द्रले आगामी २५ मंसिरमा मोरङको विराटचौकमा प्रदेश अधिवेशन गर्दै छ । त्यसका लागि तयारी तीब्र पारिएको माओवादी केन्द्र प्रदेश १ का...

तेली समाजद्धारा निःशुल्क लोक सेवा तयारी कक्षा

विराटनगर । तेली कल्याण समाज नेपाल मोरङ्ग र नापी पेशाकर्मी समाज मोरङ्गको संयुक्त आयोजनामा निःशुल्क लोक सेवा तयारी कक्षा गर्ने भएको छ । अमिन, सर्वेयर तथा नापी अधिकृतहरूका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको...

सबै तहका परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमणको जोखिम बढेको भन्दै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरिएको जानकारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्