प्रदेश–१ का उपनेता आङबोहाङद्वारा प्रचण्ड–नेपाल समुह छाडेको घोषणा

 न्यूज विराट
प्रदेश–१ का उपनेता आङबोहाङद्वारा प्रचण्ड–नेपाल समुह छाडेको घोषणा

काठमाडौं, फागुन २२-प्रदेश–१ नेकपामा प्रचण्ड–माधव नेपाल समुहलाई शनिवार ठुलो झट्का लागेको छ । नेकपा संसदीय दलका उपनेता टंक आङबोहाङले नेकपा (दाहाल–नेपाल समूह)मा आफू नरहेको घोषणा गरेका छन् ।

दाहाल–नेपाल समूहको केन्द्रीय सदस्यसमेत रहेका उनि सो समुहको व्यवहारबाट दिक्क भएको बताएका छन् । ‘सौतेनीको रिसले श्रीमानको काख भिजाउने काम प्रचण्ड र माधव कामरेडले गर्नु भयो,’ आङबोहाङले टेलिफोनमा भने, ‘एउटा कम्यूनिष्ट प्रधानमन्त्रीलाई फ्याकेर कांग्रेसका नेता शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउने कुरा हुन सक्दैन् ।’

उहाले अहिलेपनि पार्टी एक हुनु पर्छ भन्‍ने कुरामा आफू अडिक रहेको बताउनु भयो । ‘तर पार्टी फुट्यो भने ओली र शेरबहादुर देउवा मध्ये एकलाई राज्‍नुपर्ने हुन्छ । त्यस बेला म ओली नै रोज्छु ।’

उहा तत्कालीन माओवादीको तर्फबाट ताप्लेजुङबाट प्रदेशसभामा निर्वाचित हुनु भएको थियो । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्‍वासको प्रस्ताव दर्ता गराउन प्रमुख भूमिका आङबोहाङले खेल्नु भएको थियो । तर, अहिले आएर उहाले सो समुहमै नरहेको घोषणा गर्नुभएको हो ।

सम्बन्धित समाचार

तेली कल्याण समाजद्धारा दुई दर्जनलाई सम्मान

विराटनगर । तेली कल्याण समाज नेपालको मोरङ्ग जिल्ला कार्यसमितिले सम्मान कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा शनिबार दोस्रो सम्मान कार्यक्रम गरेको हो । कार्यक्रममा ११ जना सजातियहरु, २ जना गैर–तेली, २ जना कार्यसमिति सदस्यहरु र...

ओम्नी समूहसँगको विवादस्पद स्वास्थ्य सामग्री खरिद सम्झौता रद्द

सरकारले ओम्नी समूहसँग गरेको विवादास्पद सम्झौता रद्द गरेको छ ।चीनबाट समयमै र गुणस्तरीय सामाग्री ल्याउन नसकेपछि ओम्नी समूहसँग सम्झौता रद्द गरेको हो । स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय...

एसियाली आईटीएफ तेक्वान्दोमा नेपालले २ स्वर्ण र १ रजत पदक जित्यो

विराटनगर । भारतको बैङ्लोरमा सम्पन्न १० औं एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालले २ स्वर्ण र १ रजत पदक जितेको छ । काभ्रेपलाञ्चोकका राजमन्दिर श्रेष्ठ र किशोरवरुण श्रेष्ठले स्वर्ण तथा झापाका चन्द्रबहादुर तामाङले रजत पदक प्राप्त...

३ देखि ५ महिनाभित्र कोरोनाविरुद्धको भ्याक्सिन तयार हुने

एजेन्सी, जेठ ९-अमेरिकाले कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाइरहेको बेलायती कम्पनी एस्ट्राजेनेकामा १ सय २ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । यो लगानीसँगै अब अमेरिकाले उत्पादित भ्याक्सिनको एकतिहाइ हिस्सा किन्ने छ । कोरोना भाइरसका...

ब्राउन सुगरसहित दुइ पक्राउ

विराटनगर, चैत २६–लकडाउनको मौका छोपेर लागू औषधको कारोबार गर्ने दुइ जनालाइ मोरंग प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ३१ ग्राम ब्राउन सुगरसहित दुइ जनालाइ मोरङको बेलबारीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिराहाको मिर्चैया ५...

राजदूत पाउन पदको दुरुपयोग नगरेको लोकदर्शन रेग्मीको स्पष्टीकरण

काठमाडौं, २७ कात्तिक-बेलायतका लागि प्रस्तावित राजदूत एवं पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीले राजदूत पद पाउनका लागि आफूले कुनै कार्य नगरेको स्पष्ट पाएका छन् । संघीय संसदको संसदीय सुनुवाइ समितिमा बिहीबार भएको सुनुवाइमा सांसदको प्रश्नको जवाफ दिँदै रेग्मीले...

राजवंशी (विराट) लाई १२८ औं जातिजातिमा सूचिकृत गरिने–मन्त्री ढकाल

विराटनगर,६ फागुन । सङ्घीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले राजवंशी समुदाय (विराट)लाई १२८ औ जातजातिमा सूचिकृत गर्ने बताएका छन् । राजवंशी समाज उत्थान समिति(विराट)केन्दीय कार्यालयद्वारा आज यहाँ आयोजित १४ औं वृहत भेलामा...

जीवन विकासलाई अन्तर्राष्ट्रिय अवार्ड

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले थ्रि जिरो क्लब प्रवद्र्धन गरे बापत अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । फिलिपिन्सको राजधानी मनिलामा आयोजित थ्री जिरो क्लब कन्भेन्सनमा विश्वभरका सहयोगी संस्थाहरु मध्ये नेपालको जीवन विकास लघुवित्त...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्