मारवाडी प्रिमियर लिग आठौँ संस्करणको उपाधी महेश्वरी युवा मञ्चले जित्यो

 न्यूज विराट
मारवाडी प्रिमियर लिग आठौँ संस्करणको उपाधी महेश्वरी युवा मञ्चले जित्यो

विरानटनगर, १५ फागुन । विराटनगरमा आयोजित मारवाडी प्रिमियर लिगको ८ औं संस्करण महेश्वरी युवा मञ्चले जितेको छ । विराटनगर तीनपैनीस्थित खेलमैदानमा शनिबार भएको प्रतियोगिताको फाइनल खेलमा ओसवाल युवा क्लबलाई ११ रनले पराजित गर्दै महेश्वरी युव मञ्चले उपाधि चुमेको हो ।

उपाधि विजेता महेश्वरी युवा मञ्चले नगद ४१ हजार र शिल्ड हात पारेको छ । यसैगरी उपविजेता बनेको ओसवाल युवा क्लबले नगद १५ हजार हात पारेको छ ।

बिजेताहरुलाई प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पुरस्कार हस्तान्तरण गरे । फागुन १२ गतेबाट शुरु भएको सो प्रतियोगितामा मारवाडी समुदायका ५ वटा टिमहरुको सहभागिता रहेको आयोजक नेपाल अग्रवाल युवा मञ्चका अध्यक्ष मोहित अग्रवालले जानकारी दिए ।

प्रतियोगितामा म्यान अफ दि सिरिज राहुल सोनी भएका छन । त्यसैगरि केएसपी रोयल्सका मुनाल गोयल बेस्ट बलर, प्रिमियर ११ का हरीस बाहेती बेस्ट ब्याट्सम्यान भएको अग्रवालले जानकारी दिए । प्रतियोगितामा केएसबीका पियुष अग्रवाल इमर्जीङ प्लेयर भएका छन । बेस्ट डिसिप्लेनको अवार्ड समेत केएसबीले नै जितेको छ ।

सम्बन्धित समाचार

दाइजोविरुद्ध अभियान थालेका साजिद सङ्कटका सारथि बन्दै

जनकपुरधाम, ८ वैशाख-जनकपुरधामका एक मुस्लिम युवकको समाजसेवाबारे निकै चर्चा भइरहेको छ । लकडाउनका बेला गरिबलाई राहत दिने नाममा सरकारी पक्ष उदासीन रहेको वेला स्थानीय समाजसेवीले गरिबको पीडामा मलहम लगाउन काम गरेका छन् । कोरोना भाइरसका...

विराट महेन्द्र रात्री माविमा स्वच्छता सम्वन्धी सचेतना

विराटनगर, २८ माघ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगरस्थित विराट महेन्द्र रात्रि माविमा स्वच्छता सम्वन्धी सचेतनामुलकम कार्यक्रम आयोजना गरेको छ । शनिहाटस्थित विद्यालयमा अध्ययनरत बालबालिकाहरुको लागि क्लबले सरसफाई सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको हो ।...

आज ८३० संक्रमित थपिए, १५ सय जना डिस्चार्ज

काठमाडौं, २८ मंसिर-गत २४ घण्टामा ८ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ । त्यस्तै, आज १ हजार ५ सय...

२४ घण्टामा थपिए १८६ कोरोना संक्रमित, १७३ जना डिस्चार्ज

काठमाडौं, ५ साउन-पछिल्लो २४ घण्टाको अवधिमा १८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि...

रूकुम घटनाका पीडितलाई कर्णाली प्रदेशले राहत दिने थप

सुर्खेत, १३ जेठ-कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशसभाको छैठौँ अधिवेशनलाई सम्बोधन गर्दे रुकुम जिल्लामा घटेको घटना दुःखद भएको बताएका छन् । एक्काइसौँ शताब्दीमा पनि जातका नाममा भएको यो घटनाले प्रदेश सरकारलाई स्तब्ध भएको बताए ।...

महानगर स्तरीय आईटीएफ तेक्वान्दो शुक्रबारदेखि

विराटनगर । दोस्रो विराटनगर महानगर स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघको सहयोगमा विराटनगर आईटीएफ तेक्वान्दो एकेडेमीले आयोजना गर्न लागेको प्रतियोगिताका संयोजक ओमकुमार श्रेष्ठले जानकारी दिए ।उनका अनुसार महानगरभित्रका...

कोरोना संक्रमणबाट विराटनगरका ६ सहित ११ जनाको मृत्यु

विराटनगर, ९ जेठ । कोरोना भाइरसको संक्रमणका कारण विराटनगरका ६ जनासहित मोरङमा थप ११ जनाको मृत्यु भएको छ । शनिबार राति र आइतबार विहान मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा चार, विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा...

प्रधानन्यायाधीश चोलेन्द्रविरुद्ध महाअभियोग

काठमाडौं, १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । जबराविरुद्ध आज संसद सचिवालयमा महाअभियोग माथि ९८ जना सांसदद्धारा हस्ताक्षतिर प्रस्तावदर्ता गरिएको हो । मन्त्रिपरिषद्मा भागबन्डा खोजेको लगायतका कारण विवादित बन्दै आएका जबराविरुद्ध...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्