काठमाडौं, फागुन १४ । सरकारले सर्वोच्चको फैसला कार्यान्वयन गर्दै फागुन २३ गते संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफरिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गते संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।
प्रतिनिधिसभा पुनःस्थापनापछि पहिलोपटक शुक्रबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री डाक्टर शिवमाया तुम्बाहाङफेले जानकारी दिनुभयो । मन्त्रिपरिषद बैठकले निर्णय गरेसँगै अब राष्ट्रपति बिद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गर्नुहुनेछ ।
सर्वाेच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा बिघटनकोनिर्णय बदर गर्दै फागुन २४ गतेभित्र संसद बैठक बोलाउन आदेश दिएको थियो । अदालतले तोकेको समय भन्दा एक दिन अगावै सरकारले बैठक बोलाउन सिफारिश गरेको हो ।