
सुनको मूल्य प्रतितोला ९१ हजार
काठमाडौँ, १८ कात्तिक-नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका आधारमा प्रतितोला रु ५०० ले घटेर रु ९१ हजार तोकिएकोे छ । बुधबार उक्त सुन प्रतितोला रु ९१ हजार ५०० मा कारोबार भएको थियो...
विराटनगर, १४ फागुन । सडक पेटीमा वस्ने, भोको पेट रात काट्ने र सहयोगापेक्षी मानवको उचित बसोवासका गर्न भवन निर्माणका लागि आज विराटनगरका मानवकारी दाताका परिवारले रु चार करोड मूल्य बरावरको जग्गा प्रदान गरेको छ ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको सक्रिया योगदानमा विराटनगर –५ का उदार हृदयका खड्का परिवारले रु चार करोड मूल्य बरावरको छ कठ्ठ जग्गा प्रदान गरेको हो । डम्वर सतसङ्ग सदगुरु कविर सेवा आश्रमकी अध्यक्ष सुशिला भट्टराईले मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीलाई विराटनगर–५ स्थित छ कठ्ठा जग्गाको कागजपत्र हस्तान्तरण गरिन् ।
स्व.डम्वरवहादुर खडकाले आफनो मृत्यु पछि मानवसेवाको हितमा काम गर्न भने अनुसार खडका परिवारका सदस्यहरुले कविर आश्रमको नाममा रहेको १३ कठ्ठा जग्गा मध्ये छ कठ्ठ जग्गा प्रदान गरिएको हो । महानगरपालिकाका प्रमुख पराजुलीले मानव सेवा प्रवद्र्धन कार्य गरेकोमा दाता परिवारले पुण्यको काम गरेको चर्चा गर्दै छोरा छोरीले वृद्ध आमावुवालाई ज्येष्ठ नागरिक गृहमा पठाउने कार्य बन्द गर्न आग्रह गरे ।
उनले भविष्यमा सेवा आश्रम के हो भन्ने अनुन्धान गर्न विश्वभरका नागरिक नेपाल आउने चर्चा गर्दै आश्रमको विराटनगरमा भएको तीन भवनको वहाल महानगरले भुक्तानी गरिरहेको बताए । मेयर पराजुलीले प्राप्त जग्गामा सहयोगापेक्षीलाई राख्न लागि आवश्यक भवन निर्माण गर्न चाँडै विराटनगरमा नेपालका प्रसिद्ध कलाकारहरुको उपस्थितिमा वृहत साङ्गीतिक कार्यक्रमको आयोजना गर्ने जानकारी दिए ।
मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष अधिकारीले मानवीय कार्यको लागि जग्गा उपलब्ध गराएर समाजमा प्रेरणा प्रदान गर्नु भएको बताउदै आश्रमले शुरु गर्न लागेको ज्येष्ठ नागरिक मनोमञ्जनका लागि महानगरको सहयोगका लागि आग्रह गरे ।
दाता संस्थाकी अध्यक्ष भट्टराई र स्व. खडका वुहारी जमूना खड्का, गुराँस पुस्तकालयका अध्यक्ष दीपक चापागाई लगायतले दुःख र पीडामा सहयोग गर्न पाउँदा खुशी लागेको लागेको चर्चा गर्दै आगामी दिनमा थप सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कविर आश्रमको बाँकी रहेको सात कठ्ठा जग्गामा मानव सेवा आश्रमले वाटिका लगाउने सोही अवसरमा जानकारी दिइयो । सोही अवसरमा दाताहरु खडका परिबारका सदस्यहरु एवं कवि आश्रमका पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।विराटनगरस्थित तीन आश्रमका हाल २४६ जना सहयोगापेक्षीको बसोवास रहेको छ ।
काठमाडौँ, १८ कात्तिक-नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका आधारमा प्रतितोला रु ५०० ले घटेर रु ९१ हजार तोकिएकोे छ । बुधबार उक्त सुन प्रतितोला रु ९१ हजार ५०० मा कारोबार भएको थियो...
विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...
एजेन्सी, १० माघ । भारतमा ३ लाख ६ हजार भन्दा धेरै काेराेना संक्रमित थपिएका छन् । २४ घण्टाकाे अवधिमा ३ लाख ६ हजार ६४ जना काेराेना संक्रमित थपिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले साेमबार जानकारी दिएकाे छ ।...
विराटनगर, .असार १–प्रदेश १ मा सोमबार २६ जना कोरोना संक्रमित थपिएका छन् । आज ४ महिला र २२ जना पुरुषमा संक्रमण देखिएको छ। आज मोरङमा २२ जना, सुनसरीमा ३ जना र झापामा १ जनामा संक्रमण...
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा ज्वेलर्स सुनचाँदी पसल सञ्चालन गरेर बसेका एक दम्पतीले सर्वसाधारणको झण्डै एक करोड रुपैयाँ गठी गरेको आरोपमा पक्राउ परेका छन् । सर्वसाधारणलाई आफ्नो ज्वेलर्समा बचत गर्न लगाएर ८२ लाख रूपैयाँभन्दा...
विराटनगर । पृथ्वीनारायण शाहको ३०२ औं जन्म जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसर पारेर विराटनगरमा खुल्ला रक्तादन कार्यक्रम आयोजना गरेको छ । राप्रपा मोरङको आयोजनामा विराटनगरमा बिहीबार रक्तदान कार्यक्रम आयोजना गरेको हो ।रक्तादन कार्यक्रममा ३०...
काठमाडौं, फागुन ३–कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको उपाधि मछिन्द्र क्लबले जितेको छ। शनिबार भएको लिगको अन्तिम खेलमा विभागीय त्रिभुवन आर्मी क्लबलाइ १–० गोलले हराउादै मछिन्द्रले पहिलोपटक ए डिभिजन लिगको उपाधि जितेको हो। दशरथ...
विराटनगर, ११ असोज–विराटनगरस्थित न्युरो अस्पतालले कोरोना परिक्षणका लागि पिसिआर ल्याब सञ्चालनमा ल्याएको छ । न्यूरो कार्डियो एण्ड मल्टि स्पेश्यालिटि हस्पिटलले आइतबारदेखी निजिस्तरामा १ नं प्रदशकै पहिलो अत्याधुनिक पिसिआर ल्याब संचालनमा ल्याएको हो । सरकारले न्यूरो...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.