दर्ता प्रक्रियामा एनआरएन फन्ड, १ अर्ब ८० करोडको प्रतिबद्धता जुट्यो

 न्यूज विराट
दर्ता प्रक्रियामा एनआरएन फन्ड, १ अर्ब ८० करोडको प्रतिबद्धता जुट्यो

गैरआवासीय नेपाली संघ (एनआरएन) को पहलमा स्थापना हुन लागेको एनआरएन डेभलपमेन्ट फन्डको प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा हस्ताक्षर भएको छ । संस्थापकहरूका तर्फबाट बिहीबार हस्ताक्षर भएको हो ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष तथा संरक्षक जीवा लामिछानेलगायतले प्रबन्ध पत्रमा हस्ताक्षर गरेर दर्ता प्रकिया अघि बढाएका हुन् ।

कम्पनीमार्फत नै नेपालमा कम्तीमा १० अर्ब लगानी भित्र्याउने तयारी छ । १० अर्ब लगानीका लागि हालसम्म डेढ अर्बभन्दा बढी रकमको प्रतिवद्धता आइसकेको एनआएन सचिवालयले जनाएको छ ।

संघका अध्यक्ष पन्तले नेपालका लागि बहुप्रतीक्षित र ऐतिहासिक दिन भन्दै गैरआवासीय नेपालीलाई नेपालको समृद्धिका लागि योगदान गर्ने बाटो खुलेको बताएका छन् । १० अर्बको कोषमा सरकारले पाँच प्रतिशत अर्थात् ५० करोड रुपैयाँ लगानीको प्रतिवद्धता जनाइसकेको उनले बताए ।

यस्तै, संस्थापकहरूका तर्फबाट १० प्रतिशत अर्थात १ अर्ब रुपैयाँ लगानी गर्ने र त्यसमध्येको १ अर्ब ८० करोडको प्रतिवद्धता जुटिसकेको अध्यक्ष पन्तले बताए । यस अभियानको ८५ प्रतिशत लगानीमा  संसारभरका गैरआवासीय नेपालीले १० डलर र त्यसभन्दा माथि लगानी गर्न पाउनेछन् ।

सम्बन्धित समाचार

लक्षण पटक्कै नदेखिएका व्यक्तिबाट पनि सर्न सक्छ कोरोना : विज्ञ

काठमाडौं, ५ वैशाख-लक्षण नै देखिएको व्यक्तिबाट पनि कोरोना भाइरस सर्न सक्ने विज्ञले बताएका छन् । स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मलेनमा फोक्सो रोग तथा आइसियू विशेषज्ञ डा. अर्जुन कार्कीले कोरोना भाइरसको लक्षण नदिखिएको व्यक्तिबाट पनि सर्न सक्ने...

सहिष्णुताका सेतु

विराटनगर । विराटनगरका बासिन्दा वसिम आलम राजनीतिक वृत्तमा चिनिएको नाम हो । नेकपा एकीकृत समाजवादीको भ्रातृ संस्था अनेरास्ववियु्का सह–अध्यक्ष आलम हरेक आन्दोलनका अगुवाका रुपमा पनि स्थापित छन् । सामाजिक र राजनीतिक विषयमा सामाजिक सन्जालमार्फत तिखो...

प्रचण्डको प्रस्ताव कुण्ठा र स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो : ओली

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सचिवालयमा पेस गरेको प्रस्ताव पार्टीकाे विधानविपरित रहेको बताएका छन् । आजको सचिवालयमा प्रचण्डको आरोपको लिखित जवाफ दिँदै ओलीले...

नागरिकता र मतदाताको आधारमा मात्र नभई भोकै रहेका सवैलाई राहत वितरण गरिनुपर्छ : सांसद मण्डल

विराटनगर, बैशाख २–पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का संघिय सांसद शिवकुमार मण्डलले नागरिकता र मतदाता नामावलीका आधारमा मात्र राहत वितरण गर्न नहुने बताएका छन् । उनले नागरिकता र मतदाताका आधरमा भन्दा पनि आर्थिक अवस्थाकै...

विराटनगर महानगरले गर्यो लकडाउनको घोषणा

विराटनगर, साउन १६–समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि विराटनगर महानगरपालिका क्षेत्रभित्र १४ दिनका लागि लकडाउन घोषणा गरिएको छ । शुक्रबार बसेको महानगरको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी १४ दिनसम्मका लागि लकडाउन घोषणा गरेको हो...

अर्बपति अमेरिकी राष्ट्रपति ट्रम्पमाथि लाग्यो कर नतिरेको आरोप

एजेन्सी, १२ असोज-अर्बपति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आयकर नतिरेको आरोप लागेको छ । अमेरिकाको द न्युयोर्क टाइम्सले राष्ट्रपति ट्रम्पले सन् २०१६ मा आयकरका रुपमा जम्मा ७ सय ५० डलर मात्रै तिरेको समाचार प्रकाशित गरेपछि ट्रम्पमाथि...

मेची पर्यटन महोत्सवमा निकालियो कलशयात्रा

विराटनगर, फागुन ९–भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै सुरु गरिएको पाथीभरा म्याराथुन तथा मेची पर्यटन महोत्सवको पहिलो दिन आज कलशयात्रा निकालिएको छ । ताप्लेजुङको सदरमुकाम फुङलिङको तोक्मेडाँडाबाट नौमती बाजासहित कलशयात्रा निकालिएको हो । बिहान ८...

जुवाखालबाट ७ ठूला व्यवसायी पक्राउ

काठमाडौं, २० जेठ-कमलादीको एक होटेलबाट जुवा खेलिरहेको अवस्थामा केही व्यापारी पक्राउ पक्राउ परेका छन् । पक्राउ पर्नेमा विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम घिराइया अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्