नेम्वाङले भने, ‘स‌ंसदीय व्यवस्थामा प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछन्’

 न्यूज विराट
नेम्वाङले भने, ‘स‌ंसदीय व्यवस्थामा प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछन्’

नेकपा ओली समूहका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार भएको दोहोर्‍याएका छन् ।

बिहीबार इलाम सदरमुकाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने जिकिर गरेका हुन् ।  नेम्वाङले पार्टीभित्र र संसदबाट प्रधानमन्त्रीलाई असहयोग भएकाले प्रतिनिधिसभा विघटन गर्नुपरेको तर्क गरे ।

ताजा जनादेशमा जाने निर्णय लोकतान्त्रिक भएको उनको भनाइ छ । ‘जनता गुहार्ने प्रधानमन्त्रीको लोकतान्त्रिक विकल्प हो‍ । संसद् सरकारको बिजनेसमा चल्ने हो,’ उनले भने ।

संसदमा एमसीसी पेस नभएको, दुई–तीन वर्षसम्म पनि कानुन पारित नभएको र संवैधानिक निकायका नियुक्तिमा बाधा पुर्‍याउन संवैधानिक परिषद्को बैठक बस्न नसकेकाले प्रतिनिधिसभा विघटन गर्नुपरेको संकेत नेम्वाङले गरे ।

‘सरकारले एमसीसी अनुमोदनको लागि संसदमा दर्ता भएको थियो । तर, त्यसलाई सभामुखले प्रस्तावका रुपमा हाउसमा अघि बढाउन चाहनुभएन । संसदमा प्रस्तुत भएपछि कि पास हुन्छ कि फेल हुन्छ, तर बीचबाटै हराउन मिल्दैन,’ उनले भने । निर्वाचन आयोगले पार्टीको आधिकारिकता विवादसम्बन्धी मुद्दा टुंग्याएको नेम्वाङको दाबी छ ।

‘निर्वाचन आयोगले नेकपाको पहिलो अध्यक्ष केपी ओली र द्वितीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेल पदाधिकारी रहेको पार्टी नै नेकपा हो भनेर निर्वाचन आयोगले भनिसक्यो,’ नेम्वाङले भने, ‘ अब पार्टीको आधिकारिकताबारे प्रश्न कसैले उठाउन मिल्दैन । ‘ उनले ओली नेतृत्वको नेकपा नै आधिकारिक भएकाले सूर्य चुनाव चिन्ह पनि आफूहरूकै भएको दाबी गरे ।

सम्बन्धित समाचार

भारतबाट छाड्नेवित्तिकै उहाँलाई म घर पुर्‍याइदिन्छुः प्रजिअ पौडेल

काठमाडौं, ६ वैशाख-भारत धार्चुलाको बालुवाकोटमा क्वारेन्टाइन बसेको अवस्थामा दार्चुला घरमा आमा बितेपछि वासुदेव भट्ट क्वारेन्टाइनमा नै किरिया बसेका छन् । क्वारेन्टाइनमा नै किरिया बसेको तस्विर सामाजिक सञ्जालमा फैलिएपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले भारतीय...

बेलायतमा नेपाली‘कोदोको ब्राण्ड रक्सी’ उत्पादन गरी विक्री शुरु

काठमाडौं, १३ असोज । लण्डन । बेलायतमा नेपाली कोदोबाट उत्पादित रक्सी बजारमा बिक्रि बितरण सुरु गरिने भएको छ । नेपालमा परम्परागत रूपमा पिउँदै आएको कोदोको रक्सी ब्रान्ड बनाउन शुरू गरिएको छ ।बेलायतमा कोदो लिमिडेट कम्पनीको...

काश्मीरमा १३१ वर्षपछि उर्दुको एकछत्र राज समाप्त, ५ भाषालाई मान्यता

एजेन्सी, १८ भदौ-श्रीनगर केन्द्र सरकारले जम्मू काश्मीरमा पाँच भाषालाई आधिकारिक भाषाको मान्यता दिने घोषणा गरेको छ । यसका साथै त्यहाँ १३१ वर्षपछि उर्दु भाषाको एकछत्र राज समाप्त भएको छ । भौगोलिक र सामाजिक रुपमा विविधता...

बन्दाबन्दीमै जहदामा ३२ सुकुम्बासीको घर निर्माण सुरु, जसको घर उसैलाई रोजगारी

विराटनगर, बैशाख २९–बन्दाबन्दीकै बिच मोरङको जहदा गाउँपालिका–१ स्थित धुनीमा अति विपन्न सुकुम्बासी परिवारका लागि घर निर्माण प्रकृया सुरु भएको छ । पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का सांसद शिवकुमार मण्डलको पहलमा स्थानीय ३२ विपन्न...

रोटरी क्लबको साक्षरता अभियान

विराटनगर । सामाजिक कार्यमा सक्रिय रहेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले साक्षरता अभियान सुरु गरेको छ । महिला एवम् युवतीहरुका लागि क्लबले साक्षरता अभियान सञ्चालन गरेको हो । क्लबले सेप्टेम्बर महिनाभरी आधारभूत शिक्षा र साक्षरता...

बढ्यो कोरोना, थप १ सय १३ जनामा संक्रमण

कोरोनाको संक्रमणदर बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकैदिन थप १ सय १३ जनामा संक्रमण पुष्टि भएको छ । २ हजार ७ सय २४ को परीक्षणमा १ सय १३ जनामा संक्रमण देखिएको हो...

सुनसरीको देवानगञ्जमा ग्राम शुद्धिकरण महायज्ञ, सनातन धर्म संस्कृतिको संरक्षणमा जोड

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकाको श्री कृष्ण माविमा ग्राम शुद्धिकरण महायज्ञ (घर वापसी) लगाएको छ । विश्व हिन्दु परिषद नेपालले शनिबार महायज्ञ लगाएको हो । उक्त कार्यक्रमको प्रमुख अतिथि संघीय सांसद किरण साह रहेका थिए...

प्रधानमन्त्रीले प्रमाण पुर्याएर बोल्नुपर्छ : डा. शेखर कोइराला

विराटनगर, साउन १–नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तीले प्रमाण पु¥याएर मात्र बोल्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीले जति कम बोल्यो त्यति राम्रो हुने भन्दै राम नेपालमा जन्मेको विषय सहि हो भने त्यसलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्