इन्टरनेटमा ५० प्रतिशतभन्दा धेरै कर उठाएको सेवा प्रदायकको गुनासो

 न्यूज विराट
इन्टरनेटमा ५० प्रतिशतभन्दा धेरै कर उठाएको सेवा प्रदायकको गुनासो

सरकारले इन्टरनेटलाई अत्यावश्‍यक क्षेत्रमा राखेर पनि ५० प्रतिशतभन्दा धेरै कर लगाएको भन्दै सरोकारवालाले गुनासो गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार काठमाडौंमा आयोजना गरेको नेपालमा इन्टरनेट वितरण मुद्दा र चुनौतीहरू विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै विज्ञहरूले नेपालमा इन्टरनेटमा लगाइने कर अत्यधिक भएको गुनासो गरेका हुन् ।

इन्टरनेट सेवा प्रदायक संघका पूर्वअध्यक्ष एवं भायनेट कम्युनिकेसनका प्रबन्ध निर्देशक बिनय बोहराले नेपालमा इन्टरनेटको कर अत्यधिक भएको तथ्य प्रस्तुत गरेका हुन् । ‘इन्टरनेट सेवा नेपालमा धेरै कर थोपरिएको क्षेत्रमा पर्छ,’ उनले भने, ‘विभिन्न शीर्षकमा सेवा प्रदायकले ५० प्रतिशतभन्दा बढी कर तिर्नुपर्ने हुन्छ ।’

सरकारले लिने कर र नेपाल विद्युत् प्राधिकरणको पूर्वाधार प्रयोग गर्दा लाग्ने भाडा शुल्कले पनि इन्टरनेट महँगिएको उनले बताए । ‘पहिला २ सय ५० रुपैयाँ तिर्नुपर्ने भाडा अहिले ७ हजार रुपैयाँ पुगेको छ,’ उनले भने, ‘इन्टरनेट सेवामा यति धेरै कर र भाडा दर लगाउन उपयुक्त हुन्न ।’

इन्टरनेटमा धेरै कर लगाउँदा इन्टरनेट महँगो हुन पुगेको गुनासो उनीहरूको छ । सरकारले अत्यावश्यक सेवाको सूचीमा राखे पनि इन्टरनेटमा धेरै कर लगाउँदा यो सर्वसुलभ हुन नसकेको उनीहरूको गुनासो छ ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) अध्यक्ष सुधीर पराजुलीले सरकारले अन्य अत्यावश्यक वस्तुमा कर नलगाएको भए पनि इन्टरनेटमा भने कर लगाउनु विडम्बना भएको टिप्पणी गरे । ‘अरु अत्यावश्यक सेवामा कर नलाग्ने तर इन्टरनेटमा लाग्ने किन ?,’ उनले भने, ‘सरकार इन्टरनेटमा कर थोपरेर महँगो बनाउन उद्यत छ ।’

इन्टरनेट वितरणको लागि पूर्वाधार सहप्रयोग नहुँदा पनि इन्टरनेटको लागत महँगिएको उनले बताए । इन्टरनेट सेवा प्रदायकहरूले पूर्वाधार कम्पनी खोलेर पूर्वाधारको सहप्रयोग गर्छौं भन्दा पनि सरकारले नमानेको गुनासो उनले गरे । ‘सरकारले के चाहेको हो ? हामी अलमलमा छौँ,’ उनले भने ।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले ब्रोडव्याण्ड इन्टरनेटको विस्तार १० प्रतिशलते बढ्दा यसले कूल ग्रार्हस्थ उत्पादनमा १.३ प्रतिशतले योगदान गर्ने दृटान्त प्रस्तुत गर्दै सरकारले इन्टरनेटको लागत वार्षिक प्रतिव्यक्ति आयको ५ प्रतिशतमा झार्न प्रयास गरिरहेको दाबी गरे ।

वार्षिक प्रतिव्यक्ति आय बढी भएका विकसित मुलुकमा इन्टरनेटको लागत वार्षिक आयको २ प्रतिशतमा कायम गरिएको भए पनि नेपालजस्तो अतिकम विकसित मुलुकमा भने वार्षिक आयको ५ प्रतिशतमा इन्टरनेट लागत कायम राख्न चुनौतिपूर्ण भएको उनले बताए ।

उनले प्राधिकरणबाट जारी दूरसञ्चार पूर्वाधार परियोजनाबारे जानकारी  दिँदै यी परियोजना पूरा भएपछि इन्टरनेटको पहुँच थप सहज हुने दाबी गरे । अर्थ मन्त्रालयका उपसचिव शरद निरौलाले सरकारले पूर्वाधार बनाउनको लागि लगानी गर्नुपर्ने भएकाले कर उठाउनै पर्ने बाध्यता रहेको बताए ।

नेपाल विद्युत् प्राधिकरणका निर्देशक श्ररिाम पाण्डेले विश्वको अनुभव हेरेर नै प्राधिकरणले पोलको भाडादर कायम गरेको भन्दै तत्काल पोल भाडा नघट्ने संकेत गरे ।

सम्बन्धित समाचार

नेपालमा थप १ हजार ३९ जनामा काेराेना पुष्टि

काठमाडाैं, २८ भदौ-नेपालमा थप १ हजार ३९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेम ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमले २४ घण्टायताका सहित कुल संक्रमित संख्या ५४ हजार...

राष्ट्रसेवक सहकारीको कुल आम्दानी ४ करोड ८१ लाख

विराटनगर । विराटनगर–९ मा रहेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले एक वर्षमा ४ करोड ८१ लाख ५ हजार ९ रुपैयाँको कुल आम्दानी गरेको छ । विराटनगरमा सोमबार भएको २५ औं वार्षिक साधारणसभाको प्रतिवेदनमा आर्थिक...

पूर्वमन्त्री पण्डितको पहलमा कोशी अस्पताललाई ४ वटा भेन्टिेलेटर प्रदान गरिँदै

विराटनगर, ३० असोज–प्रदेश १ मा भेन्टिलेटरको अभाव भइरहेका बेला पूर्व संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पहलमा विराटनगरस्थित कोशी अस्पताललाई ४ वटा भेन्टिलेटर प्रदान गरिने भएको छ । पूर्वमन्त्री पण्डितको पहलमा ताईवानको ‘टिजुची...

आज २ हजार ८ सय १७ जनामा कोरोना, मृतकको संख्या ११ सय नाघ्यो

काठमाडौं, २३ कात्तिक-गत २४ घण्टामा नेपालमा २ हजार ८ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर संक्रमितको कुल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।  त्यस्तै, आज २...

समयमै आँखा परिक्षण गराइ दृष्टिविहीन हुनबाट बचाउनुपर्दछ : डा. सुवास पोखरेल

विराटनगर । मधुमेह भएका व्यक्तिले समयमै आँखा परिक्षण गराइ दृष्टिविहीन हुनबाट बचाउनुपर्ने विराटनगरमा आयोजित एक कार्यक्रममा चिकित्सकहरुले बताएका छन् । गोल्छा आँखा अस्पतालले विराटनगरमा विश्व मधुमेह दिवसको अवसर पारेर मधुमेहले आँखामा पार्ने असर (डाइबेटिक रेटिनोपेथी)...

विराटनगरमा मृत फेला परेकी महिलाको पहिचान खुल्यो

विराटनगर । विराटनगर – १२ स्थित पाञ्चालिमा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ । महेन्द्र मोरङ क्याम्पसको उत्तरपट्टि आज विहान मृत फेला परेकी थिइन् । मृतक महिला विराटनगर बसपार्कमा बस्दै आएकी ३३ वर्षीया बन्दना मगर...

कार्यान्वयनमा आएन घरभाडा छुट

काठमाडौं, १५ वैशाख-शङ्खमूल बस्दै आएकी शर्मिला तामाङले घरबेटीले पटकपटक ताकेता गरेपछि गत साता घरभाडा तिरिन् । कहिले भारी बोक्ने त कहिले भाँडा माझ्ने गरी आफ्नो जीविकोपार्जन गर्दै आएकी उनलाई खानै धौधौ परेको थियो । काठमाडौंको...

काठमाडौं हिँडेका ११ पाकिस्तानी सिन्धुलीबाट फिर्ता

सिन्धुली, २७ वैशाख-बिपी राजमार्ग हुँदै माइक्रोबसबाट काठमाडौं हिँडेका पाकिस्तानी नागरिक फिर्ता भएका छन् । सुनसरीबाट सिन्धुली हुँदै काठमाडौं जाँदै गरेका पाकिस्तानी नागरिकलाई प्रहरीले फिर्ता पठाएको हो । सुनसरीमा १६ दिन क्वारेन्टाइन बसेका र कोरोना नेगेटिभ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्