कांग्रेस केन्द्रीय समितिको बैठकमा महाधिवेशनको मिति परिमार्जनबारे छलफल हुने

 न्यूज विराट
कांग्रेस केन्द्रीय समितिको बैठकमा महाधिवेशनको मिति परिमार्जनबारे छलफल हुने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार दिउँसो २ बजे बस्दैछ । कांग्रेसले ७ देखि १० फागुनसम्मका लागि आह्वान गरेको १४ औँ महाधिवेशन सम्भव नभएपछि नयाँ मिति तय गर्ने सम्बन्धमा छलफल गर्न बुधबार केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय महाधिवेशनको मिति परिमार्जन गरी नयाँ मिति तय गर्ने सम्बन्धमा छलफल गर्न बुधबार केन्द्रीय कार्य समितिको बैठक बस्न लागेको बताए । बैठकमा पार्टीको आन्तरिक जीवन, क्रियाशील सदस्यता वितरणलगायतको विषयमा भएको प्रगतिको सम्बन्धमा पनि छलफल हुने बताए ।

संसद विघटनसम्बन्धी विषयलाई सर्वोच्च अदालतले टुङ्गो लगाएपछि राष्ट्रिय राजनीतिले मार्ग प्राप्त गर्ने भएकाले त्यसपछि मात्रै नयाँ मिति तय गर्ने अथवा अगाडि तय गर्ने भन्ने सम्बन्धमा समेत छलफल हुने प्रवक्ता शर्माले बताए ।

यस्तै, गत ५ पुसमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले संसद विघटनलाई अवैधानिक, अलोकतान्त्रिक र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णयअनुसार विभिन्न कार्यक्रमहरू गरेको र ती कार्यक्रमहरूको समीक्षासमेत बैठकमा हुने पनि प्रवक्ता शर्माले बताए ।

सम्बन्धित समाचार

मोरङ क्षेत्र नं. ४ को विकासमा ध्यान दिनेछु : गुरुराज घिमिरे

विराटनगर । मोरङ क्षेत्र नं. ४ (१) प्रदेशसभा तर्फका उम्मेदवार गुरुराज घिमिरेले संसदमा नीति बनाउन जाने भए पनि नागरिकलाई विकाससँग जोड्न आफूले सक्दो पहल गर्ने बताएका छन् । मोरङको कटहरिमा आयोजना गरिएको चुनावी कार्यक्रममा बोल्दै...

भारतीय सेना प्रमुख नरवणे आज अपराह्न नेपाल आउने

काठमाडौं,  १९ कात्तिक-भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे आज नेपाल भ्रमणमा आउँदैछन् । उनी नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी ग्रहण गर्न चार सदस्यीय टोलीका साथ अपराह्न भारतीय सेनाको विशेष विमानमार्फत् काठमाडौं आउने छन् ।...

रूसले सुरु गर्‍यो कोरोनाविरुद्ध खोप अभियान

एजेन्सी, २० मंसिर-रूसले राजधानी मस्कोका क्लिनिकमार्फत कोरोना भाइरसको उच्च जोखिममा रहेका मानिसलाई कोभिड-१९ विरुद्ध खोप सेवा उपलब्ध गराउन थालेको छ । कोभिड–१९ विरुद्धको अभियान भनिएको सेवाका लागि गत अगस्ट महिनामा रूसले मान्यता दिएको स्वदेशमै निर्मित...

अब विपन्न संक्रमितको मात्र सरकारले उपचार गर्ने

काठमाडौं, २९ भदौ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब तथा विपन्नको मात्र उपचार गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएको छ । आइतबार मन्त्री भानुभक्त ढकालसहित बसेको बैठकले गरिब र विपन्नको मात्र उपचार गर्ने निर्णय गरेको हो । 'मन्त्रालयले...

नेपाललाई हिमालयन हस्पिटालिटी एण्ड टुरिजम एचिभमेन्ट अवार्ड

विराटनगर । नेपालले हिमालयन हस्पिटालिटी एण्ड टुरिजम एचिभमेन्ट अवार्ड पाएको छ । भारतको पर्यटन मन्त्रालय सँगको सहकार्यमा विश्व पर्यटन दिवसको अवसर पारेर वेस्ट बंगालको सिलगुढिस्थित पाँचतारे हाेटल मेयफिरमा बुधबार आयोजना गरेको कार्यक्रममा नेपालले उक्त अवार्ड...

बढ्दो तस्करी, चोरी पैठारी तथा अवैध कारोबारबारे गृह मन्त्रीको ध्यानाकर्षण

विराटनगर । नेपालमा दिनप्रतिदिन बढ्दो तस्करी, चोरी पैठारी र अवैध कारोबारको विषयलाई लिएर मोरङ उद्योग व्यापार संघले संघीय सरकारका गृह मन्त्री रमेश लेखकलाई विशेष छलफलमा सहभागी गराउँदै गम्भीर ध्यानाकर्षण गराएको छ। मोरङ उद्योग व्यापार संघको...

नगद सहित ब्राउन सुगर कारोबारमा संलग्न ४ जना पक्राउ

विराटनगर, १५ असार ।झापाको दमकबाट लागुऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । हिजो दिउसो सँवा ३ बजे दमक-६ थाना रोड स्थितबाट ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गौरादह ५ वालुवथान का २६ बर्षीय विवेक...

पछिल्लो २४ घन्टामा थप १९४ जना संक्रमित डिस्चार्ज

काठमाडौं, ७ असार-कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १ सय ९४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो पटकमा ८ महिला र १८६ जना पुरुष गरी जम्मा १९४ जना संक्रमित निको भएका हुन् । डिस्चार्ज...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्