रेल विस्तारमा लगानी गर्न रसिया इच्छुक, बुझाइयो रुसी रेलवे कम्पनीको आशयपत्र

 न्यूज विराट
रेल विस्तारमा लगानी गर्न रसिया इच्छुक, बुझाइयो रुसी रेलवे कम्पनीको आशयपत्र

काठमाडौं, ३ फागुन-रसियाले नेपालको रेल यातायातको  क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको छ । आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग उसले रेलको क्षेत्रमा लगानी गर्ने जनाएको हो ।

नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मन्त्री नेम्वाङसँग शिष्टाचार भेटवार्ता गर्दै रेलको विस्तारमा लगानी गर्न सकिने बताएको हो । रुसी रेलवे कम्पनीका तर्फबाट मन्त्रालयमा आशयपत्र बुझाएको छ ।

मन्त्री नेम्वाङले सोभियत युनियन विघटनपछि पछिल्लो समयमा दुई देशबीचमा समन्वय भएर कुनै काम नभए पनि सम्बन्ध सुमधुर रहेको बताए । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन र यातायात सहज बनाउन मेट्रो रेलको आवश्यकता रहेको उनले बताए । उनले हाल मेट्रो रेलको रेखांकन, पूर्वसम्भाव्यता अध्ययन र केही खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारी भइसकेको बताउँदै यी दस्तावेज रुसी पक्षलाई उपलब्ध गराउन तयार रहेको उल्लेख गरे ।

मन्त्री नेम्वाङले रुसी पक्षबाट विस्तृत प्राविधिक र आर्थिक प्रतिवेदन प्राप्त भएपछि थप छलफल गर्न तयार रहेको बताए । रसिया र अन्य विश्वको विभिन्न मुलुकमा रेलसम्बन्धी त्यहाँको प्रविधि उत्कृष्ट रहेको उल्लेख गर्दै नेपालको लागि समेत कोशेढुङ्गा हुने प्रतिनिधिमण्डलले बताएका थिए । जापानले पहाडी क्षेत्रमा रुसी रेलवे प्रविधि अपनाएको उल्लेख गर्दै प्रतिनिधि मण्डलले नेपाललाई प्रविधि हस्तान्तरण गर्न तयार रहेको बताएका छन् ।

सो भेटवार्तामा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बारेमा छलफल भएको थियो । रुसी महासङ्घको सहयोगमा निर्माण भएका विगतका परियोजना क्रान्ति अस्पताल, पनौती हाइड्रोइलेट्रिक स्टेशन, पूर्वपश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्ड, जनकपुर चुरोट कारखाना, कृषि औजार कारखाना, वीरगञ्ज सुगर मिललगायतका परियोजनाका विषयमा छलफल भयो । रासस

सम्बन्धित समाचार

निमार्ण दिवसको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम, ५८ प्रिन्ट रगत संकलन

विराटनगर । निमार्ण व्यवसायी संघ मोरङले खुल्ला रक्तदान कार्यक्रममा आयोजना गरेको छ । १६ औं राष्ट्रिय निमार्ण दिवसको अवसर पारेर शुक्रबार खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो । संघको भवनमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५८...

चिकित्सकले मनाए नयाँ वर्ष

विराटनगर । नेपाल चिकित्कस संघ कोशी प्रदेशले नयाँ वर्षको अवसर पारेर शुभकामना आदन प्रदान कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा बुधबार एक कार्यक्रम आयोजना गरी अंग्रेजी नयाँ वर्षको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम आयोजना...

थप २३८ जनामा कोरोना संक्रमण पुष्टि, ३७० डिस्चार्ज

पछिल्लो २४ घण्टामा २ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३...

औषधी व्यवसायी ढकालले मानव सेवा आश्रममा मनाए जन्मदिन

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकालले ५१ औँ जन्मदिन मानव सेवा आश्रममा मनाएका छन् । विराटनगरस्थित मानव सेवा आश्रममा बिहीबार आश्रममा आश्रित बुवाआमालाई खाना खुवाएर आफ्नो जन्मदिन मनाएका हुन् । विगतका...

आईपीएलमा बैंगलोरको तेस्रो जित

एजेन्सी, २७ चैत । मुम्बई इन्डियन्समाथि ७ विकेटको जित निकाल्दै रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार तेस्रो जित निकालेको छ । मुम्बईले भने लगातार चौथो हार बेहोरेको छ । जितका लागि पाएको १५२...

एसइई परीक्षा दिने विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगर–११ मा रहेको सगरमाथा सेकेण्डरी स्कुलले एसइई परीक्षा दिने विद्यार्थीलाई एक दिने अभिमुखिकरण तथा शुभकामना दिएको छ । सोमबार स्कुलमा एक कार्यक्रमको आयोजना गरि स्कुलले एसइई परीक्षा दिने विद्यार्थीलाई एक दिने अभिमुखिकरण तथा...

मतगणना अपडेट : इलाम–२ मा सुहाङले लिए अग्रता

इलाम । इलाम–२ अन्तरगत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई उछिनेका हुन् । शीर्ष स्थानका लागि नेपाली कांग्रेस र नेकपा एमालेबिच कडा प्रतिस्पर्धा भइरहेको...

नेपाल उत्पीडित जातीय मुक्ति समाज झापाको ९ औँ जिल्ला सम्मेलन सुरु

विर्तामोड, १ असार । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज झापाको जिल्ला अधिवेशन सुरु भएको छ । झापाको विर्तामोडमा मुक्ति समाजको ९ औ जिल्ला सम्मेलन बुधबारदेखि सुरु भएको हो । जिल्ला...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्