कटौती भएका चाडपर्व बिदा पुनः दिइने : गृहमन्त्री

 न्यूज विराट
कटौती भएका चाडपर्व बिदा पुनः दिइने : गृहमन्त्री

काठमाडौँ, ३० माघ -गृहमन्त्री रामबहादुर थापाले आदिवासी, जनजातिका कटौती भएका महत्वपूर्ण चाडपर्व बिदा फेरि दिन शुरु गर्ने बताउनुभएको छ । सोनाम ल्होसार २८५७ को अवसरमा आज काठमाडौँको बूढानीलकण्ठमा आयोजित समारोहमा उहाँले माघी, ल्होसारलगायतका चाडपर्वका बिदा कटौती भएकामा अहिले त्यो निर्णय सच्याएको भन्दै अब मन्त्रिपरिषद्बाटै निर्णय गराएर ती बिदा पात्रोमै सार्वजनिक बिदाका रुपमा रहने गरी निर्णय गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो क्रममा आदिवासी जनजातिले मन्त्री थापालाई बिदा सुनिश्चित गर्न भन्दै ज्ञापनपत्र बुझाएका थिए । विगतमा जाति धर्मका समुदायले जुन स्थान पाउनुपर्ने थियो त्यो पाउन नसकेको बताउँदै परम्परा, भाषा र धर्म संरक्षणका निम्ति अधिकार प्राप्त गर्न नसकेकोमा दुःख व्यक्त गर्नुभयो ।

नेपाललाई धर्मनिरपेक्ष राज्य निर्माण गर्न सफल भएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । उहाँले संस्कृति र परम्पराको संरक्षणका निम्ति र आदिवासी जनजातिले पाउने अधिकार स्थापित गर्न अझै प्रयास जरुरी रहेको बताउनुभयो । यसका साथै जातीय समुदायको आर्थिक अवस्था सुधार गर्नसमेत जरुरी रहेको औँल्याउँदै उहाँले राज्यले सबै भाषाभाषी, जातजातिको समृद्धिका निम्ति समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य लिएको जानकारी दिनुभयो । (रासस) 

सम्बन्धित समाचार

पञ्जाबमा अदालतभित्रै विष्फोट, दुई जनाको मृत्यु

एजेन्सी, ८ पुस । भारतको पञ्जाबस्थित लुधियाना अदालत परिसरमा विष्फोट भएको छ । विष्फोटमा परी दुई जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । विष्फाेटमा अन्य केही घाइते भएका छन् । अदालत भवनको दोस्रो तलामा...

तीन महिनामा प्रदेश १ मा १७७ वटा मानव अधिकार हनन् का घटना

विराटनगर, ३ असोज । प्रदेश–१ मा तीन महिनाको अवधिमा १ सय ७७ वटा मानवअधिकार हनन्का घटना भएका छन् । राटनगरमा सार्वजनिक गरेको तथ्यांक अनुसार तीन महिनाको अवधिमा सबैभन्दा बढी महिला अधिकार र बालअधिकार हननका घटना...

कोरोना भाइरसबाट गर्भवती नर्सको मृत्यु, बच्चा जीवितै निकालियो

एजेन्सी, बैशाख ४-कोरोना भाइरसको संक्रमणबाट बेलायतमा एक गर्भवती नर्सको मृत्यु भएको छ । तर चिकित्सकहरुले उनको पेटमा रहेको बच्चा शल्यक्रियामार्फत जीवितै निकाल्न सफल भएका छन् । लुटन एन्ड डलस्टेबल युनिभर्सिटी अस्पतालमा २८ वर्षकी नर्स मेरी...

एकीकृत समाजवादीले संसदीय दलको नेता चयन गर्दै

काठमाडौं, १३ भदौ । संसदीय दलको नेता चयन गर्न नवगठित नेकपा (एकीकृत समाजवादी) को बैठक बस्दैछ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको सांसद मेटमणि चौधरीले जानकारी दिए । बैठकले अध्यक्ष...

केही नयाँ कार्यक्रम राखेर सन्तुलित बजेट आयो : अध्यक्ष राजेन्द्र राउत

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले केही नयाँ कार्यक्रम राखेर सन्तुलित तरीकाको आगमी आर्थिक वर्षको लागि बजेट आएको बताएका छन् । मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षका लागि बजेट प्रस्तुत...

आइतबार कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं, १३ असार-नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने पार्टीका उपसभापति विमलेन्द्र निधिले  जानकारी दिए । बैठकमा समसामयिक...

कठोर अनुभवबाट सिकेर अगाडि बढौं:राष्ट्रपति

काठमाडौं, १ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७९ साल आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज...

विराटनगरमा आज एकैदिन ११९ जनामा कोरोना संक्रमण

विराटनगर, २८ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७२ जनामा कोरोना संक्रमण भएको छ । ७३४ जनाको पीसीआर परीक्षण गर्दा २३३ र २८१ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण देखिएको सामाजिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्