प्रधानमन्त्री ओलीको जनसभामा आउने जनता रोक्न नेकपा प्रचण्ड समुहले नेपाल बन्द गरेको खुलासा

 न्यूज विराट
प्रधानमन्त्री ओलीको जनसभामा आउने जनता रोक्न नेकपा प्रचण्ड समुहले  नेपाल बन्द गरेको खुलासा

काठमाडौं, माघ २१-प्रधानमन्त्री केपी शर्मा ओली पक्षको जनसभामा देशभरी देखिएको शक्तिबाट अत्तालिएको प्रचण्ड–नेपाल समुहले जनताको उपस्थिति रोक्न नेपाल बन्दको आव्हान गरेको छ । ओलीको आमसभामा बाक्लो उपस्थिति हुने पूर्वानुमान पाएको सो समुहले बन्दको आव्हान गरेको हो ।

२३ गते हुने शक्ति प्रदर्शनको तयारीस्वरूप राजधानीमा आज युवा संघ र अनेरास्ववियूले संयुक्त रूपमा गरेको मोटरसाइकल र्‍यालीले ठुलो सहभागीता हुने स्वरुप देखिसकेको छ । सो समुहका एक नेताले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीको आमसभामा ठुलो उपस्थित हुने देखेपछि त्यसलाई रोक्न एक्कासी बन्दको आव्हान गरिएको जानकारी दिनुभयो ।

आफ्नो पक्षको आन्दोलनमा सहभागीता नभएपछि पटक पटक कांग्रेस र जसपालाई गुहारिरहेको सो समुहले अब बन्द कै आव्हान गरेको हो । शुक्रबार हुने जनसभामा ठुलो संख्यामा विहिवार उपत्यका बाहिरबाट आउनेको योजना रहेको थियो । बागमति प्रदेशको सभा भएकाले उपत्यका बाहिरका जिल्लाका मानिसहरु काठमाडौं आउने क्रम जारी रहेको छ । जनसभामा दुई लाख बढि उपस्थिति गराउने ओली पक्षीय नेकपाको योजना रहेको छ ।

सम्बन्धित समाचार

नगर स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि मदरल्याण्डलाई

विराटनगर । विराटनगर महानगरपालिका स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि विराटनगरस्थित मदरल्याण्ड एकाडेमीले जितेको छ ।प्याब्सन विराटनगरले आयोजना गरेको नगर स्तरीय अंग्रेजी हिज्जे प्रतियोगितामा ३१ विद्यालयहरुलाई पछि पार्दै मदरल्याण्ड एकाडेमीले उपाधि जितेको हो । प्रतियोगिताको द्धितीय...

अनलाइनको गुणस्तर मापनका लागि छलफल आवश्यक

काठमाडौं, २९ असार-अर्थ/सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले अनलाईन सञ्चारमाध्यमको गुणस्तर मापनका लागि छलफल आवश्यक रहेको बताएका छन् ।  अहिले प्रतिदिन एकवटा अनलाइन दर्ता हुने गरेको तथ्याङ्कले गुणस्तरभन्दा संख्या मात्रै वृद्धि हुने भन्दै खतिवडाले यो...

१८ वैशाखसम्म सबै सीमा नाका बन्द रहने

सरकारले १८ बैशाखसम्म नेपालका सबै सीमा नाका बन्द गर्ने निर्णय लिएको छ । बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख १८ गतेसम्म उत्तर दक्षिणका सबै सीमा बन्दलाई निरन्तरता दिने निर्णय गरेको हो । १० चैत २०७६...

विराटनगरमा साहित्य संगोष्ठिः नेपाली साहित्यलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउनुपर्नेमा जोड

विराटनगर, ११ वैशाख । विश्व साहित्यमा नेपाली सहभागिताको अनुभव संगोष्ठी आज विराटनगरमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज प्रदेश–१ ले एलिट क्लबको सभाहलमा आयोजना गरेको कार्यक्रममा अनुभव संगोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा...

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

काठमाडौं, १३ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको स्थायी कमिटी बैठक पनि स्थगित भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको...

ताप्लेजुङको सामुदायिक वनमा आइतबारदेखि लागेको डढेलो नियन्त्रणमा आएन

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ स्थित कात्तिके सातपाखा सामुदायिक वनमा आइतबारदेखि लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । क्रमशः आगो फैलिँदै गएपछि मानव बस्तीहरू जोखिममा परेको उक्त सामुदायिक वनका अध्यक्ष श्रीप्रसाद घिमिरेले जानकारी दिए । 'अचानक आइतबारदेखि...

सभामुखलाई राजीनामा गराउनु अमर्यादित खेल : एमाले नेता कार्की

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सभामुखलाई राजीनामा गराएर सत्तामा जान खोजेर काँग्रेसले अमर्यादित खेल खेलेको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै कार्कीले यस्तो बताएका हुन्...

रूसले सुरु गर्‍यो कोरोनाविरुद्ध खोप अभियान

एजेन्सी, २० मंसिर-रूसले राजधानी मस्कोका क्लिनिकमार्फत कोरोना भाइरसको उच्च जोखिममा रहेका मानिसलाई कोभिड-१९ विरुद्ध खोप सेवा उपलब्ध गराउन थालेको छ । कोभिड–१९ विरुद्धको अभियान भनिएको सेवाका लागि गत अगस्ट महिनामा रूसले मान्यता दिएको स्वदेशमै निर्मित...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्