ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङ धरौटीमा रिहा

 न्यूज विराट
ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङ धरौटीमा रिहा

काठमाडौ, २१ माघ-ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ धरौटीमा रिहा भएका छन् ।  बुधबार न्यायाधीशद्वय प्रेमराज कार्की र अब्दुल अजिज मुललमानको संयुक्त इजलासले गुरुङसँग दुई करोड धरौटीमा छाड्ने आदेश दिएको हो ।

आदेश लगत्तै भाटभटेनीका सञ्चालक गुरुङ दुई करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएको अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए ।

बालुवाटारस्थित ११३ रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न भएको अभियोगमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

उनीविरुद्ध अख्तियारले जग्गा धनीका रूपमा ११ करोड र सरकारी जग्गा कमिसनका रूपमा बकस लिएको भन्दै ३९ करोड बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो ।

अख्तियारका अनुसार गुरुङले बालुवाटारस्थित ललिता निवासभित्र रहेको जग्गा ८ जनालाई बिक्री गरेका थिए । गुरुङसँगै उनको छोरा कल्याण गुरुङ‚ छोरी तथा सहोदर भाइ र बुहारीसमेतको जग्गा प्रकरणमा मुछिएका थिए ।

सम्बन्धित समाचार

मानवसेवा आश्रममा स्वास्थ्य सामाग्री वितरण

विराटनगर । विराटनगर १० स्थित मानव सेवा आश्रममा नेपाल औषधी व्यवसायी संघ मोरङले स्वास्थ्य सामाग्री वितरण गरेको छ । नेपाल औषधी व्यवसायी संघका संस्थापक सदस्य तत्कालनी मेचि, कोशि, सगरमाथा अञ्चलको संस्थापक अध्यक्ष लक्ष्मीनाथ उप्रेतीको २९...

मिल्स गोल्डकपको उपाधिको लागि सिरहा र झापा भिड्दै

विराटनगर । तेस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि आज शनिबार दिउँसो साविक विजेता सिरहा गोलबजारको प्रतिभा फुटबल क्लब र झापाको ध्रुवतारा युवा क्लबसँग प्रतिस्पर्धा गर्दै छन् । तेस्रो संस्करणको उपाधि जित्ने दाउसहित सिरहा...

लकडाउन चौथो दिन पनि जनकपुरधामको बजार पूर्णरूपमा बन्द

लकडाउन चौथो दिन पनि जनकपुरधामको बजार पूर्णरूपमा बन्द रह्यो । हरेका चोकमा सुरक्षाकर्मीले कडा सुरक्षा दिइरहेका देखिन्थे । सुरक्षाकर्मीले लकडाउनको अवज्ञा गर्दै हिँड्नेलाई पक्राउ गरेका थिए । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई फैलिन...

प्रदेश १ मा २५ जेठदेखि ७० हजारलाई भेरोसेल खोप लगाइने, भोलिसम्म सवै जिल्लामा खोप पुग्ने

विराटनगर, २३ जेठ । प्रदेश १ मा ७० हजारलाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाईने भएको छ । जेठ २५ गतेदेखि १४ वटै जिल्लामा खोप लगाईने भएको हो । ६० देखि ६४ वर्ष उमेर समूहका...

बुढानीलकण्ठ स्कुलमा चित्रकला तथा हस्तकला प्रर्दशनी

विराटनगर । बिराटनगर – २ स्थित बुढानीलकण्ठ स्कुलमा चित्रकला तथा हस्तकला प्रदर्शनी आयोजना गरिएको छ । शैक्षिक सत्र २०७९ को बार्षिक परीक्षाफल वितरणको अवसर पारेर सोमबार स्कुल परिसरमा चित्रकला तथा हस्तकला प्रर्दशनी गरिएको हो ।...

आज विराटनगरमा एकैदिन ३८६ जना कोरोना संक्रमित थपिए

विराटनगर, ४ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ७१ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ५५७ जनाको पीसीआर परीक्षण गर्दा ९२१ र ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा १५० जनामा...

शनिबारदेखि मनसुन केही कमजोर हुने

काठमाडौं, ११ भदौ । विगत केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने भएको छ । न्यून चापीय रेखा आज रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो...

‘२ वर्षको अवधिमा सरकारका उत्साहवर्धक उपलब्धि’

काठमाडौं, २ जेठ-राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले २ वर्षको अवधिमा उत्साहावर्धक उपलब्धि हासिल गरेको दाबी गरेकी छन् । 'सरकार २ वर्षको छोटो अवधिकामा उत्सहावर्दध उपलब्धि हाँसिल गर्न सफल भएको छ' उनले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्