तयार भयो देशकै सबैभन्दा ठूलो सबस्टेशन, सोमबार प्रधानमन्त्रीले उद्घाटन गर्ने

 न्यूज विराट
तयार भयो देशकै सबैभन्दा ठूलो सबस्टेशन, सोमबार प्रधानमन्त्रीले उद्घाटन गर्ने

देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । यही माघ १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सो सबस्टेशनको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलगायतको सहभागिता रहने कार्यक्रम तय भएको छ ।

हाल ढल्केबरमा १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडान भएको छ । यस्तै कूल ४००/२२० केभी क्षमताको सबस्टेशनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब ९०० मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्दछन् । सबस्टेशन जिआइएस प्रविधियुक्त स्वचालित सबस्टेशनसमेत हो ।

सो सबस्टेशन हाल सञ्चालनमा रहेका नेपालका सबस्टेशनमध्ये सबैभन्दा ठूलो हो । सबस्टेशनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरेर सबै परीक्षण सम्पन्न गरिसकिएको छ । प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार सो सबस्टेशन नेपालको उपलब्ध संरचनामध्येको सबैभन्दा ठूलो हो ।

कामु कार्यकारी निर्देशक शाक्यले प्राधिकरणको इतिहासमा सबैभन्दा ठूलो सफलता प्राप्त भएको बताए । मुलुकभित्र नै पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि ढल्कबेर सबस्टेशन ठूलो हब बनेको छ । सबस्टेशन चार्ज भएपछि नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात निर्यातका लागि पूर्वाधार तयार भएको छ । साथै ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहजरूपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने छ ।

 ‘कूल ३१५ एमभीएको ट्रान्सफर्मर चार्ज भएसँगै अब जाडोमा भारतबाट थप करिब १०० मेगावाट विद्युत् आयात गरी देशभित्रको विद्युत् माग धान्न आपूर्ति गर्न सकिन्छ । यस्तै ४५६ मेगावाटको माथिल्लो तामाकोशी आएपछि आन्तरिकरूपमा खपत हुन नसकेको विद्युत् निर्यात गर्न पूर्वाधार तयार भएको छ’, कामु कार्यकारी निर्देशक शाक्यले भने ।

प्राधिकरण प्रसारण निर्देशनालयका अनुसार ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत भारतीय पक्षसँग भएको सम्झौताअनुसार थप बिजुलीसमेत आयात गर्न सकिन्छ । यस्तै ढल्केबर मुजफ्फपुर ४०० केभी प्रसारण लाइनबाट थप १०० मेगावाट बिजुली दिन भारत सहमत भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नेपाल–भारत संयुक्त प्राविधिक टोलीबीच सम्पन्न नवौँ बैठकले थप १०० मेगावाट बिजुली नेपाललाई दिनेसम्बन्धी निर्णय गरेको छ । सो निर्णयपछि उक्त अन्तरदेशीय प्रसारण लाइनबाट नेपालले ४०० मेगावाट बिजुली ल्याउन सकिन्छ ।

हालको सुक्खायाममा बिजुलीको माग अत्यधिक बढेपछि व्यवस्थापनका लागि थप बिजुली आयात गर्न लागिएको हो ।  प्राधिकरणका अनुसार हाल प्राधिकरणका आयोजनाबाट कूल छ हजार ३६९ मेगावाट घण्टा बिजुली उत्पादन भइरहेको छ । यस्तै निजी ऊर्जा उद्यमीका आयोजनाबाट पाँच हजार ३७५ मेगावाट घण्टा बिजुली उत्पादन भइरहेको छ । यस्तै भारतबाट आयात  भइरहेको बिजुली १४  हजार ४५८ मेगावाट घण्टा रहेको छ । यस्तै कूल माग भने २६ हजार २०२ घण्टा रहेको छ । मेगावाटमा हिसाब गर्दा कूल माग  एक हजार ४६४ मेगावाट रहेको छ ।

प्राधिकरण र भारतीय कम्पनी एनटिपिसी विद्युत् निगम लिमिटेड (एनभीभीएन) बीच ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत जुलाइ–नोभेम्बरमा २५० मेगावाटसम्म, डिसेम्बर–अप्रिलमा ३५० मेगावाटसम्म र मे–जुनमा २०० मेगावाटसम्म विद्युत् खरिद बिक्री (पिपिए) सम्झौता भएको छ । पिपिएको म्याद ३० जुन २०२१ सम्म रहेको छ ।

ढल्केबर–मुजफ्फपुर प्रसारण लाइन ४०० केभीमा चार्ज भइसकेको छ । नेपालभित्र विद्युत् प्रवाहका लागि ४०० केभी र २२० केभीको संरचना तयार भइनसकेकाले ४०० केभी प्रसारण लाइनबाट भारतबाट आएको विद्युत्लाई १३२ मा कन्भर्ट गरी प्रवाह भइरहेको छ ।

हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माणाधीन छ भने खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइन १३२ केभीमा मात्रै सञ्चालनमा छ । खिम्ती–ढल्केबरलाई २२० केभी डबल सर्किटमा छिट्टै चार्ज गर्ने गरी काम भइरहेको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् यही प्रसारण लाइनमार्फत ढल्केबर पुर्‍याइने छ ।

आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहजरूपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने छ । कूल २२० केभी प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेशनमा आएको माथिल्लो तामाकोशीको विद्युत्लाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन सकिन्छ । वर्षायाममा बढी भएको खण्डमा ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतमा सिधै निर्यात गर्न सकिन्छ । दुई मुलुकबीच इनर्जी बैकिङ गर्नसमेत बाटो खुल्ने छ । दुई मुलुकबीच इनर्जी बैकिङ गर्ने सैद्धान्तिक सहमति भइसकेको छ । रासस

सम्बन्धित समाचार

कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध

सुर्खेत, १० असार-कर्णाली प्रदेशसभाको छैठौँ अधिवेशनको २१ औँ बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस अवरोध गरेपछि स्थगित भएको छ । बैठक प्रारम्भ प्रदेशसभा सभामुख राजबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रालयले ल्याएको बजेटमाथिको छलफल गर्न आह्वान...

विराटनगरको लेखनाथ वाचनालयद्वारा विभिन्न व्यक्तिहरुलाई सम्मान

विराटनगर, ३० चैत । विराटनगर–१२ स्थित लेखनाथ वाचनालयले युवा साहित्यकार एवं पत्रकार मीनकुमार नवोदितसहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । वाचनालयले १७ औं वार्षिकोत्सवको अवसरमा साहित्य क्षेत्रमा योगदान पु¥याएबापत नवोदितलाई सम्मान गरेको...

बोको हरामद्धारा १८ सर्वसाधारणको हत्या

काठमाडौं, १९ साउन -क्यामरुनको सुदुर उत्तरी क्षेत्रमा बोको हराम नामक सशस्त्र विद्रोही समूहले गरेको आक्रमणका क्रममा कम्तीमा पनि १८ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ ।  सो आक्रमणमा परी लिदु साहेल भन्ने क्षेत्रमा ती नागरिकको...

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

विराटनगर, ३१ वैशाख-झापाको दमक नगरपालिका– ५, हरिओम कोलिनीको भित्री सडकखण्डमा टिपरको ठक्करबाट  १ साइकलयात्रीको मृत्यु भएको छ । बुधबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ५५२४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर...

मोरङको कानेपोखरीमा एमालेको अग्रता

विराटनगर, ३१ वैशाख । मोरङको कानेपोखरी गाउँपालिकामा नेकपा (एमाले) ले अग्रता कायम गरेको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेले फराकिलो मत अन्तरले अग्रता कायम गरेको हो । कानेपोखरी गाउँपालिकाको अध्यक्षमा एमालेकी राजमती...

स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि विराटनगरमा स्वाब संकलन रोकियो

विराटनगर, ३२ साउन|प्रदेश १ को राजधानी विराटनगरमा शंकास्पद व्यक्तिहरुको कोरोना परिक्षणका लागि स्वाव संकलन कार्य रोकिएको छ । समुदायमै कोरोना संक्रमण फैलिएको विराटनगर महानगरपालिकामा शंकास्पद व्यक्तिहरुको पिसिआर परीक्षण गर्न स्वाब संकलन गर्ने काम नै अबरुद्ध...

प्रदेश १ मा जिल्ला अस्पताललाई आसोलेसनसहित १ सय शय्याको बनाइने  

विराटनगर, २३ जेठ-प्रदेश १ का जिल्ला अस्पताललाई आइसोलेन वार्डसहित १ सय शय्या क्षमतामा स्तरोन्नति गरिने भएको छ । आवश्यक पूर्वाधार भएका जिल्ला अस्पतालमा कम्तिमा ४ वटा भेन्टिलेटरसहित आवश्यक चिकित्सकको व्यवस्था मिलाइने भएको हो । आगामी...

स्थिर सरकार बिना मुलुकको आर्थिक विकास असम्भव : कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थिर सरकार बिना मुलुकको आर्थिक विकासले फड्को नमार्ने बताएका छन् ।मोरङका बूढीगंगा गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभाका सांसदसमेत रहेका नेता कोइरालाले स्थिर सरकार र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्