संसद पुनर्स्थापनाका लागि कांग्रेसले झण्डा उठाओस :योगेश भट्टराई

 न्यूज विराट
संसद पुनर्स्थापनाका लागि कांग्रेसले झण्डा उठाओस :योगेश भट्टराई

विराटनगर, १६ माघ । नेकपा प्रचण्ड-माधव नेपाल समूहका नेता योगेश भट्टराईले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसले किन झण्डा उठाउन सक्दैन भनेर प्रश्न गरेका छन् । शुक्रबार विराटनगरमा आयोजित विरोधसभा बोल्दै नेता भट्टराईले प्रधानमन्त्री केपी शर्मा ‌ओलीले असंवैधानिक तरिकाले संसद विघटन गर्दा पनि कांग्रेस विरोधमा नउत्रिएको भन्दै प्रश्न उठाएका हुन् ।

उनले अहिले संविधान मान्ने र नमान्नेबीच र लोकतान्त्रिक र तानाशाहीबीच लडाइँ भइरहेको बताए । ‘यो लडाइँ संविधान मान्ने र नमान्ने बीचको लडाइँ हो, हाम्रो लडाइँ लोकतान्त्रिक र तानाशाहीबीचको लडाइँ हो’ उनले भने ।

प्रधानमन्त्री ओली संसद विघटन गरेर मुलुकमा द्वन्द्व मच्चाउनेतिर लम्किएको उनले बताए । अदालत र निर्वाचन आयोगमा गरिएको ‘सेटिङ फिटिङ’लाई चल्न नदिने भन्दै उनले प्रधानमन्त्रीलाई घुँडा टेकाएरै छाड्ने बताए ।

सम्बन्धित समाचार

सरकारविरुद्ध प्रदर्शन गर्ने ८ जना प्रहरी नियन्त्रणमा

काठमाडौं, २७ जेठ-प्रधानमन्त्री निवास क्षेत्र बालुवाटारमा सरकारविरुद्ध प्रदर्शन भएको छ । एमसीसी, कोरोना संक्रमितको उचित उपचार, विदेशमा अलपत्र परेकालाई नेपाल फर्काइ व्यवस्थापनलगायतका माग युवाले गर्दै प्रदर्शन भएको हुन् । उनीहरूले अमेरिकी सहयोग नियोग एमसीसी राष्ट्रका...

कोरोना भाइरसबाट गर्भवती नर्सको मृत्यु, बच्चा जीवितै निकालियो

एजेन्सी, बैशाख ४-कोरोना भाइरसको संक्रमणबाट बेलायतमा एक गर्भवती नर्सको मृत्यु भएको छ । तर चिकित्सकहरुले उनको पेटमा रहेको बच्चा शल्यक्रियामार्फत जीवितै निकाल्न सफल भएका छन् । लुटन एन्ड डलस्टेबल युनिभर्सिटी अस्पतालमा २८ वर्षकी नर्स मेरी...

मिल्स नकआउट फुटबल सुरु, उद्घाटनमा मोर्डन एराको विजय सुरुवात

विराटनगर । मिल्स फार्क नकआउट फुटबल प्रतियोगितामा सुरु भएको छ । विराटनगर जुटमिल खेलमैदानमा सोमबारदेखि सुरु भएको प्रतियोगितामा विराटनगरस्थित मोर्डन एरा स्कुल विजय भएको छ । उद्घाटन खेलमा मोरङको बुढीगंगा गाउँपालिकास्थित जेभियर स्कुललाई टाईब्रेकरमा ५–४...

नेकपा विवाद अर्को नाटकीय मोडमा 

काठमाडौं, २ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि चर्किएको विवाद...

थप १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित १ हजार २ सय १२

काठमाडौं, १६ जेठ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार नेपालमा थप १ जना ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज १ सय...

लागूऔषध पनि कोरोना जस्तै फैलिरहेको छ : गृहमन्त्री थापा

काठमाडौं, २३ असार-गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपालमा लागूऔषध पनि कोरोना जस्तै फैलिरहेको बताएका छन् । मंगलबार नेपालमा लागूऔषध प्रयोगकर्ता सर्वेक्षण-२०७६ को प्रतिवेदन सार्वजनिक गर्दै गृहमन्त्री थापाले यस्तो बताएका हुन् । उनले अहिले लागूऔषधको मारमा सबैभन्दा...

मापसे चेक गर्दा गाँजा बरामद, लखेटेर विराटनगरबाट एक जना पक्राउ

विराटनगर । मादक पदार्थ सेवन (मापसे) चेकजाँच गर्न गएको ट्राफिक प्रहरीले विराटनगरबाट १९ केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट खटिएको ट्राफिक प्रहरीले बिहीबार राती विराटनगरको शनिमन्दिर चोकबाट गाँजासहित धनकुटा...

मुख्यमन्त्री राईसँग मन्त्रीहरूको कार्यसम्पाद सम्झौता

विराटनगर,  १६ असोज-प्रदेश १ का मुख्यमन्त्रीसँग मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गरेका छन् । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री शेरधन राईसँग प्रदेशका मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गरेका हुन् । शुक्रबार आर्थिक मामिला...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्