आज सहिद दिवस

 न्यूज विराट
आज सहिद दिवस

काठमाडौं, १६ माघ-आज माघ १६ अर्थात् सहिद दिवस । सधैँझैँ यस वर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरी प्रजातन्त्रका लागि प्राण आहुती दिने सहिदहरुप्रति सम्मान व्यक्त गर्दै सहिद दिवस मनाइँदैछ ।

सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द तथा गंगालाल श्रेष्ठलाई निरंकुश राणा शासनविरुद्ध क्रान्ति गरेकामा मृत्युदण्ड दिइएको थियो । तीनै वीर सहिदहरुको सम्मानमा सहिद दिवस मनाउन थालिएको हो ।

वि.सं. १९९० साल माघ १० गते शुक्रराज शास्त्रीलाई टेकू दोभानमा, १२ गते धर्मभक्त माथेमालाई सिफलमा, १४ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभा भगवतीमा तत्कालीन राणशासनले मृत्युदण्ड दिएको थियो ।

त्यसैको सम्मानमा नेपालमा प्रत्येक वर्ष माघ १० देखि १६ सम्म सहिद सप्ताह मनाउने गरिएको छ । माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाइँदै आएकामा आज सहिद सप्ताहको अन्तिम दिन पनि हो । नेपालमा प्रत्येक वर्ष सहिद दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ ।

सम्बन्धित समाचार

विराटनगरको शिक्षादीप कलेज सधै अब्बल

विराटनगर । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती प्राध्यापक – शिक्षक नै मुख्य रुपमा कुनै पनि शैक्षिक संस्था सफल हुन चाहिने पूर्व सर्त हुन् । यही व्यवस्थापकीय विज्ञान र कला अनि यसका...

गैरनेपालीलाई नागरिकता सिफारिस गर्ने वडाध्यक्षमाथि छानबिन गर्न माग

भद्रपुर–आर्थिक चलखेल गरी १६ जना गैरनेपालीलाई नेपाली नागरिकता दिएको घटना प्रकरणमा संलग्न भएको आरोप लागेका वडा अध्यक्षमाथि निष्पक्ष छानबिन गर्न नेपाली कांग्रेसले जोडदार माग गरेको छ। जिल्ला प्रशासन कार्यालय झापाले १६ जना गैरनेपालीलाई नागरिता बनाइदिएको...

पैदल घर हिँडेकाको समस्या समाधान गर्न सरकारलाई राजपाको आग्रह

जनकपुरधाम, ३ वैशाख-राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले उपत्यकालगायतका स्थानमा फसेका नागरिकको राहतका विषयमा सरकारले गरेका निर्णय प्रभावकारी बन्न नसकेको बताएको छ । राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले बुधबार एक विज्ञप्ति जारी गर्दै काठमाडौंबाट पैदल...

दिल्ली हिंसामा मृत्यु हुनेको संख्या १३ पुग्यो

एजेन्सी, फागुन १४–भारतको राजधानी नयाँ दिल्लीको उत्तर–पूर्वी क्षेत्रमा केही दिनदेखि जारी हिंसामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । हिंसामा सर्वसाधारणको मृत्यु भएपनि प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले हिंसाग्रस्त क्षेत्रको भ्रमण गरेका छन् ।...

लागुऔषध ब्राउनसुगर सहित छ जना पक्राउ

विराटनगर, १० चैत । उदयपुरबाट लागुऔषध ब्राउनसुगर सहित छ जना पक्राउ परेका छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ नमुना स्थितबाट लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी–५ का २३ बर्षीय...

आज विजयादशमी

काठमाडौं,  १० कात्तिक-हिन्दूहरुको महान पर्व बडादशैंको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको...

विश्वभर ३ लाख २० हजारको मृत्यु

काठमाडौं, ६ जेठ-भारतमा विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख नाघेको छ । २४ घण्टामा ४ हजार ६ सय थपिएसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख नाघेको हो । मंगलबार बिहानसम्म...

प्रदेश १ मा आज दुई सय २५ जनाको परिक्षण गर्दा, २० संक्रमित थपिए

विराटनगर, १६ पुस-पछिल्लो २४ घण्टामा प्रदेश १ मा १७६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार २८६ पुगेको छ । प्रदेश १ मा आज...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्