साल काठमाथिको प्रतिबन्ध आठ महिनापछि खुला

 न्यूज विराट
साल काठमाथिको प्रतिबन्ध आठ महिनापछि खुला

सरकारले सालका काठ, दाउराको कटान, मुछान, बिक्री वितरण र ओसारपसारमा लगाइएको रोकावट आठ महिनापछि खुला गरेको छ । मन्त्रिपरिषद्को यही माघ ११ गतेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आज सार्वजनिक गरेको हो ।

सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ अनुरूप वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएकाबाहेकका सरकारद्वारा व्यवस्थित वन, सामुदायिक वन र साझेदारी वनमा कटान भई घाटगद्दीमा रहेका र वन क्षेत्रमा विभिन्न अवस्थामा रहेका काठ दाउरा प्रक्रिया पूरा गरी सदुपयोग, बिक्री वितरण तथा ओसारपसार खुला गर्ने निर्णय गरेको हो ।

सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधिअनुसार हालसम्म कटान भई घाटगद्दीमा रहेका वा वन क्षेत्रभित्र विभिन्न अवस्थामा रहेका काठ दाउरा घाटगद्दीमा सुरक्षित राखी ग्रेडिङसहितको विवरण डिभिजन वन कार्यालयले प्रदेश वन निर्देशनालय र प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत १५ दिनभित्र वन तथा वातावरण मन्त्रालयसमक्ष पेश गर्ने निर्णयसमेत गरेको छ ।

यसैगरी बैठकले वन ऐन, २०७६ कार्यान्वयनका लागि आवश्यकपर्ने नयाँ वन नियमावली यथाशीघ्र तर्जुमा गरी तदनुरूपको कार्यविधि वा निर्देशिका बनाई लागू गर्ने र वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ खारेज गर्ने निर्णय गरेको सञ्चार मन्त्रालयले जनाएको छ ।

वैज्ञानिक वन व्यवस्थापनका नाममा अनियमित तरिकाले काठ कटान भएको गुनासो बढेपछि सरकारले गत जेठ १५ गते मन्त्रिपरिषद्को निर्णयमार्फत रुख कटान सङ्कलन ढुवानी र ओसारपसारमा तत्काल प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

उक्त निर्णयले काठको उत्पादनमा परेको असरबारे सरोकारवाला सङ्घसंस्थाले त्यसमा पुनःविचार गर्न सरकारलाई अनुरोध गरेका थिए । पछि सरकारले जेठ २८ गते सालबाहेकका अन्य प्रजाति काठको सङ्कलन ढुवानी खुलाउने निर्णय गरे पनि साल काठमाथिको प्रतिबन्ध भने यथावत् थियो ।

तत्कालीन सरकारले काठको उत्पादन बढाई विदेशबाट काठको आयात घटाउन र आत्मनिर्भर बनाउन विसं २०७१ मा वैज्ञानिक वन व्यवस्थापन कार्यविधि नै बनाएर वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम अघि बढाएको थियो । पछिल्लो वनस्रोत सर्वेक्षणअनुसार नेपालको ४४ दशमलव ७४ प्रतिशत भूभाग वनजङ्गलले ढाकेको छ ।

मुलुकमा हाल औशतमा करीब दुई करोड घनफिट काठ उत्पादन भइरहेकामा १५औँ पञ्चवर्षीय योजनाले यो योजना अवधिको अन्तसम्ममा वार्षिक तीन करोड घनफिट काठ उत्पादन गर्ने लक्ष्य लिएको छ । मुलुकमा काठको माग भने वार्षिक तीन करोड घनफिटको हाराहारी रहेको छ । रासस

सम्बन्धित समाचार

प्रदेश १ मा शनिबार १९ संक्रमित थपिए, २५ जना डिस्चार्ज

विराटनगर, १७ साउन-प्रदेश १ मा शनिबार १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश-१ सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा शनिबार झापाको विर्तामोडका १ पुरुष र १ महिला तथा इलामका १७ पुरुषमा कोरोना...

मोरङ प्रहरीमा कार्यरत प्रहरी जवान मृत भेटिए

विराटनगर । विराटनगर महानगरपालिका–१ शान्ति चोकमा डेरा गरेर बस्ने नेपाल प्रहरीका जवान शनिबार राति झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार संखुवासभाको मादी नगरपालिका–१ घर भइ जिल्ला प्रहरी...

तीन ठाउँमा गन्न थालियो कांग्रेस उपसभापतिको मत

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उपसभापति पदको मतगणना सुरु भएको छ । कांग्रेस केन्द्रीय कार्यालयमा उपसभापतिको मतगणना सुरु गरिएको हो । कांग्रेसको निर्वाचन समितिका अनुसार तीन ठाउँमा मत गणना सुरु भएको हो...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा १५० विद्यार्थीलाई स्वीटर वितरण

विराटनगर, २० पुस । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले खार्जीस्थित ज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा (स्वीटर) वितरण गरेको छ । कठ्यांग्रीँदो जाडोबाट बालबालिकाहरु बच्नका लागि एक कार्यक्रमकाबिच क्लबले रोटरीको सिद्धान्त र प्रतीक छापिएको...

मैथिली भाषा संरक्षणका लागि एकजुट हुनुपर्नेमा जोड

विराटनगर, ७ चैत । मैथिली भाषा संरक्षणका लागि थप एकजुटता आवश्यक रहेको विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नवगठित मैथिल संचारकर्मी संघका पदाधिकारीलाई बधाई तथा शुभकामना ज्ञापन गर्न नेपाल पत्रकार महासंघ मोरङ शाखामा...

मिल्स भेट्रान्स गोल्डकप, गछिया र इटहरी भेट्रान्स क्बल विजयी

विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको कोशी प्रदेश स्तरीय मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा गछिया भेट्रान्स क्लब र हाम्रो भेट्रान्स क्बल इटहरी विजयी भएको छ ।विराटनगर जुट मिलको खेल मैदानमा आइतबार भएको पहिला खेलमा घरेलु...

आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

आज प्रदेश १, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर बदली हुनेछ भने केही स्थानमा पानी पर्ने सम्भावना छ । आज राति प्रदेश...

अन्तर स्कुल क्रिकेट प्रतियोगिता, सरस्वती र सत्यनारायण स्कुल सेमिमा

विराटनगर । विराटनगरमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती स्कुल र सत्यनारायण स्कुल विजयी भई सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको पहिलो खेलमा सरस्वती स्कुलले आदर्श स्कुललाई ३९ रनले पराजित गरेको छ । टस जितेर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्