कोरोना नेगेटिभ रिपोर्ट नभए अमेरिका प्रवेश गर्न नपाइने

 न्यूज विराट
कोरोना नेगेटिभ रिपोर्ट नभए अमेरिका प्रवेश गर्न नपाइने

अमेरिका उडान गर्न चाहने यात्रुले कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनु पर्ने भएको छ ।

त्यस्तो रिपोर्ट यात्रा गर्नुभन्दा बढीमा तीन दिन अगाडिको हुनु पर्ने पनि अधिकारीहरूले जानकारी दिएका छन् । यात्रा अनुमति पास (बोर्डिङ पास) लिनु अगाडि नै कोरोनासम्बन्धी रिपोर्ट देखाउनु पर्ने व्यवस्था गरिएको हो ।

यात्रा गर्नुपूर्व कोरोना नेगेटिभ रहेको प्रमाण देखाउनु पर्ने व्यवस्था अमेरिकी वा गैर अमेरिकी सबै नागरिकलाई लागु हुने अधिकारीहरूले जनाएका छन् । अमेरिकी केन्द्रीय रोग नियन्त्रण केन्द्रले जनवरी २६ देखि यस्तो व्यवस्था कार्यान्वयनमा आउने जानकारी दिएको छ ।

‘दुई वर्ष वा त्योभन्दा बढी उमेर भएका सबै यात्रुले अमेरिकी प्रवेश गर्नुअघि कोरोना भाइरसबाट सङ्क्रमित नभएको वा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भइसकेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था गरिएको छ,’ राज्य विभागद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

यस्तो प्रमाण पेश गर्न नसक्नेहरूलाई बोर्डिङ पासको व्यवस्था गर्न सकिने उनीहरूले स्पष्ट पारेका छन् । ‘यदि तपाईंले अन्तर्राष्ट्रिय उडानको योजना बनाउनु भएको छ भने तपाईंले बढीमा तीन दिन अगाडिको कोरोना नेगेटिभ भएको प्रमाण पेश गर्नु पर्दछ,’ वक्तव्यमा उल्लेख छ ।

सम्बन्धित समाचार

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । एक कार्यक्रमकाबिच क्लबले श्री माध्यमिक विद्यालय कञ्चनबारीमा अध्ययनरत विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको हो । विराटनगर ८ का वडाध्यव उद्धव अर्यालको उपस्थितीमा...

विराटनगरमा थप ११ जनामा कोरोना पुष्टि

विराटनगर, साउन २१–प्रदेश १ को राजधानी रहेको विराटनगर महानगरपालिकामा बुधबार थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । महानगरपालिकाको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै महानगरपालिकामा...

प्रेस चौतारीको अध्यक्षमा गणेश बस्नेत दोहोरिए, केन्द्रीय कमिटी १९९ सदस्यीय

नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा दोस्रो कार्यकालका लागि गणेश बस्नेत चयन भएका छन् । पोखरामा भएको संगठनको नवौँ महाधिवेशनबाट बस्नेतको अध्यक्षतामा १९९ सदस्यीय केन्द्रीय कमिटी गठन भएको हो । प्रेस चौतारीले १७...

बुद्धोदय सहकारीको नाफा ५९ लाख ५२ हजार

विराटनगर । विराटनगर – ३ स्थित बुद्धोदय बचत तथा ऋण सहकारी सस्था लि. ले ५९ लाख भन्दा बढी नाफा कमाएको छ । सहकारीको स्थापना दिवस तथा १६ औं वार्षिक साधरण सभामा प्रतिवेदन पेश गर्दै आर्थिक...

कास्कीमा एक्लै चुनाव लड्ने कांग्रेसको निर्णय

पोखरा । महानगरपालिकाका वडाहरूमा भागबण्डा नमिलेको र अन्य चार गाउँपालिकामा पनि कुरा नमिलेपछि कास्की कांग्रेसले केन्द्रबाट तालमेल भएको मेयर पदबाहेक पोखराका वडामा एक्लै चुनाव लड्ने निर्णय गरेको छ । दिनभर भागबण्डाका लागि छलफल भए पनि...

सिलवालको नियुक्तिमा कारण देखाऊ आदेश

काठमाडौं, १३ साउन-सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव भएका रमेशकुमार सिलवालको नियुक्तिमा कारण देखाउ आदेश जारी गरेको छ । सिलवाललाई नियुक्ति गर्ने मन्त्रिपरिषदको निर्णय बदर गर्न माग गरी दायर रिटमा सर्वोच्चले कारण देखाउ आदेश...

‘प्रहरी सँग विद्यार्थी’ कार्यक्रम (फोटो फिचर)

विराटनगर । इलाका प्रहरी कार्यालय रंगेलीले ‘प्रहरी सँग विद्यार्थी’ कार्यक्रम आयोजना गरेको छ । समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत प्रहरी कार्यालयबाट प्रवाह हुने सेवामा सर्वसुलभ पहुँच, प्रहरी र नागरीक बिच सुमधुर सम्बन्धको विकास गर्ने उद्देश्यले प्रहरी...

प्रधानमन्त्री देउवा वैशाखमै स्थानीय निर्वाचन गर्न सकरात्मक

काठमाडौं, माघ १५ । सत्तारुढ गठबन्धन समन्वय समितिका संयोजक एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राज्यका सबै संयन्त्र असफल बनाउन प्रयत्न भइरहेको बताउनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारुढ ५ दलीय गठबन्धनको शीर्ष बैठकमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्