नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एनसीसी बैंकलाई स्पष्टीकरण सोधेको छ । नेप्सेले आइतबार शेयरमूल्यमा असर पार्ने किसिमका गतिविधि गरेको आशंका गर्दै स्पष्टीकर माग गरेको हो ।
नेप्सेले सूचना जारी गर्दै शेयर मूल्यमा प्रभाव पार्ने कुनै पनि किसिमको निणर्य भएको भए तीन दिनभित्र जानकारी दिन बैंकलाई निर्देशन दिएको हो ।
यसअघि बैंकले गत ९ माघमा साधारणसभा गर्दा मर्जरमा जाने कुराबाहिर ल्याएसँगै बैंकको आइतबार नै शेयरमूल्य १० प्रतिशत अर्थात् ३३ रुपैयाँले बढेको छ भने डिमाण्ड पनि बढेको छ ।
आफूभन्दा बलियो संस्था भन्दै नबिल बैंक र प्रभू बैंकसँगको अनौपचारिक छलफलको कुरा बाहिर आएपछि त्यसबारेमा जानकारी माग्दै नेप्सेले बैंकलाई पत्र काटेको हो ।