स्याङ्जाका युवा साहित्यकार समीरलाई सुदीश निरौला पुरस्कार प्रदान

 न्यूज विराट
स्याङ्जाका युवा साहित्यकार समीरलाई सुदीश निरौला पुरस्कार प्रदान

विराटनगर, १० माघ । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले हरेक वर्ष समर्र्पण गर्दै आएको ‘सुदीश निरौला स्मृति साहित्य पुरस्कार’ स्याङ्जाका युवा साहित्यकार मिलन समीरलाई समर्पण गरिएको छ ।

शनिबार विराटनगरमा आयोजित कार्यक्रममा पूर्वअर्थमन्त्रीसमेत रहेका वरिष्ठ कवि एवं गतिकार एसपी कोइराला, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा. विष्णुविभू घिमिरे, आयोजक संस्थाका अध्यक्षसमेत रहनुभएका प्राज्ञ विवश पोखरेल, प्राज्ञ गंगा सुवेदी, सुदीश निरौलाकी माता टीका निरौलालगायत दोसल्ला ओढाएर नगद १५ हजार रुपैयाँ र सम्मानपत्र समर्पण गरेका थिए ।

पुरस्कृत युवा साहित्यकार समीर विगत दुई दशकदेखि साहित्य सिर्जनामा सक्रिय छन् । बहुमुखी प्रतिभाका धनी सुदीशको सवारी दुर्घटनामा निधन भएपछि आमा टीका र बुवा गोविन्दले प्रतिष्ठानमार्फत वितरण गर्ने गरी पुरस्कार स्थापना गरेका हुन् ।

हरेक वर्ष एकजना सक्रिय युवा साहित्यकारलाई सो पुरस्कार समर्पण गरिने प्रतिष्ठानका सचिव मीनकुमार नवोदितले जानकारी दिए । उनका अनुसार यसअघि सो पुरस्कारबाट युवा साहित्यकार महेश पौड्याल र सोझो गाउँले पुरस्कृत भइसकेका छन् ।

कार्यक्रममा भूषण ढुंगेल, गोकुल अधिकारी, भरत गुरागाईं बर्बरिक, चूडामणि नेपाल ‘अकिञ्चन’, मञ्जुश्री गिरी, उमेश लुइँटेल, हरि कट्टेल, लक्ष्मी श्रेष्ठ, ममता मृदुल, प्रयाग न्यौपाने, सविना श्रेष्ठल, रोमा निरौला, लक्ष्मी आचार्य, कविता केशरी, जमुना पौडेल, लक्ष्मी रायमाझीलगायत दुई दर्जनभन्दा बढी स्रष्टाले आ–आफ्ना मुक्तक वाचन गरेका थिए ।

सम्बन्धित समाचार

अरनिको कलेजद्धारा विद्यार्थी विदाइ

विराटनगर । विराटनगर – १० मा रहेको अरनिको उच्च माविले कक्षा १२ का विद्यार्थीहरुलाइ विधाई गरेको छ । कलेज परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको हो । कलेजमा अध्यनरत करिव ८ सय ५०...

महाधिवेशनपछि पहिलोपटक पत्रकारसँग भेटघाट गर्दै ओली

काठमाडौं, २३ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओली चितवनको सौराहामा भएको १०औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक  पत्रकारसँग भेटघाट गर्दैछन् । अध्यक्ष ओलीले आज दिउँसो साढे १२ बजे पत्रकारसँग अन्तरक्रिया गरन लागेका हुन् । काठमाडौंको तीनकुनेस्थित रोयल बैंक्वेटमा...

यातायात कार्यालयले चालक अनुमतिपत्र वितरण नगर्ने

काठमाडौं, २० साउन-काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन् । सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन् ।  कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सरकारले...

संविधान संशोधनबारे छलफल गर्न कांग्रेस बैठक बस्दै

काठमाठौं, जेठ १७-नेपाली कांग्रेसले संघीय संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल गर्न पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो बस्ने बैठकमा संविधान संशोधन प्रस्तावलगायत समसामयिक विषयमा छलफल...

विराटनगरको अरनीको स्कुल देशभरीमै टप ट्वान्टीमा पर्न सफल

विराटनगर । विराटनगरस्थित अरनिको आवासीय सेकेण्डरी स्कुल देशभरीको टप ट्वान्टी भित्र पर्न सफल भएको छ । जुकेशन समाचारले गरेको सर्वेक्षण अनुसार अरनिको स्कुल देशभरीको ‘टप थटीन’ भित्र पर्न सफल भएको हो । एजुकेशन समाचारले हालै...

काँकडभिट्टा नाकामा खटिएका २० सशस्त्र प्रहरीमा कोरोना संकमण

झापा, ९ साउन-पूर्वी नाका काँकडभिट्टास्थित सशस्त्र प्रहरीको राजश्व तथा भन्सार गस्ती गुल्ममा कार्यरत २० जना पुरुषमा कोभिड–१९ सङ्क्रमण भएको छ ।स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंका अनुसार गुल्मका १८ जनामा आज र २ जनामा...

कोरोना त्रास: प्रदेश १ का ३ स्थानमा क्वारेन्टाइन स्थापना

विराटनगर, चैत ६–कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रदेश नम्बर १ का विभिन्न तीन स्थानमा क्यारेन्टाइन स्थापना गरिएको छ । प्रदेश नम्बर १ मा झापाको कमलगढी, मोरङको टाँडी र उदयपुरको बेलसोतमा नेपाली सेनाले कोरोना संक्रमणको...

गोर्खा अफिसरले भेटाए गल्ती, अक्षय कुमारले मागे माफी

काठमाडौं , १ कात्तिक । गोर्खा फिल्म बनाउने घोषणा गरेका बलिउड अभिनेता अक्षय कुमार पछिल्लो केही दिनयता चर्चामा छन् । उनले हालै गोर्खा फिल्म बनाउने घोषणा गरेका थिए । फिल्म ‘अंतरंगी रे’ र ‘रक्षाबन्धन’पछि अभिनेता अक्षय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्