पार्टी कमिटीहरू तत्काल पुनर्गठन गर्न प्रधानमन्त्री ओलीको निर्देशन

 न्यूज विराट
पार्टी कमिटीहरू तत्काल पुनर्गठन गर्न प्रधानमन्त्री ओलीको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसंगठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन् ।

नेकपा नुवाकोटका काठमाडौंमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले भने,“प्रतिनिधिसभा पुनःस्थापना हुन्छ वा निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्न म आग्रह गर्दछु । हामीले लिएको सही विचार र मुलुकको समृद्धिका लागि म सबैलाई एकताबद्ध भई पार्टीको शुद्धीकरण अभियानमा गतिशील हुन अनुरोध गर्दछु ।”

अध्यक्ष ओलीले पार्टीले ‘जनताको बहुदलीय जनवाद’को मूलभूत विचारको मार्गदर्शनका आधारमा हाल ‘जनताको जनवाद’को विचार लिएको र यसलाई क्रमशः परिमार्जन  गर्न सकिने जनाउँदै पार्टी विभाजन गर्न खोज्नेहरुसँग कुनै विचार नभएको जिकिर गरे ।

कतिपय नेताले युवालाई भड्काउन खोजेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले सरकार र आफूहरु शान्तिपूर्ण गतिविधिका पक्षमा रहेको स्पष्ट गरे । उनले भने, “हामी हिंसामा विश्वास गर्दनौंँ, जनतामा विश्वास गर्छाैँ । विगतमा लडाकुका रकमका नाममा वा निर्वाचनका नाममा गरिएका जस्ता अनियमिततता अब हुँदैन ।”कार्यक्रममा नेकपा नुवाकोटका नेता केशवराज पाण्डेले जिल्लामा यही माघ १९ गते जिल्लास्तरीय कार्यक्रम हुने जानकारी दिए । रासस

सम्बन्धित समाचार

प्रदेश १ काँग्रेसको संसदीय दलको नेतामा उद्धब थापा निर्वाचित

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा उद्धब थापा निर्वाचित भएका छन् । २९ जना मतदाता रहेकोमा थापाले १८ मत ल्याएर संसदीय दलको नेतामा शुक्रबार निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी केदार कार्कीले...

लकडाउन ७ दिन थप्ने उच्चस्तरीय समितिको निर्णय, आज ४ बजेको मन्त्रिपरिषद्ले अनुमोदन गर्दै

‘लकडाउन’को अवधि आगामी ३ वैशाखसम्म लम्बिने भएको छ । आइतबार बसेको कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको बैठकले ‘लकडाउन’ अवधि थप ७ दिनलाई थप्नको लागि सिफारिस गर्ने निर्णय गरेकाे थियाे । सोही निर्णय अनुमोदनसहित अन्य...

भारतीय सीमामा काँडेतार लगाउन सांसदहरूको माग

काठमाडौं, ३१ वैशाख-राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरूले नेपाल–भारत सीमाक्षेत्रमा काँडेतार लगाउनुपर्ने माग गरेका छन् । सीमाक्षेत्रमा रहेका नागरिकहरूलाई भारतीय गतिविधिले आक्रान्त बनाएको उल्लेख गर्दै सांसदहरूले काँडेतार वा पर्खाल लगाउन माग गरेका हुन् । सांसद...

कोभिसिल्ड खोपको दोस्रो डोज २५ साउनदेखि लगाइने

काठमाडौं, २२ साउन । कोभिसिल्ड खोपको दोस्रो डोज २५ साउनदेखि लगाइने भएको छ । भुटानबाट शुक्रबार तीन लाख डोज एस्ट्राजेनेकाको खोप आएपछि कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेकालाई दोस्रो मात्रा लगाउन लागिएको हो । ‘२५ गतेदेखि...

विराटनगरमा कपडाको गोदाममा छापा, तस्करीको दुई गाडी कपडा बरामद

विराटनगर । विराटनगर – ७ महावीर रोडस्थित अनिल साहको गोदाममा छापा हानेर ठुलो परिमाणमा तस्करीको कपडा बरामद गरेको छ । कपडाको व्यापारी साहको गोदाममा शुक्रवार दिउँसो विराटनगर भन्सार कार्यालय र प्रहरीले छापा हानेर ठुलो परिमाणको...

कोशीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि सांसदहरूको सनाखत आज

विराटनगर । नयाँ मुख्यमन्त्री नियुक्तिको लागि कोशी प्रदेशमा आज सांसदहरुको सनाखत हुँदैछ। प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा सदस्यहरुको हस्ताक्षर सनाखत गरेपछि मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका...

वन्यजन्तुको मासु व्यापारमा कडा प्रतिबन्ध लगाऊ: डब्लूएचओ

काठमाडौं, ६ बैशाख-विश्व स्वास्थ्य संठगन (डब्लुएचओ) ले वन्यजन्तुको मासुको व्यापारमा कडा प्रतिबन्ध लगाउन आग्रह गरेको छ । डब्लुएचओका महानिर्देशक डा.टेड्रोस एडहानम गेयब्रेससले सबै देशलाई कोरोना भाइरसको महामारीलाई मध्यनजगर गर्दै वन्यजन्तुको मासुको व्यापारमा प्रतिबन्ध लगाउन आग्रह...

गुटको राजनीति छाडेर संगठन सुदृढिकरणमा लाग्न कांग्रेसलाई विज्ञहरुको सुझाव

विराटनगर, फागुन ३–गुटको राजनीति छाडेर संगठन सुदृढीकरणमा लाग्न नेपाली कांग्रेसका नेताहरुलाई विभिन्न क्षेत्रका विज्ञहरूले सुझाव दिएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङले शनिबार विराटनगरमा आयोजना गरेको दीर्घकालीन रणनीति निर्माण सम्बन्धी अन्तक्र्रियात्मक कार्यशाला गोष्ठीमा सहभागिहरूले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्