उखु किसानले सबै रकम भुक्तानी पाएनन्, आन्दोलनमा जाने चेतावनी

 न्यूज विराट
उखु किसानले सबै रकम भुक्तानी पाएनन्, आन्दोलनमा जाने चेतावनी

काठमाडौं, ५ माघ ।सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानले साढे ४७ करोड भुक्तानी पाएका छन् । उखुको बक्यौता रकम भुक्तानीका विषयमा उखु किसान र सरकारबीच सहमति भएको आज २१ दिन पूरा भएको छ । उखुको बक्यौता रकम माग्दै गत २८ मंसिरदेखि काठमाडौंको माइतीघरमा आन्दोलनरत उखु किसान र सरकारबीच गत १३ पुसमा चारबँदे समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उनीहरूले आइतबार साँझसम्म तीन वटा चिनी उद्योगबाट साढे ४७ करोड भुक्तानी पाएका हुन् ।

सहमतिअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी उद्योगीले उखु किसानलार्ई भुक्तानी गर्नुपर्ने बक्यौता रकम सम्बन्धित उद्योगबाट २१ दिनभित्र उपलब्ध गराउने व्यवस्था मिलाउने भनिएको छ । ६५ करोडभन्दा बढी बक्यौता रकममध्ये आइतबार साँझसम्म तीन वटा चिनी उद्योगले साढे ४७ करोड बक्यौता रकम भुक्तानी गरेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उखुको बक्यौता रकम माग्दै किसानले आन्दोलन नै गरेपछि मन्त्रालयले भुक्तानी नगर्ने मिललाई कारबाही गर्ने बताएको थियो । सम्बद्ध सञ्चालकलाई पक्राउ गर्न प्रहरीमार्फत पक्राउ पूर्जी पनि जारी गर्‍यो । त्यसपछि मात्र भुक्तानी उठेको हो । ४ माघ साँझसम्म करीब साढे ४७ करोड भुक्तानी भएको छ ।

श्रीराम सुगर मिल, अन्नपूर्ण सुगर मिल र लुम्बिनी सुगर मिलले ४७ करोड ४५ लाख बक्यौता रकम भुक्तानी गरेको मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए । उनका अनुसार इन्दिरा सुगर मिलले किसानको बैंक खातामा न्यून रकम जम्मा गरेको देखिएको छ ।  उखु किसान र सरकारबीच सहमति हुनु अगाडि नै सो मिलले ३३ करोड बक्यौता रकम भुक्तानी गरेसकेका थिए । सम्झौता भएको २१ दिनको अवधिमा ती उद्योगले न्यून मात्रामा रकम भुक्तानी गर्ने गरेको उनको भनाइ छ ।

सूचना अधिकारी लामिछानेका अनुसार सबैभन्दा धेरै श्रीराम सुगर मिलले ३१ करोड ८१ लाख बक्यौता रकम भुक्तानी गरिसकेको छ । ३५ करोड बक्यौता रकम रहेको सो मिलले किसानले उखु खरीदको प्रमाण बुझाउन नसक्दा भुक्तानीमा ढिलाइ भएको र खातामा पर्याप्त रकम भएको जानकारी दिएको उनले बताए ।

यसैगरी, अन्नपूर्ण सुगर मिलले ११ करोड ४७ लाख बक्यौता रकम भुक्तानी गरेको छ । उक्त मिलले उखु किसानलाई १७ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी छ । अन्नपूर्ण र इन्दिरा सुगर मिलका सञ्चालक एकैभए तापनि हालसम्म इन्दिराले रकम भुक्तानी गरेको छैन । इन्दिरा सुगर मिलको खातामा एक करोड ५० लाख रकम जम्मा भएको देखिए पनि बक्यौता रहेको चार करोड ७० लाख भुक्तानी नगरेको उनले जानकारी दिए । दुवै मिलले अझै ११ करोड बढी बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ ।

आठ–आठ करोड ४१ लाख बक्यौता रकम रहेको लुम्बिनी सुगर मिलले चार करोड १६ लाख बक्यौता रकम भुक्तानी गरेको छ । उक्त मिलले ५० प्रतिशतको हाराहारीमा रकम भुक्तानी गरेको पाइएको छ । किसान र सरकारबीच सहमति हुँदा श्रीराम सुगर मिलले २६ करोड ११ लाख, अन्नपूर्ण तथा इन्दिराले पाँच करोड २६ लाख र लुम्बिनी सुगर मिलले दुई करोड बक्यौता रकम भुक्तानी गरिसकेका थिए ।

भुक्तानी नभए आन्दोलन

सहमतिअनुसार आज साँझसम्म सबै बक्यौता रकम भुक्तानी नभए आन्दोलन गर्ने उखु किसान बताउँछन् । सरकारसँग सहमति हुनुअघिसम्म फटाफट बक्यौता रकम भुक्तानी गर्न सुरु गरेका चिनी मिल पछिल्लो समय सुस्तरूपमा भुक्तानी गरेको उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले जानकारी दिए ।

‘सहमतिअघिसम्म ३३ करोड बढी रकम भुक्तानी भइसकेको थियो, सरकारसँगको सहमतिअनुसार २१ दिनको अवधिमा १४ करोड मात्र बक्यौता रकम भुक्तानी भएको छ, रकम भुक्तानीमा सरकारसँगै उद्योगीले बेवास्ता गरेँ’, उनले भने, ‘आज साँझसम्म उद्योग मन्त्रालयले दिएको तथ्याङ्कअनुसारको रकम भुक्तानी नभए आन्दोलनका कार्यक्रम घोषणा गर्छौं ।’ ‘अहिले थोरैथोरै भुक्तानी भइरहेको छ’, उनले थपे, ‘सम्झौता अवधिमा सबै रकम पाउन मुस्किल छ ।’ रासस

सम्बन्धित समाचार

आर्मी हुँ भन्दै ठग्ने कारागार चलान

आर्मी हुँ, ब्यारेकमा मेसको काम गर्छु, मेसमा किनेका सामान सस्तो मूल्यमा दिन्छु भन्दै पसलेलाई प्रलोभनमा पारेर ठगी गर्ने ४६ वर्षीय राजकुमार राउतलाई जिल्ला अदालत झापाले कारागार चलान गरेको छ । उनको नाममा मेचीनगर, विर्तामोड, भद्रपुर...

जाे बाइडेन र सी चीनफिङबीच वार्ता हुँदै

पछिल्ला दिनमा बिग्रिँदै गएको चीन र अमेरिकाको सम्बन्ध सुधारका लागि आज दुवै देशका राष्ट्रपतिबीच वार्ता हुँदैछ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच वार्ता हुन लागेको हो । चार महिनापछि दुवै देशका राष्ट्रपतिबीच...

प्रदेश १ मा एकैदिन ८४७ जनामा कोरोना संक्रमण

विराटनगर, ८ साउन । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८४७ जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार १३१ जनाको पीसीआर परीक्षणबाट ४८३ र १ हजार ३५५ जनाको एन्टिजेन परीक्षणबाट ३६४ जनामा कोरोना संक्रमण...

नेकपा बैठकअघि सुरु भयो दौडधूप, महासचिव पुगे खुमलटार

काठमाडौं, २ मंसिर-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकको अघिल्लो दिन नेताहरुको दौडधूप सुरु भएको छ । निर्धारित सचिवालय बैठक अनिश्चित हुने आंकलन गरिरहेकाबेला महासचिव विष्णु पौडेल कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन्...

डनबस्को स्कुललाई प्याब्सन विराट कपको उपाधि

विराटनगर । ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगिताको उपाधि विराटनगरमा रहेको डनबस्को स्कुलले जितेको छ । विराटनगरस्थित सहिद मैदानमा शुक्रवार सम्पन्न फाइनल खेलमा मदरल्याण्ड एकाडेमीलाई १–० गोलले हराउँदै डनबस्को स्कुलले उपाधि जितेको हो । उपाधिसँगै...

लकडाउनमा सक्रिय काठमाडौं महानगर : साढे ६८ हजारलाई राहात, २० हजारलाई नियमित भोजन

काठमाडौं, १५ वैशाख-काठमाडौं माहानगरपालिकाले लकडाउनको अवधिमा आफ्नो सक्रियता बढाएको छ । लकडाउन अवधिमा कतिपय विकास निर्माणका कामदेखि महानगरको सरसफाई र राहात वितरणमा सक्रियता बढाइएको काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्द शाक्यले बताए । महानगरप्रमुख शाक्यले ४५ औँ...

बालुवाटारमा प्रधानमन्त्री र ‘प्रचण्ड’बीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता जारी छ ।प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड शनिबार अपरान्ह ४ बजेतिर पुगेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । भेटमा कोरोना भाइरसपछिको संकटको अवस्था, लकडाउनका...

दुर्गा प्रसाईंले गरे दुबईमा मेडिकल कलेज खोल्ने घोषणा

झापा । मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईँले संयुक्त अरब इमिरेट्स (दुबई)मा मेडिकल कलेज खोल्ने बताएका छन् । झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आइतबार आयोजित एक कार्यक्रममा प्रसाईँले दुबईमा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज र २५...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्