अनलाइनबाट सामान विक्रि गर्ने भन्दै ठगि गर्ने पक्राउ

 न्यूज विराट
अनलाइनबाट सामान विक्रि गर्ने भन्दै ठगि गर्ने पक्राउ

विराटनगर, ४ माघ । ललितपुर प्रहरीले अनलाइनमार्फत विद्युतीय सामान बिक्री गर्ने भनि ठगि गर्नेलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन गरि ठगि गर्ने २ जनालाई आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा पर्सा जिल्ला पकाहामैनपुर घर भएका प्रमोद साह र पर्सा जिल्ला बहुदरमाइ घर भएका मेवालाल साह रहेका छन् । पक्राउ परेका दुबैले फेसबुक र ह्वाट्सएपमा कम्प्युटर, मोबाइल, घडी, ल्यापटप जस्ता सामान बजार मूल्यभन्दा सस्तोमा उपलब्ध गराउने भन्दै बिज्ञापन गर्ने, सम्पर्कमा आएका खरिदकर्तालाई पैसा डिपोजिट गर्न लगाउने तर सामान नदिइ ठगि गर्ने गरेका थिए ।

यसबाट ठगिएका प्रविनप्रसाद साहको जाहेरीमा प्रमोद साहलाई पर्साबाट र मेवालाल साहलाई काठमाडौँबाट पक्राउ गरेको प्रहरीले बताएको छ । पत्रकार सम्मेलनमा प्रहरी परिसर लतिपुरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक किरण बज्राचार्यले पक्राउ परेका व्यक्तिको गिरोहले दर्जन बढी व्यक्तिसँग एक करोड बढी ठगि गरेको अनुसन्धानमा खुलेको बताए।

अनुसन्धान बाँकी नै रहेकोले ठगिएका व्यक्ति अझै बढी हुन सक्ने उनले बताए । ललितपुर प्रहरीले पछिल्लो समय विभिन्न अनलाइनहरुमा फेसबुक लगायतका अन्य नेटवर्कमा फेक एकाउन्ट खोल्ने विभिन्न प्रलोभन देखाउने, बिज्ञापन गर्ने त्यसपछि सम्पर्कमा आएका व्यक्तिलाई ठगि गर्ने गिरोह सक्रिय रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

सम्बन्धित समाचार

ग्रामथानमा सुशासन कायम गर्न अध्यक्षले दुई स्वास्थ्यकर्मीलाई सोधे स्पष्टीकरण

विराटनगर । जनगुनासो आएपछि बनिगामा स्वास्थ्यचौकीको अनुगमनमा गएका मोरङ ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझीले दुई स्वास्थ्यकर्मीलाई स्पष्टीकरण सोधेका छन्।अध्यक्ष माझीले अनुगमनका क्रममा अहेव नगेन्द्र चौधरी बिना जानकारी अनुपस्थित रहेको फेला पारे। साथै, सोही दिन त्यहाँ...

विराटनगरको तीन स्थानमा ‘जेब्रा क्रसिङ्ग’

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगरको तीन ठाउँको सडकमा ‘जेब्रा क्रसिङ्ग’ मा रङ लगाएको छ । विराटनगर – ९ ट्राफिक चोकसहित मुख्य क्षेत्रको सडकहरूमा सोमबार जेब्रा क्रसिङ्गमा रङ लगाएको हो । ट्राफिक चोकसहित...

एम्स हस्पिटलमा सफल उपचार, १० वर्षीय बालकले पाए पुनः जन्म

विराटनगर । निमोनियाले ग्रसित भएका एक जना बालकको विराटनगरस्थित एम्स हस्पिटलमा सफल उपचार भएको छ । वरिष्ठ बाल रोग विशेषज्ञ चिकित्सक डा। राजेश यादवले सप्तरी घर भएका १० वर्षीय बालक सौरव यादव निमोनिया भएपछि सिकिस्त...

५२२५ नमुना परीक्षण गर्दा ४२६ जनामा कोरोना पुष्टि

काठमाडौं, १७ पुस-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ हजार २२५ जनाको पीसीआर परीक्षण गर्दा १५३ महिला र २७३ पुरुषमा...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६२५ जना डिस्चार्ज, २३१ संक्रमित थपिए

विराटनगर, २९ कात्तिक–प्रदेश १ मा शनिबार एकैदिन कोरोना संक्रमण मुक्त भएर छ सय २५ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ६ सय २२ र न्युरो अस्पताल विराटनगरबाट तीन जना डिस्चार्ज भएका हुन । प्रदेश १...

नेपाल संवत्ले आपसी सद्भाव अभिवृद्धि गर्ने राष्ट्रपतिको विश्वास

काठमाडौँ, १९ कात्तिक-राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल संवत् ११४२’ ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । ‘नेपाल संवत् ११४२’...

प्रदेश १ मा दैनिक संक्रमणको नयाँ रेकर्डः आज १०३९ संक्रमित थपिए

विराटनगर, ३० वैशाख । प्रदेश १ मा आज १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४०५, झापामा २५७, सुनसरीमा १४२, ताप्लेजुङमा ७९, संखुवासभामा...

प्रदेश १ मा जिल्ला अस्पताललाई आसोलेसनसहित १ सय शय्याको बनाइने  

विराटनगर, २३ जेठ-प्रदेश १ का जिल्ला अस्पताललाई आइसोलेन वार्डसहित १ सय शय्या क्षमतामा स्तरोन्नति गरिने भएको छ । आवश्यक पूर्वाधार भएका जिल्ला अस्पतालमा कम्तिमा ४ वटा भेन्टिलेटरसहित आवश्यक चिकित्सकको व्यवस्था मिलाइने भएको हो । आगामी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्