अदालतको फैसला अन्तिम हुन्छ : अध्यक्ष तिमिल्सिना

 न्यूज विराट
अदालतको फैसला अन्तिम हुन्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं, ३ माघ-राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् विघटनको विषय अदालतमा निर्भर रहेको भन्दै अदालतले जे फैसला गर्छ त्यही अन्तिम हुने बताएका छन् । अदालतमा विचाराधीन विषयमा अनेक टिकाटिप्पणी आएको भन्दै उनले फैसलापूर्व टिकाटिप्पणी गर्न आवश्यक नरहेको बताए ।

विश्वकै लामो दाबी गरिएको बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने झोलुङ्गे पुलको उद्घाटनपछि बौल्दै तिमिल्सिनाले अदालतले संसद् विघटन सदर गरे चुनावमा र बदर गरे संसद्मा जानुको बिकल्प नरहेको बताए ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पुलले आन्तरिक मात्रै नभएर विदेशी पर्यटक भित्रयाउन सहयोग गर्ने बताए ।

कालिगण्डकी नदी माथि निर्माण गरेको उक्त पुल ५६७ मिटर लामो रहेको छ । अहिलेसम्म सिङ्गल स्पानमा यति लामो झोलुङ्गेपुल विश्वमै नभएको सम्पेन्सन बृज डिभिजन कार्यालय काठमाडौंले जनाएको छ ।

बागलुङ नगरपालिका–१ रामरेखादेखि कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने गरी निर्माण थालिएको झोलुङ्गे पुल वैशाखको सुरुमै निर्माण सम्पन्न भएर सर्वसाधरणलाई खुला गरिए पनि कोरोनाका कारण औपचारिकरूपमा उद्घाटन र हस्तान्तरण गरिएको थिएन ।  सस्पेन्सन ब्रिज डिभिजन कार्यालय, काठमाडौंका अनुसार ठेक्का सम्झौताभन्दा १० महिनाअघि नै पुल निर्माण सकिएको बताइएको छ ।

सम्बन्धित समाचार

विराटनगरमा बस्न नसकेको बुद्ध एयरकाे जहाज त्रिभुवन विमानस्थलमा सफल अवतरण

विराटनगर, ११ असोज । विराटनगरबाट फर्किएको बुद्ध एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण भएको छ । प्राविधिक समस्या आएपछि बुद्ध एयरको जहाज काठमाडौं फर्किएको थियो । बुद्ध एयरको ‘एएनआई एटिआर’ जहाजको ल्याण्डिङ गियरमा समस्या आएपछि...

कोशीमा सबै मिलेर जानुको विकल्प छैन : हिक्मत कार्की

विराटनगर । एमाले कोशी संसदीय दलका नेता हिक्मतकुमार कार्कीले अदालतले गठबन्धनले मिचेको संविधान र कानूनको संरक्षण गरेको बताएका छन् । सर्वोच्च अदालतले उद्धव थापालाई पदमुक्त गर्दै कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त गर्ने परमादेश दिएपछि उनले...

३ दिनसम्म दीपावली गरी गणतन्त्र दिवस मनाउन अनुरोध

काठमाडौं, १४ जेठ-गणतन्त्र दिवसमा ३ दिनसम्म दीपावली मनाउन सरकारले अनुरोध गरेको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै जेठ १४, १५ र १६ गते साँझ दीपावली गरी गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो । १२...

रतुवामाईमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिनै तस्करीमा संलग्न

विराटनगर, फागुन १९–रतुवामाई नगरपालिकाका एक जनप्रतिनिधिनै तस्करीमा संलग्न हुँदै आएको पाइएको छ । नेपाली कांग्रेसबाट रतुवामाई नगरपालिका–१ को वडा सदस्यमा निर्वाचीत मो. सदिर मियाँ तस्करीमा संलग्न हुँदै आएको पाइएको हो । आइतबार अपराहन्न ३ बजे...

ताप्लेजुङमा ट्याक्टर दुर्घटना, घटनास्थलमै ४ जनाको मृत्यु

विराटनगर । ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ तेल्लावुङवाट वडा नम्बर–५ काम्माङमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मंगलबार राती साढे १२ बजे ५६५५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एकैघरका दाजुभाइसहित चार जनाको मृत्यु भएको १...

बलात्कारको झुटो आरोप लगाउने महिलालाई साढे तीन वर्ष कैद

बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ । सोमबार जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने फैसला गरेको...

रुकुम घटना र सीमा विवादमा सांसदका चासो 

काठमाडौं, १९ जेठ-प्रतिनिधिसभाका सांसदहरुले सीमा विवाद समाधान र रुकुम  घटनाको छानबिन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरुले रुकुममा भएको अमानविय घटना र सीमा विवाद समाधानको विषयमा सरकारको ध्यानाकर्षण गराएका...

२४ घण्टामा देशभर १३९ जनामा संक्रमण पुष्टि, ६२६ जनाले जिते कोरोना

काठमाडौं, १२ साउन-पछिल्लो २४ घण्टाको अवधिमा देशभरका १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३९ जनामा कोरोना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्