एकता दिवसलाई राष्ट्रव्यापी बनाउन दवाव दिनुपर्छः लिङदेन

 न्यूज विराट
एकता दिवसलाई राष्ट्रव्यापी बनाउन दवाव दिनुपर्छः लिङदेन

विराटनगर, २७ पुस-राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङदेनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई राष्ट्रव्यापी बनाउनका लागि जनस्तरबाट सरकारलाई व्यापक दबाब दिनुपर्ने आवश्यकता भएको बताएका छन् ।

सोमबार झापाको बिर्तामोडमा आयोजित २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा बोल्दै नेता लिङदेनले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले एकीकरण गरेकैले अहिले ‘नेपाल’ देश बनेको उल्लेख गर्दै सरकारले राष्ट्र एकता दिवस मनाउने विषयमा कन्जुस्याईं गर्न नहुने धारणा राखे ।

पृथ्वीनारायण शाहले एकीकरण नगरिदिएको भए देश पनि नरहने तर्क गर्दै उनले त्यही कारणबाट हालको राष्ट्रपति र प्रधानमन्त्री बन्ने अवस्था सिर्जना भएको जिकिर गरे ।

नेता लिङदेनले कतिपय विरोधीहरूले पृथ्वीनारायण शाहबारेको टिप्पणीको कुनै तुक नरहेको समेत बताए । पछिल्ला राजनीतिक गतिविधिले नेपालको पहिचान हराउन थालेको भन्दै उनले भाषा, राष्ट्रिय झण्डा तथा राष्ट्रिय जनावर परिवर्तन गर्ने प्रयास भए हिन्दुराष्ट्रको पहिचान समाप्त हुने धारणा राखे ।

अन्य देशहरूमा पनि ती देशका निर्माता रहेका र तिनलाई ती देशहरूले सम्मान गर्ने गरेको लिङदेनको भनाइ थियो । तर नेपालमा भने देशको एकीकरण गर्ने राष्ट्र निर्माताको भूमिकालाई अवमूल्यन गर्ने गरेको उनले बताए ।

सम्बन्धित समाचार

उपत्यकाका थप १६ निजी अस्पतालमा कोभिड-१९ क्लिनिक

सरकारले काठमाडौं उपत्यकाका थप १६ वटा निजी अस्पताललाई कोभिड- १९ क्लिनिक सञ्चालन गर्ने गरी सूचीकृत गरेको छ । स्वास्थ्य मन्त्रालयको कोरोना भाइरससँग सम्बन्धित नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. विकास देवकोटाले उपत्यकाका थप १६ वटा अस्पताललाई...

आज २९४२ जनामा कोरोना पुष्टि, डिस्चार्ज हुनेको संख्या ९२ हजार नाघ्यो

काठमाडौं, २ कात्तिक-गत २४ घण्टामा देशभर २ हजार ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न स्थानमा रहेका प्रयोगशालामा परीक्षण गर्दा आज सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कुल...

विराटनगरमा ११ जनासहित प्रदेश १ मा आज ५६ संक्रमित थपिए, संक्रमितको संख्या ३३६७ पुग्यो

विराटनगर, १५ भदौ-प्रदेश १ मा आज ५६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २६, मोरङमा १७, संखुवासभामा ९ र झापामा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ६ महिला...

प्याब्सन् स्पोर्टस् मिट: बास्केटबलमा एभरेष्ट र बिकेभिएम फाइनलमा

विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्टस् मिट अन्र्तगत बास्केटबल प्रतियोगितामा विराटनगरको एभरेष्ट स्कुल र बिकेभिएम स्कुल फाइनलमा पुगेको छ ।एभरेष्ट स्कुलको खेल मैदानमा भएको शनिबार भएको पहिलो सेमिफाइनल खेलमा एभरेष्ट स्कुलले सगरमाथा स्कुललाई ४१–३९...

समुदायमा कोरोना कहरः संक्रमण रोकथामका लागि स्थानीय तहले आवस्यक कदम चाल्न सक्ने

विराटनगर,साउन १६–कोरोना भाईरस संक्रमणको अवस्था विश्लेषण गरि रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले आवस्यक कदम चाल्न सक्ने भएका छन् । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षमा शुक्रबार बसेको बैठकले परिस्थितिको विश्लेषण गरि...

नेपाल खेलकुद महासंघको अध्यक्षमा पर्शुराम बस्नेत निर्वाचित

विराटनगर । नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पर्शुराम बस्नेत (कृष्ण) निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न भएको महाधिवेशनबाट बस्नेत अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । महासंघको पदाधिकारीहरू भने टुंगो लागेको छैन । अध्यक्ष...

सांसदहरुले कोरोना नियन्त्रणमा भूमीका खेल्नुपर्छः अध्यक्ष तिमिल्सना

विराटनगर, १४ मंसिर–राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्निाले सांसदहरुले कोभिड–१९ को न्यूनिकरणका लागि जनतामा सचेतना जागृत गराउन प्रभावकारी भुमिका खेल्नु पर्ने बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश नंं. १ सामाजिक विकास मन्त्रालय र राष्ट्रिय...

देशभर थपिए ४४९९ कोरोना संक्रमित, काठमाडौं उपत्यकामा मात्र २७२० संक्रमित

काठमाडौं ७ कात्तिक-पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४ सय ९९ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमूना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्