नेकपा विभाजन नहुने निर्वाचन आयोगको संकेत

 न्यूज विराट
नेकपा विभाजन नहुने निर्वाचन आयोगको संकेत

काठमाडौं, २५ पुस-नेकपा प्रधानमन्त्री ओली र प्रचण्ड–माधव नेपाल दुवै समुहले आधिकारीक नेकपा आफ्नो भएको दावी गरेपनि कानुनी रुपमा भने विभाजन नहुने संकेत देखिएको छ ।

केन्द्रदेखि वडा तहसम्म विभाजन भई अलग अलग कार्यक्रम तथा गतिविधि गर्दै आएका दुवै सहुलाई बैधानिकता नदिने निर्वाचन आयोगले संकेत गरेको हो । निर्वाचन आयोगले दुवै समुहलाई बैधानिकता नदिने र पुरानै कमिटीले मान्यता पाउने स्पष्ट संकेत संकेत देखिएको छ ।

पार्टीको आधिकारिकता दाबीका लागि निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार ४० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षरसहित प्रस्तुत हुन प्रचण्ड–माधव समूहलाई पुस १७ मै पत्राचार गरेको थियो । तर, सो समूहले आफूसँग बहुमत रहेको भन्दै आयोगमा दाबी प्रस्तुत गरेन ।

साविक केन्द्रीय कमिटीमा अल्पमतमा रहेको केपी ओली समूहले पनि अहिलेसम्म निर्वाचन आयोगमा दफा ४४ अनुसारको दाबी प्रस्तुत गरेन । दुबै समूहले दल विभाजनसम्बन्धी दफा ४४ अनुसार दाबी प्रस्तुत नगरेपछि निर्वाचन आयोगले ऐनको दफा ४४ लाई छाडेर अब राजनीतिक दलसम्बन्धी नियमावलीको नियम २५ लाई समात्तेर काम गर्ने भएको छ ।

अर्थात, ओली पक्ष र प्रचण्ड–माधव पक्षले प्रस्तुत गरेको विवरणमा निर्वाचन आयोग सन्तुष्ट हुन सकेन भने विभाजनपूर्वकै कमिटीलाई मान्यता दिने । र, फुटेको नेकपालाई पुरानै स्थितिमा फर्काइदिने देखिएको हो ।

सम्बन्धित समाचार

नेपाल प्रहरीका २२ एसपीको सरुवा

काठमाडौं, ५ मंसिर । नेपाल प्रहरीले २२ प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको शनिबारको निर्णयानुसार प्रहरी उपरीक्षकको सरुवा गरिएको हो । यसअघि २९ कात्तिकमा पनि आठ एसपीको सरुवा भएको...

बालुवाटारमा ओली, प्रचण्ड र झलनाथ खनालबीच छलफल

काठमाडौं, १८ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी वरिष्ठ नेता झलनाथ खनालबीच छलफल सुरु भएको छ । उनीहरूबीच आज बिहान १०ः१५ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको...

गौतमबुद्ध स्पोर्ट्स मिट सुरु

विराटनगर । विराटनगर – १६ मा रहेको गौतम बुद्ध स्कुलमा गौतम बुद्ध स्पोर्ट्स मिट सुरु भएको छ । स्कुल परिसरमा बिहीबारदेखि दुई दिने स्पोर्ट्स मिट सुरु भएको हो ।स्पोर्ट्स मिट सुरु हुनुभन्दा अगाडी विद्यार्थीहरुले वृहत...

बेलायतबाट आएका ३ जनामा कोरोना र्‍यापिड टेष्ट पाेजेटिभ, पाटन अस्पतालको आइसोलेनसमा उपचार हुँदै

काठमाडौं, १-बैशाख-काठमाडाैंकाे पेप्सिकोलास्थित एनसीटी अपार्टमेन्टमा रहेका ३ जनामा कोरोना भाइसर (कोभिड–१९) आशंका गरिएको छ । अपार्टमेन्टको १५ तल्लामा बस्दै अाएका जनामाथि कोरोनाको आशंका गरिएको र उनीहरुको थप टेस्टको लागि टेक अस्पताल पठाएकाे प्रहरीले जनाएकाे छ...

२४ घन्टामा थप १३० जनामा कोरोना संक्रमण, ७५ जना डिस्चार्ज

काठमाडौं, ११ साउन-नेपालमा आइतबार थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले थप १३० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।  योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या...

मिस्टर एण्ड मिस लिटल कोशीको भव्य तयारी, पहिलो अडिसन जेठ १३ गते हुँदै

विराटनगर । छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिता हुने भएको छ । बालवालिकाहरुलाई सीप र संस्कारसहित नेतृत्व विकास गर्ने उद्देश्यले मिस्टर एण्ड मिस लिटर कोशी छैठौ संस्करणको हुन लागेको हो । जय मिडिया...

नेकपा (एमाले) मोरङको अधिवेशनः कटहरीका सुभाषकुमार सरदार भूगोलबाट सर्वसम्मत निर्वाचित

विराटनगर, २९ पुस । नेकपा (एमाले) मोरङको सम्पन्न ९ औँ जिल्ला अधिवेशनमा भूगोलबाट कटहरीका युवा नेता सुभाषकुमार सरदार सर्वसम्मत निर्वाचित भएका छन् । निर्वाचन समितिले सार्बजनिक गरेको अन्तिम परिणाम अनुसार नेता सरदार कटहरी भूगोलबाट सर्वसम्मत...

संसद बैठक बस्दै, केपी ओलीले सम्बोधन गर्ने

प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । बिहान ११ बजे बस्ने बैठकको सुरुमै ओलीले सरकारले जेठ १० गते प्रस्तुत गरेको आगामी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्