वायु प्रदूषण उच्च भएकाले मर्निङवाकमा ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

 न्यूज विराट
वायु प्रदूषण उच्च भएकाले मर्निङवाकमा ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, २१ पुस-काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मर्निङवाकमा नस्किन सबैलाई आग्रह गरेको छ । मन्त्रालयले सुचना जारी गर्दै अकास्मात आएको वायु प्रदूषण उच्च भएकाले केही समय मर्निङवाकमा निस्कन नहुने, आगो नबाल्ने, गाडी कम चलाउने र एक दुई दिन उद्योग कलकारखाना बन्द गर्नुपर्ने जनाएको हो ।

प्रदुषणका कारण छाती, फोक्सोलगायतका अंगमा असर गर्छ । प्रदूषणका कारण कोभिड संक्रमणमा असर नपरे पनि दुवैले एउटै अंगमा असर गर्ने छ । यसअघि वातावरण विभागले अत्यावश्यक कामबाहेक साँझ र बिहान घरबाहिर ननिस्कन आग्रह गरेको थियो ।

रियल टाइम एयर क्वालिटी इन्डेक्स (एक्यूआई)का अनुसार काठमाडौं उपत्यकाको वायु प्रदूषण जोखिमको तहमा पुगेको छ । एक्यूआईका अनुसार अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा वायू प्रदूर्षण सूचकांक न्यूनतम् ३ सय ५९ छ भने अधिकतम् ४ सय ८ छ । एक्यूआईमा ३ सय १ भन्दा माथिको संख्या देखिनु भनेको उच्च जोखिमको संकेत हो ।

यसअगाडि कात्तिक २०७६ मा एक युरोपेली संस्थाले प्रकाशित गरेको एक रिपार्टमा काठमाडौं संसारका प्रदूषित राजधानीमा काठमाडौं सातौँ स्थानमा थियो । सोमबार काठमाडौंको वायु प्रदूषण विश्वमै नम्बर एकमा पुग्यो । स्वीटजरल्याण्ड मुख्यालय रहेको एक्यूआईले सोमबार ७.४५ बजे काठमाडौंको एक्यूआई ४८७ पुगेको देखाएको छ ।

सम्बन्धित समाचार

लकडाउन मोडालिटीबारे विज्ञसँग प्रधानमन्त्रीले थाले परामर्श

काठमाडौं, २१ जेठ-जिल्ला-जिल्लाबाट व्यवसायीले लकडाउनको अवज्ञा गर्ने चेतावनी दिएसँगै सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरी लागू गर्ने कार्यमा छलफल सुरु गरेको छ । मंगलबार कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वयन समितिको बैठकले निजी क्षेत्रसँग परामर्श गरेको...

विराटनगरको आइसोलेसनमा बसेका १९ जना कोरोना मुक्त भएर घर फर्किए

विराटनगर, ८ भदौ-विराटनगर महानगरले बनाएको आइसोलेशनमा बसेका १९ जनाले कोरोना जितेर घर फर्किएका छन् । विराटनगरको बैझनाथपुर स्वास्थ्य चौकीमा बसेका ४ र मारबाडी सेवा सदनमा बसेका १४ जना कोरोना जितेर घर फर्किएका हुन् । सोमबार...

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

विराटनगर, १५ फागुन । झापा मेचीनगर नगरपालिका -८ का ३० बर्षीय लिप्सु राजबंशीलाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । शुक्रबार दिउसो साढे ३ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा मेचिनगर...

८२ लाख ठगी गरेको आरोपमा सुन्दरहरैँचाबाट ज्वेलर्स सञ्चालक दम्पती पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा ज्वेलर्स सुनचाँदी पसल सञ्चालन गरेर बसेका एक दम्पतीले सर्वसाधारणको झण्डै एक करोड रुपैयाँ गठी गरेको आरोपमा पक्राउ परेका छन् । सर्वसाधारणलाई आफ्नो ज्वेलर्समा बचत गर्न लगाएर ८२ लाख रूपैयाँभन्दा...

नेपालमा फेरि ४ प्रणाली विकसित, अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं, २६ जेठ-सोमबार देशको अधिकांश भूभागमा अपरान्हपछि बदलीसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । स्थानीय वायु र पश्चिमी वायुका साथै भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापीय प्रणालीको प्रभावले बदलीसँगै वर्षाको...

प्रदेश १ का तीन मन्त्रीले दिए राजीनामा

विराटनगर, १२ पुस-प्रदेश १ का थप तीन जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय...

ह्युमनिटी फाउन्डेसन मोरङमा गठन, अध्यक्षमा दिपेन राय

विराटरनगर । लामो समय देखि आर्थिक अवस्था नाजुक रहेको परिवारको हकहितका काम गर्दे सिमानकृत समुदायलाई राजनीति मुलधारमा ल्याउन सक्रिय रहेको ह्युमनिटि फाउन्डेनको नँया जिल्ला कार्यसमिति गठन गरेको छ ।फाउन्डेशनको संस्थापक अध्यक्ष सलिम अन्सारीको प्रमुख आतिथ्यमा...

कोशी अस्पतालमा दुई सिफ्ट ओपीडि संचालन, साढे ३ बजेसम्म चिकित्सक बस्नुपर्ने नियम लागू

विराटनगर । कोशी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा दुई सिफ्टमा बहिरङ्ग (ओपिडी) संचालन सुरु भएको छ ।स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयको परिपत्र आएपछि मंगलबारदेखि कोशी अस्पतालमा दुई सिफ्टमा ओपीडि सेवा संचालनमा ल्याएको हो ।दुई सिफ्टमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्