दाहाल–नेपाल दल फोडुवा हुन्ः उपप्रधानमन्त्री पोखरेल

 न्यूज विराट
दाहाल–नेपाल दल फोडुवा हुन्ः उपप्रधानमन्त्री पोखरेल

जनकपुर, २१ पुस-नेकपाका स्थायी कमिटी सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले दाहाल–नेपाल समूहलाई दल फोडुवा समूह भन्दै दल फोडनेका पक्षमा नलाग्न आग्रह गरेका छन् । उनले उनीहरुको कारणले कम्युनिष्ट आन्दोलन नै बदनाम भएको जिकिर गरे ।

नेकपा ओली समूहले जनकपुरमा आयोजना गरेको धनुषा जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले तत्कालीन एमालेले लचकता देखाएर माओवादीलाई अर्का अध्यक्ष दिई पार्टी एकता गरेको भन्दै माओवादीको अधिकांश नेता एमालेसंगै रहेकाले मुल पार्टी र चुनाव चिन्ह पनि आफुहरुकै रहने दावी गरे ।

पार्टीलाई जोगाउनको लागि नै प्रधानमन्त्री क्रियाशिल रहेको बताउदै पार्टीलाई विभाजन गर्ने कार्य दाहाल र माधव नेपाल समूहले नै गरेको आरोप लगाए । उनले नेपाली इतिहासमा कम्यूनिष्ट आन्दोलनले फड्को मारेको बेलामा करिब ३ वर्ष पार्टी एकता भएको नवित्दै आफ्नै अध्यक्ष विरुद्ध पार्टी भित्रैबाट एकता विरोधी गतिविधि भएको गुनासो गरे ।

कार्यक्रममा बोल्दै शहरी विकास मन्त्री प्रभु साहले संसद विघटन आफै आत्मघाती रहेको बताए । उनले संसद विघटनबाट कोही पनि खुसी नरहेको बताउदै आफनै पार्टी विरुद्ध षडयन्त्र हुन थालेपछि वाध्यतावश संसद विघटन गर्नु परेको जिकिर गरे ।

सम्बन्धित समाचार

मानसिक शान्ति र जिवनशैली परिवर्तनका लागि प्रवचन

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले मानसिक शान्ति र जिवनशैली परिवर्तनका लागि प्रवचन आयोजना गरेको छ । क्लबले विराटनगरस्थित सिटी प्यालेसमा भारतको इंदौर शहरबाट आएको सन टु ह्युमेन फाउण्डेसन  संस्थामार्फत विराटनगरको सबै रोटरी क्लब,...

अग्नी नियन्त्रक र चालक सम्मानित

विराटनगर । पेट्रोलियम डिलर्स एशोसिएसन कोशी विराटनगरले अग्नी नियन्त्रक र चालकलाई सम्मान गरेको छ । विराटनगरमा सोमबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । यसरी सम्मानित हुनेहरुमा अग्नी नियन्त्रक रमेश मेहता, प्रकाश कोइराला र...

आज २ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं, जेठ १५–बिहीबार २ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थाापाका अनुसार आज २ बजे मन्त्रिपरिषद् बैठक बलाइएको छ । अर्थमन्त्री डा. युवराज खतिवाडासँग बजेटका बारेमा जानकारी...

ज्यान्सेन (जे एण्ड जे) खोप लगाएका व्यक्तिले पनि बुस्टर मात्रा लगाउन मिल्ने

काठमाडौं, ५ फागुन । ज्यान्सेन (जे एण्ड जे) खोप लगाएका व्यक्तिले पनि बुस्टर मात्रा लगाउन मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रष्ट्याएको छ । जिल्ला-जिल्लाबाट पहिलो मात्रा लगाए पुग्ने जे एण्ड जे खोप लगाएकाले के गर्ने...

कोरोनाको नमुना परीक्षणको दायरा बढाउँदै

सरकारले कोरोना भाइरसको नमुना परीक्षणको दायरा बढाउँदै लगिएको जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले कोरोना भाइरसको नमुना परीक्षणलाई तीव्रता दिएको बताएका हुन् । उनले नेपालमा कोरोना भाइरसको रोकथामबारेको मिडिया ब्रिफिङका क्रमाम यस्तो...

विराटनगर विमानस्थल प्राथमिकतामा पर्न नसकेको सरकारका प्रतिनिधिहरूलेनै स्वीकारे

विराटनगर । विराटनगर विमानस्थल तीन तहको सरकारको प्राथमिकतामा पर्न नसकेको स्वयम् सरकारका प्रतिनिधिहरूले स्वीकार गरेका छन् । विराटनगर विमानस्थलको विस्तारका लागि संघीय सरकारले प्राथमिकतामा राखेर बजेट उपलब्ध नगराएको प्रदेश सरकार र स्थानीय सरकारका प्रमुखले बताएका छन्...

लियो क्लबद्वारा स्वीटर वितरण

  बेलबारी । लियो क्लब अफ बेलबारीले विद्यालयका बालबालिकाहरुलाई न्यानो स्वीटरका साथै शैक्षिक सामग्री वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी बेलबारी–८ स्थित सुकुना आधारभुत विद्यालयका ४१ जना विद्यार्थीहरुलाई स्वीटर र शैक्षिक सामग्री...

‘निशान छापमा वास्तविक सीमा मिलाउन मात्रै संविधान संशोधन’

काठमाडौं, ९ जेठ-सरकारले नयाँ नक्सा कार्यान्वयनक लागि संविधान संशोधन गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारले जारी गरेको नयाँ नक्सा कार्यान्वन गर्नका लागि संविधान संशोधन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ, सूचना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्