चालक अनुमतिपत्रको अनलाइन फाराम भर्न प्राविधिक समस्या

 न्यूज विराट
चालक अनुमतिपत्रको अनलाइन फाराम भर्न प्राविधिक समस्या

काठमाडौं, २१ पुस-चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको लागि अनलाइन फाराम भर्न प्राविधिक समस्या आउँदा सेवाग्राही समस्यामा परेका छन् । यातायात व्यवस्था विभागले अनलाइन फाराम भर्नका लागि सर्भरमा समस्या आएपछि मर्मत जारी रहेकाले छिट्टै सञ्चालनमा आउने जनाएको छ ।

विभागले दशमहिनापछि यही १९ पुसबाट वाग्मती प्रदेशमा चालक  अनुमति पत्रका लागि प्रयोगात्मक परीक्षा खुला गरेको थियो । विभागका महानिर्देशक गगन हमाल र प्रधानमन्त्रीका सूचना प्रविधिविज्ञ अस्कर अलिलाई अनलाइन फारम भर्न सहज वातावरण मिलाउनुपर्ने माग गर्दै सोमबार यातायात विज्ञ देवेन्द्र प्रधान र ज्ञानेन्द्र शाहीले ध्यानाकर्षण गराएका छन् ।

चन्द्रागिरि नगरपालिका-१२ बलम्बूस्थित गुर्जुधारामा रहेको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरका सञ्चालक समेत रहेका प्रधानले चालक अनुमतिपत्रका लागि अनलाइन फारम भर्न सहज नभएका कारण सेवाग्राही समस्यामा परेका बताए । उनले भने, ‘बल्ल बल्ल दश महिनामा प्रयोगात्मक परीक्षा  खुला भयो । लाइसेन्स परीक्षाका लागि अनलाइन फाराम भर्न प्राविधिक समस्या र झन्झटिलो भयो । यसलाई सहज बनाउन जरुरी छ । तत्काल यातायात  व्यवस्था विभागले ध्यान दिनुपर्छ ।’

यातायात व्यवस्था विभाग अन्तर्गत ठूलो भर्‍याङ कार्यालयले हाल दैनिक साना ठूला गरी तीनसय जनाले मात्र अनलाइन  फारम भर्ने व्यवस्था मिलाएको जनाइएको छ । अनलाइन फरम सीमित गरिँदा सेवाग्राही समस्यामा परेको विज्ञ प्रधानले बताए । कार्यालयले अनुमतिपत्रका लागि लिखित परीक्षा पास गरी प्रयोगात्मक परीक्षाका लागि बाँकी रहेका ८ सय १५ जनालाई प्रयोगात्मक परीक्षाको व्यवस्था मिलाएको छ ।

यसका लागि सो भेहिकल एकेडेमीले परीक्षा सञ्चालन गरिहेको छ । नेपालको सबैभन्दा ठूलो र सुबिधा सम्पन्न सो एकेडेमी ३२ रोपनी जग्गामा फैलिएको छ । एकेडेमीमा सबै प्रकारका यातायातका साधनका लाइसेन्सका लागि प्रयोगात्मक परीक्षाका लागि पूर्वाधार तथा प्रशिक्षणका लागि सुबिधा रहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ का लागि निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै एकेडेमीमा प्रयोगात्मक परीक्षा सुरु भएको एकेडेमीका अध्यक्ष राजेश घिमिरेले जानकारी दिए ।  उनका अनुसार प्रयोगात्मक परीक्षार्थीका लागि सामाजिक दूरी, ज्वरो मापन, स्यानिटाइजर तथा मास्क अनिवार्य गरिएको छ ।

सरकारले अबलम्बन गरेको सहकारी, सार्वजनिक र निजी क्षेत्र सहभागि तीनखम्बे अर्थनीति अनुसार  विसं २०७३ मा एकेडेमी स्थापना भएको थियो । ऐकेडेमीमा दुई पाङग्रे, चारपाङग्रे तथा ठूला सबै प्रकारका सवारी साधनको प्रयोगात्मक परीक्षा दिन तथा प्रशिक्षण व्यवस्था रहेको एकेडेमीका सञ्चालक रामनारायण घिमिरेले जानकारी दिए ।

यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङका प्रमुख सञ्जय थापाले चालक अनुमतिपत्र लिन  अनलाइन फारामलाई व्यवस्थित गरिने जानकारी दिए । उनले  भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरको अवलोकन गर्दै कोरोनाका कारण लिखित परीक्षा पास भएका प्रयोगात्मक परीक्षा बाँकी रहेकाको एकेडेमीमा प्रयोगात्मक परीक्षा सञ्चालन हुने बताए । रासस

सम्बन्धित समाचार

वल्र्ड रोटरी डेको अवसरमा विराटनगरमा रक्तदान

विराटनगर । वल्र्ड रोटरी डेको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । वल्र्ड रोटरी डेको अवसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनसहित विराटनगरका पाँच वटा रोटरी क्लबहरूको संयुक्त आयोजनामा क्तदान कार्यक्रम आयोजना गरिएको हो ।...

मन्त्री घिमिरेद्धारा योजनाको साप्ताहिक अनुगमन

विराटनगर, ३ साउन–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो निर्वाचन क्षेत्रमा साप्ताहिक रुपमा योजनाको अनुगमन अगाडी बढाएका छन् । हरेक साताको शनिबार उनले मोरङ निर्वाचन क्षेत्र नं. ४ (ख) मा निर्माण भईरहेका, सम्पन्न...

बाँकेमा आरडिटीबाट कोरोना परीक्षण सुरु

बाँके, २९ चैत-बाँकेमा कोभिड–१९ को र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट परीक्षण सुरु भएको छ ।भारतलगायत अन्य देशबाट आएर जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका व्यक्तिमा आरडिटी किटका माध्यमबाट शुक्रबारदेखि कोरोना परीक्षण सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना...

पूर्वमन्त्री आलमको घरमा मध्यराती प्रहरीको छापा

जनकपुर, ८ जेठ-पूर्वमन्त्री आफताब आलमको रौतहटस्थित घरमा प्रहरीले खानतलासी गरेको छ । राजपुर बमकाण्डका अभियुक्त रहेका आलम अहिले काठमाडौंस्थित नख्खु कारागारमा रहेका छन् । सोही बमकाण्डका फरार अभियुक्त महताब आलमलाई पक्राउ गर्न प्रहरीले बिहीबार राती...

शिक्षादीप कलेजले वितरण गर्यो ७० लाखको विद्यार्थीलाई छात्रवृद्धि

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले कक्षा १२ का विद्यार्थीहरूलाई विदाई गरेको छ । विज्ञान र व्यवस्थापन संकायमा अध्ययरत विद्यार्थीहरूलाई कलेजले शुक्रबार एक भव्य कार्यक्रम आयोजना गरी विदाई गरेको हो। १६ औं ब्याजका विज्ञान र १७...

प्रदेश १ मा मन्त्रालय फुटाएको विरोधमा विराटनगरमा एमालेका २३ वटा जनसंगठनहरुद्वारा प्रदर्शन

विराटनगर, १८ माघ । प्रदेश १ सरकारले मन्त्रालयहरु फुटाएर मन्त्रालयको संख्या बढाएको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट जनसंगठनहरुले विराटनगरमा प्रदर्शन गरेका छन् । ्मंगलबार एमाले निकट २३ वटा जनसंगठनहरुले संयुक्तरुमा विराटनगरमा प्रदेश र...

प्रदेश १ मा सोमबारसम्म ३२ सय ६८ जनाको कोरोना परीक्षण

विराटनगर, ८ वैशाख-प्रदेश १ मा सोमबारसम्म ३ हजार २ सय ६८ जनामा कोरोना परीक्षण भएको छ । सरकारले द्रुत परीक्षण विधि (आरडीटी) र ल्याबमा गरिने पीसीआर विधिबाट कोरोना संक्रमण भए/नभएको धमाधम परीक्षण गरिरहेको छ ।...

रोहित चौधरीको गोली हानि हत्यामा संलग्न धरानबाट थप एक जना पक्राउ

विराटनगर । सुनसरीको धरानस्थित सेउतीखोला नजिकैको जंगलमा विराटनगर – ५ का २८ वर्षीय रोहित चौधरीको हत्या प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने धरान ४ का २७ वर्षीया युनेश राई रहेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्