निर्वाचनको सुनिश्चीतता लागि निरन्तर खबरदारी : डा शेखर कोइराला

 न्यूज विराट
निर्वाचनको सुनिश्चीतता लागि निरन्तर खबरदारी : डा शेखर कोइराला

विराटनगर, १३ पुस-नेपाली कांग्रेसका नेता डा. शेखर काइरालाले संसद विघटनको निर्णयलाई सर्बोच्च अदालतले सदर गरेको खण्डमा निर्वाचनको सुनिश्चीतताका लागि निरन्तर खबरदारी गरिने बताएका छन् ।

नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ ले सोमबार विराटनगरमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता कोइरालाले संसद विघटन गर्न सरकारले चालेका कदम नसच्चिएसम्म निरन्तर विरोध गरिरहने बताउँदै सर्बोच्ले सरकारकै पक्षमा फैसला गरे निर्वाचनको सुनिश्चीतताका लागि कांग्रेसले निरन्तर खबरदारी गर्ने बताएका हुन् । ‘जबसम्म सरकारको कदम सच्चिँदैन तब सम्म हामी पटक पटक विरोध गरिरहन्छौँ ।’ उनले भने,‘यति मात्र होइन सर्बोच्चले संसद विघटनलाई सदर गरिदियो भने पनि निर्वाचनको शुनिश्चीतताका लागि पनि नेपाली कांग्रेसले विरोध गरिरहनुपर्ने आवश्यकता छ ।’

नेता कोइरालाले सरकारको कदम विरुद्ध नेपाली कांग्रेस सडकमा आएकाले सडकबाटै निर्णय गरेर अघि बढ्ने बताए । उनले.संसद विघटन नभएको अवस्थामा निरन्तर प्रधानमन्त्री ओलीको साथ प्रचण्ड माधव नेपालले दिएकाले उनीहरु पनि उत्तिकै दोषि रहेको आरोप लगाए । ‘प्रधानमन्त्रीले निरन्तर अलोकतान्त्रीक र असंवैधानिक कदमलाई संसद चलेका बेला साथ दिने प्रचण्ड माधव नेपालको पनि हामी विरोध गर्छौँ ।’ उनले भने,‘संसदमा हुँदा उहाँहरुले जतिपनि विधेयक ल्याउनुभयो सरकार निरंकुशता तिर अगाडी बढ्यो । सम्पत्ति शुद्धिकरण विभाग, राजश्व अनुसन्धान विभाग, अनुसन्धान विभाग सवै प्रधानमन्त्रीको नेतृत्वमा ल्याउँदा प्रचण्ड माधव नेपाल चुप लागेर बसिरहनु भएको थियो र केपी ओलीको मतियार भएर अडाडी जानु भइरहेका थियो । त्यसकारण यो सरकारको विरोध गर्दा प्रचण्ड माधव नेपाल पनि उत्तिकै दोषि हो भन्न हामीले सक्नुपर्छ । .

डा. कोइरालाले वर्तमान सरकारमा नेपाली कांग्रेस सहभागि नहुने प्रष्ट पारे । ‘तपाइहरुलाई नेपाली कांग्रेस सरकारमा जान्छ कि भन्ने शंका लागेका होला ।’ उनले भने,‘हामी कुनै हालतमा जाँदैनौँ भनेर तपाइहरुका बिचमा भन्न चाहन्छु ।’

सम्बन्धित समाचार

कठोर अनुभवबाट सिकेर अगाडि बढौं:राष्ट्रपति

काठमाडौं, १ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७९ साल आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज...

तेस्रो पटक सांसद चुनिए अमनलाल मोदी

विराटनगर । मोरङको क्षेत्र नं. ४ मा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका नेता अमनलाल मोदी विजयी भएका छन् । सार्वजनिक अन्तिम मतपरिणाम अनुसार मोदीले ३० हजार ६१२ मतका साथ बाजी मारेका छन् । उनका प्रतिस्पर्धी नेकपा...

प्याब्सन विराट कप सोमबारदेखि, २३ विद्यालयको सहभागि

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्ट सोमबारदेखि सुरु हुने भएको छ । प्याब्सन विराटनगरको आयोजनामा हुने उक्त प्रतियोगिता सोमबारदेखि विराटनगरस्थित सहिद मैदानमा हुने भएको हो । प्याब्सनले विराटनगरमा आइतबार पत्रकार सम्मेलन गरी...

सीएनआई कोशी एक्स्पो सुरू (फोटो फिचर)

विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश १ को आयोजनामा विराटनगरमा सीएनआई कोशी एक्स्पो सुरू भएको छ । विराटनगर – २ शंकरपुरमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्घाटन गरेपछि एक्स्पो सुरू...

केराबारीमा ट्रयाक्टर दुर्घट्ना हुदा सहचालकको मृत्यु

विराटनगर, १५ फागुन । सुनसरी ईटहरी–३ का १८ बर्षीय गजेन्द्र राईको ट्रयाक्टर दुर्घट्नामा परी मृत्यु भएको छ । आज बिहान ०८ बजे मोरङ केराबारी–५ स्थित भित्रि सडकखण्डमा को २ त ५५०० नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित...

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

काठमाडौं, १३ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको स्थायी कमिटी बैठक पनि स्थगित भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको...

पाँचौँ एनभीए राष्ट्रिय भलिबल स्थगित

नेपाल भलिबल संघले यही वैशाख अन्तिम साता आयोजना गर्ने भनिएको पाँचौँ एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग अनिश्चितकालका लागि स्थगन गरेको छ । कोरोना भाइरसको महामारीका कारण उक्त प्रतियोगिता स्थगन गरिएको हो । प्रतियोगिताको...

कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

काठमाडौं,  २ असोज-ललितपुरमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ललितपुरकी ६६ वर्षीय महिला रहेकी छन् । उनको बिहीबार उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।  उनी गत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्