ओली समूहले गर्‍याे प्रचण्डमाथि कारबाही, चार प्रदेश हटाइए, नयाँ ताेकिए

 न्यूज विराट
ओली समूहले गर्‍याे प्रचण्डमाथि कारबाही, चार प्रदेश हटाइए, नयाँ ताेकिए

काठमाडौं, ९ पुस-नेपाल कम्युनिस्ट पार्टी ओली समूहले प्रदेश इन्चार्जबाट प्रचण्ड-माधव नेपाल समूहका नेताहरूलाई हटाएको छ। बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले ओलीईतर पक्षका चार जनालाई प्रदेश इन्चार्जबाट मुक्त गरेको हो ।

बैठकले प्रदेश १ का इन्चार्ज भीम आचार्यलाई हटाउँदै सुवास नेम्वाङलाई नयाँ इन्चार्ज ताेकेकाे छ । यस्तै बागमती प्रदेशकी अष्टलक्ष्मी शाक्यलाई कारबाही गर्दै ईश्वर पोखरेललाई इन्चार्ज तोकिएको छ।

यता, कर्णाली प्रदेशमा जनार्दन शर्मालाई कारबाही गर्दै मणी थापालाई इन्चार्ज तोकिएको छ। यसैगरी, सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावल पनि कारबाहीमा परेका छन्। उनको ठाउँमा लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ।

प्रदेश २ मा ओली पक्षकै सत्यनारायण मण्डलले निरन्तरता पाएका छन् भने लुम्बिनी प्रदेशमा मुख्यमन्त्री रहेका शंकर पोखरेल र गण्डकीमा पनि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले निरन्तरता दिइएको छ।

यसैबीच, ओली समूहकाे केन्द्रीय कमिटी बैठकले प्रचण्डमाथि पनि कारबाही गरेकाे छ । प्रचण्डलाई कारबाहीस्वरूप कार्यकारी अध्यक्षबाट हटाउने प्रस्ताव केन्द्रीय कमिटीले अनुमाेदन गरेकाे छ’, एक नेताले भने ।

सम्बन्धित समाचार

विराटनगरको सडकमा सुरू भयो फुड फेस्टिवल

विराटनगर । विराटनगरको हिमालय रोडमा दशैँ फुड फेस्टिबल सुरु भएको छ । दशैको अवसर पारेर विराटनगरमा आइतबारदेखि फुड फेस्टिवल सुरु भएको हो ।स्थानिय जातजातीका परिकारहरुलाई प्रवद्धन गर्ने उद्देश्यले सुरु भएको फेस्टिबल कात्तिक ४ गतेसम्म संचालन...

तेस्रो मिल्स क्रिकेट प्रतियोगिता : दोस्रो खेलमा कटिहारको जित

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा कटिहारले सिराहा क्रिकेट ८ विकेटले हराउँदै अन्तिम आठमा पुगेको छ । मंगलबार भएको दोस्रो खेलमा सिराहले १७८ रनको लक्ष्य कटिहारले १४.३ ओभरमा २ विकेट गुमाएर...

रंगेलीमा प्रदेशस्तरीय फूलपाती बढाइँमा मुख्यमन्त्रीद्वारा पूजापाठ

विराटनगर । मोरङको रंगेलीस्थित संसारी माई मन्दिरबाट कोसी प्रदेशस्तरीय फूलपाती बढाइँ गरिएको छ ।विजया दशमीको सातौं दिन हरेक वर्ष रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मन्दिर परिसरबाट बढाइँ आरम्भ हुने गर्छ । कोसी प्रदेश सरकारले...

रञ्जन छुटेपछि गीताका बुवाले भने : सर्वोच्चले गलत नजिर स्थापित गर्न खोज्यो

काठमाडौं, ८ साउन-श्रीमतीको हत्या गरी सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका पूर्व डिआइजी रञ्जन कोइराला प्रकरणमा सर्वोच्च अदालतले सजाय घटाउने गरी गरेको फैसलाले गलत नजिर स्थापित गरेको पीडित परिवारले बताएको छ । सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका कोइराला...

मेसु डा. यादवको पहलमा कोशी अस्पतालमा बन्यो ‘सिटीस्क्यान’

विराटनगर । प्रदेश १ को सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा बिग्रिएको दुई महिनापछि ‘सिटीस्क्यान’ मेसिन बनाएर संचालनमा ल्याएको छ । साढे आठ लाख इमेजेज निकालिसकेको कोशीको यो सिटीस्क्यानको ट्युब बिग्रिएपछि ४ कार्तिकदेखि थन्किएको थियो ।...

अमेरिकाले जनताको विश्वासलाई अपमान गर्‍यो : चीन

एजेन्सी, जेठ २-अमेरिकाले आफ्ना नागरिकको विश्वासलाई अपमान गरेको चीनले आरोप लगाएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न अमेरिका असफल भएको आरोप पनि चीनको विदेश मन्त्रालयले लगाएको छ । मन्त्रालयका प्रवक्ता झाओ...

आगामी आर्थिक वर्षको सुरुबाटै क्लिनफिड लागू गर्न माग

काठमाडौं, २८ असार-नेपाल मिडिया सोसाइटीले आगामी आर्थिक वर्षको सुरुबाट नै क्लिन फिड लागू गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडालाई भेटेर मिडिया सोसाइटीले क्लिनफिड साउनबाट नै लागू गर्न ध्यानाकर्षण गराएको...

मुख्यमन्त्री राउतलाई राजीनामा दिन निर्देशन दिएको छैनः उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई  पदबाट राजीनामा दिन जसपाले निर्देशन नदिएको जानकारी दिएका छन् । उनले भने, ‘मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन पार्टीले निर्देशन दिएको छैन र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्