सहयोगापेक्षीहरुको उद्धार गरि प्रदेश १ लाई सडक मानवमुक्त बनाइने

 न्यूज विराट
सहयोगापेक्षीहरुको उद्धार गरि प्रदेश १ लाई सडक मानवमुक्त बनाइने

विराटनगर, ४ पुस-प्रदेश १ सरकारले तीन जिल्लाका सहयोगापेक्षीहरुको उद्धार गर्ने भएको छ । सडक मानवहरुको राष्ट्रिय उद्धार कार्यक्रम अन्र्तगत पुस ९, १० र ११ गते भित्रमा झापा, मोरङ र सुनसरीका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावक विहिन) सडक मानवहरुको उद्धार गरिने सामाजिक विकास मन्त्रालयले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

मानव सेवा आश्रमसँगको सहकार्यमा पुस ७ र ८ गते तीन जिल्लाका सडक बालबालिका र पुस ९ देखि ११ गतेसम्म मानसिक रोगी, असहायहरुको उद्धार गरिने बताईएको छ । पुर्वपश्चिम राजमार्ग केन्द्रित कार्यक्रम अन्र्तगत पहिलो चरणमा झापा, मोरङ र सुनसरीका सहयोगापेक्षी मानवहरुको उद्धार गर्न लागिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए ।

अभियान अन्र्तगत उद्धार गरिसकेपछि तीन जिल्लाका स्थानीय तहहरुले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त सडक घोषणा गर्ने उनले बताए । १४ वटै जिल्लाका स्थानीय तहले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त सडक घोषणा गरेपछि प्रदेशलाई आगामी बैशाख मसान्त भित्रमा घोषणा गरिने मन्त्री घिमिरेले बताए । राजमार्ग केन्द्रित कार्यक्रमपछि प्रदेश १ का अन्य जिल्लामा अभियान शुरु गरिने उनले जानकारी दिए । उद्धार गरिएकाहरुलाई तीन स्थानमा राख्ने तयारी गरिएको मन्त्री घिमिरेले बताए । उनका अनुसार उद्धार गरिएका बालबालिकालाई सुनसरी इटहरीको भ्वाइस अफ चिल्ड्रेन (भीओसी), अपाङ्गता भएकाहरुलाई झापाको खगेन्द्र नवजीवन केन्द्र र अन्यलाई मानव सेवा आश्रम विराटनगरमा राखिने छ ।

पुस आठ गतेसम्म झापा, मोरङ र सुनसरीका सवै स्थानीय तहहरुले सहयोगापेक्षी मानवहरुको खोजी तथा सूचना संकलन गरि सामाजिक विकास मन्त्रालयलाई जानकारी गराउनुपर्ने मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बताए ।

मानव सेवा आश्रमले पुस ७ देखि माघ ७ गतेसम्म राष्ट्रिय उद्धार कार्यक्रम (मेची–महाकाली) सञ्चालन गर्दैछ । अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्ने कार्यक्रम रहेको मानव सेवा आश्रम प्रदेश १ का संयोजक नवराज केसीले जानकारी दिए । उनका अनुसार मानव सेवा आश्रम विराटनगरले उद्धार गरिएका १५० जना राख्न सक्ने गरिको क्षमता विस्तार गरेको बताए ।

प्रदेश १ सरकारले चालु आर्थिक बर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा समेत बेसहारा भई सडकमा रहेका सहयोगापेक्षी सडक मानवहरुको सरकारी र सामाजिक विकास संघ संस्थाको सहकार्यमा उद्धार तथा पुर्नस्थापना गर्दै सडकमा आश्रय लिनुपर्ने बाध्यताको अन्त्य गरिने उल्लेख छ ।

सम्बन्धित समाचार

रात्रिकालीन व्यवसाय राति १० बजेसम्म सञ्चालन गर्न पाइने

काठमाडौं, २३ माघ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले रात्रिकालीन व्यवसाय राति १० बजेसम्म सञ्चालनका लागि अनुमति दिएको छ । डान्स बार, दोहोरी, नाचघर, क्लब, सिनेमा हल, जिम खाना, स्विमिङ पुल तथा फुटसल १...

आज ३३०९ जनामा कोरोना पुष्टि, ३० संक्रमितको निधन

काठमाडौं, १९ कात्तिक-गत २४ घण्टामा नेपालमा ३ हजार ३ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । १३ हजार १ सय ४४ को पीसीआर गर्दा आज ३ हजार ३ सय ९ जना संक्रमित थपिएका हुन्...

सामाजिक सद्भाव कायममा चाडपर्वको भूमिका महत्वपूर्ण

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले दसैँ, तिहार, नेपाल संवत्, छठलगायत चाडपर्वलाई सांस्कृतिक एकता र सामाजिक सदभाव कायम अभिवृद्धिको पर्वका रूपमा मनाइनुपर्नेमा जोड दिएका छन् । मोरङ व्यापार संघले बिहीबार बडादसैँ, शुभदीपावली, नेपाल...

जातीय पहिचान सूचीकृतगर्न मागगर्दै विराटनगरमा राजवंशी समुदायको प्रदर्शन

विराटनगर, ३० माघ । विराट राजवंशी समाज उत्थान समितिले आफ्नो जातिय पहिचान सुचिकृतगर्न मागगर्दै मोटरसाईकल ¥याली सहित खबरदारी सभा गरेको छ । समितिले बिराटनगरमा मोटरसाईकल ¥यालीसहित खबरदारी सभा गरेको हो । समितिको अगुवाईमा विराटनगरको राजवंशीचोकबाट...

प्रदेश १ का ३१ मध्ये ६ संक्रमितले जिते काेराेना

विराटनगर, २३ वैशाख-उदयपुरका कोरोना संक्रमितमध्ये ६ जना निको भएका छन् । विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचार गराएका उनीहरूलाई ३ पटक परीक्षण गर्दा रिपोर्ट लगातार नेगेटिभ आएको अस्पतालले जनाएको छ । ५ चैतमा उदयपुरको...

प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक शर्माद्धारा कार्य सम्पादन करार

विराटनगर, १५ माघ । प्रादेशिक सञ्चार प्रतिष्ठान, प्रदेश १ का कार्यकारी निर्देशक यज्ञप्रसाद शर्मा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलवीच कार्य सम्पादन सम्झौता भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार...

ग्रिनल्याण्ड स्कुलले मनायो अभिभाव दिवस

विराटनगर । विराटनगर – ५ स्थित ग्रिनल्याण्ड स्कुलले अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा आइतबार एक कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो । स्कुलले अभिभावक दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्यो । स्कुल...

सेनाले खरिद गरेको स्वास्थ्य सामग्री आज आइपुग्दै

काठमाडौं, ६ जेठ-नेपाली सेनाले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि चीनबाट खरिद गरिएको स्वास्थ्य सामग्री आज काठमाडौं आइपुग्ने भएको छ । सेनाले स्वास्थ्य समाग्री ल्याउन नेपाल एयरलान्सको वाइडवडी जहाज सोमबार बेलुकी  चीनको ग्वान्जा पठाएको थियो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्