प्रदेश १ का १८ स्थानीय तहमा स्किम बैंक सुरु गरिने

 न्यूज विराट
प्रदेश १ का  १८ स्थानीय तहमा स्किम बैंक सुरु गरिने

विराटनगर, ३ पुस । प्रदेश १ सरकारले नौ जिल्लाका १८ वटा स्थानीय तहमा स्किम बैंक सञ्चालन गर्ने भएको छ । आगामी माघ १ गतेदेखि कार्यक्रम कार्यन्वयनमा लगिने तयारी गरिएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले माघ १ गतेदेखि कार्यक्रमलाई कार्यन्वयनमा लैजान निर्देशन दिएका छन् । पालिका केन्द्रित कार्यक्रम भएकाले स्थानीय तहका प्रमुखहरुलाई कार्यक्रमलाई प्रभावकारी बनाउन मन्त्री घिमिरेले जोड दिए ।

व्यवसाय गर्ने सोच भएका युवाहरुलाई लक्षित गरी रोजगार तथा स्वरोजगार सिर्जना गर्ने उद्देश्य सहित सामाजिक विकास मन्त्रालयले स्किम बैंक सञ्चालनको तयारी गरेको हो । कार्यक्रम सञ्चालनका लागि नमूनाका रुपमा सुनसरीको दुहवी र बराहक्षेत्र, मोरङको कटहरी र मिक्लाजुङ, झापाको कन्काई र भद्रपुर, पाँचथरको फिदिम र याङवरक, इलामको सुर्याेदय र देउमाई, उदयपुरको बेलका र कटारी, धनकुटाको महालक्ष्मी र धनकुटा नगरपालिका, तेह्रथुमको आठराई र म्याङ्लुङ र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र रावाबेसीलाई छनौट गरेको सामाजिक विकास मन्त्रालय श्रम तथा रोजगार शाखाका अधिकृत प्रदिप गौतमले जानकारी दिए ।

सामाजिक विकास मन्त्रालयले स्थानीय तहका प्रमुख, उपप्रमुख, विकास बैंकका प्रतिनिधिसँग स्किम बैँक सञ्चालन तथा व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रम गरेको छ । पुँजी÷अनुभव भएर पनि सम्भाव्यता अनुसारको स्कीम नभएका युवाहरुलाई अनुकुलका उद्यम गर्नका लागि स्कीम दिने गरि कार्यक्रम शुरु गर्न लागिएको गौतमले जानकारी दिए ।

चालु आर्थिक बर्षमा सीपमूलक तालिम कार्यक्रम सञ्चालनका लागि १० करोड ५० लाख विनियोज गरिएको छ । तालिम स्थानीय तहको माग बमोजिम सञ्चालन गरिने उहाँले बताउनुभयो । सामाजिक विकास मन्त्रालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्थाको समन्वय गरी कार्यक्रम सञ्चालन गरिने शाखा अधिकृत गौतमले बताए ।

छलफल कार्यक्रममा स्थानीय तहका प्रमुखहरुले वित्तिय संस्था नपुगेका स्थानमा वित्तिय संस्था सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

सम्बन्धित समाचार

सम्राट स्पोर्टिङ क्लबद्धारा लिग बिजेता खेलाडीलाई सम्मान

विराटनगर । विराटनगरमा रहेको सम्राट स्पोर्टिङ क्लबले यस बर्षको मोरङ जिल्ला ए डिभिजन लिग बिजेता आफ्नो खेलाडीलाई सम्मान गरेको छ । विराटनगर ३ क्लवको भवनमा शनिबार विहान एक कार्यक्रम बिच खेलाडीहरुलाई सम्मान गरेको हो ।...

प्रदेश १ मा आज ५७८ जना संक्रमित थपिए

विराटनगर, २५ वैशाख । प्रदेश १ मा आज ५७८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २११, झापामा १६८, सुनसरीमा ११९, सोलुखुम्वुमा २४, इलाममा २२, धनकुटामा ९, उदयपुरमा ३, संखुवासभा र ताप्लेजुङमा १–१ र प्रदेश...

विराटनगरमा जारी टि–२० मेयर कप क्रिकेटः विरगञ्ज र जनकपुर विजयी

विराटनगर । विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता बुधबारको खेलमा विरगञ्ज महानगरपालिका र जनकपुरधाम उपमहानगरपालिका विजयी भएका छन् । विराटनगर–१९ स्थित झापा वैजनाथपुरको खेल मैदानमा बुधबार पहिलो...

दिल्ली हिंसा : कपिल मिश्रासहित तीन जनाविरुद्ध एफआईआर दर्ज गर्न निर्देशन

काठमाडौं, फागुन १४–हिंसा भड्काउन उक्साएको आरोपमा दिल्ली उच्च अदालतले सत्तारूढ भारतीय जनता पार्टीका नेता कपिल मिश्रासहित तीन जनाविरुद्ध एफआईआर दर्ज गर्न प्रहरीलाई निर्देशन दिएको छ । पछिल्लो घटनाक्रम र कारबाहीप्रति असन्तुष्टि जनाउँदै अदालतले भाजपाका नेता...

कटहरी १ नम्बर वडा कार्यालय आफ्नै भवनमा, छिटो र क्षरितो सेवा सुरु गर्न जोड

विराटनगर । मोरङको कटहरी गाउँपालिका – १ नम्बर वडा कार्यालय आफ्नै भवनमा सरेको छ । ७२ लाख २० हजार ३८६ रुपैयाँ लागतमा निमार्ण भएको भवन आइतबारबाट आफ्नै नवनिर्मित भवनबाट सेवा सुरू गरेको हो । नवनिर्मित...

विराटनगरमा चैत २० गते सहकारीकर्मीको भेला हुने

विराटनगर । यस बर्षको राष्ट्रिय सहकारी दिवसको मूल कार्यक्रम बिराटनगर‌मा गर्ने तय भएको छ । चैत्र २० गते हुने उक्त कार्यक्रम कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा हुने भएको हो ।कार्यक्रमलाई भव्य बनाउन...

नो एमसीसी लेखिएको शंकास्पद वस्तु फेला

काठमाडौं, १६ फागुन ।काभ्रेको बनेपास्थित पुल बजारमा शंकास्पद वस्तु फेला परेको छ । ‘नो एमसीसी, खतरा’ लेखिएको वस्तु भेटिएको हो । घटनास्थलमा नेपाली सेनाको टोली पुगेको छ । आज एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६...

कोरोनामुक्त भइन् अभिनेत्री निरिशा

काठमाडौं, ७ असार-अभिनेत्री निरिशा बस्नेत कोरोनामुक्त भएकी छन् । २ सातादेखि भारतको एउटा अस्पतालमा उपचारत उनले कोरोनालाई जितेकी हुन् । अहिले उनी कोरोनामुक्त भएर घर फर्किसकेकी छन् । मुम्बईमा रहेकी निरिशाले स्वस्थ्यमा समस्या आएपछि कोरोना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्