प्रदेश १ लाई खेलकूदको हबको रूपमा अगाडी बढाइने

 न्यूज विराट
प्रदेश १ लाई खेलकूदको हबको रूपमा अगाडी बढाइने

विराटनगर, ३ पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले खेलकुद क्षेत्रलाई उच्च प्राथामिकतामा राख्दै प्रदेशलाई सबै विधाको खेलकूदको अबको रूपमा विकास गरेर अगाडी बढने बताएका छन् । विराटनगरमा शुक्रबारदेखि सुरू भएको प्रथम प्रदेश नंं १ आइटीएसफ तेक्वाण्डो टेक्निकल सेमिनार कोर्षको उद्घाटन गर्दै मुख्यमन्त्री राईले खेलकुद क्षेत्रलाई व्यवसायिक बनाउदै खेलकूदको हबको रूपमा प्रदेशलाई अगाडी बढाउने बताएका हुन् ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले खेलाडीहरू राष्ट्रियको गहना भएकोले यस क्षेत्रलाई व्यवसायिक बनाएर खेलाडीहरूको भबिष्य सुनिश्चित गरिनुपर्ने बताए । ‘खेलकुद क्षेत्रमा लागेर खेलाडीहरू अन्यौलमा परेका छन् । पुराना खेलाडीहरूको अवस्था दहनिय छ । हिजो राज्यले खेलकुदा क्षेत्रलाई हेरेन । अब यस क्षेत्रलाई व्यवसायिक बनाउनुपर्दछ,’ मुख्यमन्त्री राईले भने ।

खेलकुद क्षेत्रलाई तीन तहकै सरकारले प्रथामिकतामा राखेरे काम गर्दै आएको पनि बताए । प्रदेश १ सरकारले खेलकुद कानुन पनि बनाइसकेको हुनाले प्रदेशको खेलकुद परिषद पनि छिट्टै गठन हुने मुख्यमन्त्री राईले जानकारी दिए । प्रदेश सरकारले एक पालिका एक रंगशालाको अवधारणा पनि अगाडी सारेको मुख्यमन्त्री राईले बताए ।

‘सोही अवधारणा अुनसार एक रंगशाला र कभड हलको पूर्वाधारहरू निर्माणको प्रक्रिया अगाडी बढेको छ,’ मुख्यमन्त्री राईले भने, ‘यसरी पूर्वाधार निर्माणसँगै सबै खेल विधाको हबको रूपमा प्रदेश १ लाई विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको छ ।’ उनले अहिले पनि राष्ट्रिय खेलाडीहरूको बर्चश्व कायम प्रदेश १ बाटै रहेको मुख्यमन्त्री राईले बताए । ‘फुटबलमा राष्ट्रिय खेलाडीहरू यही प्रदेशका रहेका छन् ।

मार्सल आट, तेक्वान्दो, कराते अन्य विधाहरूमा पनि यही प्रदेशबाट राष्ट्रिय र अन्तराष्र्टिय पदक ल्याएका छन्,’ उनले भने, ‘खेलाडीहरूको मनोबल उच्च बनाउन पनि प्रदेश सरकार लागि परेको छ ।’ विभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय विधाका खेलकुदहरूमा प्रतिस्पर्धा गरेर पदक जित्ने खेलाडीहरूलाई पनि प्रदेश सरकारले सम्मान गर्ने आएको बताए ।

सम्बन्धित समाचार

एमाले सांसदहरुद्वारा १४ जनालाई पदमुक्त गर्न सभामुखलाई दबाब

काठमाडौं, ४ भदौ । सदीय दलको ह्वीप उल्लंघन गरेको अभियोगमा निष्कासनमा परेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गरेको सूचना तत्काल टाँस्न एमालेले आज पनि सभामुख अग्नि सापकोटालाई दबाब दिदैछ । आज कार्यालय समय शुरु हुनासाथ...

मोरङमा पनि नेपाल समूहले गठन गर्‍यो समानान्तर कमिटी

नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल समूहले मोरङ जिल्ला र विराटनगर महानगरमा शुक्रबार समानान्तर कमिटी गठन गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा सो समूहले दुवै कमिटी घोषणा गरेको हो । सो समूहले एमालेका पूर्वउपाध्यक्ष...

सहकारी दिवसको पूर्वसन्ध्यामा विराटनगरसहित मोरङ जिल्लाभरी गरियो द्वीप प्रज्वलन, मंगलबार जिल्लास्तरमा एकिकृत रुपमा मनाइदै

विराटनगर । ६७ औँ सहकारी दिवसको पूर्वसन्ध्यामा विराटनगरसहित जिल्लाभर द्वीप प्रज्वलन गरिएको छ । प्रदेश राजधानी विराटनगरसहित मोरङ सवै स्थानीयतहमा सोमबार साँझ द्वीप प्रज्वलन गरिएको हो ।  विराटनगरमा सयौँ सहकारी अभियान्ताहरुको सहभागीतामा विराटनगरस्थित जनआन्दोलन चोकमा...

अस्ट्रेलियामा अध्ययनरत विद्यार्थीलाई चीनले दियो चेतावनी

एजेन्सी, जेठ २८-चीनले अस्ट्रेलियामा अध्ययनरत आफ्ना विद्यार्थीहरुलाई आगामी दिनमा ‘नस्लवादी हमला’ को सामना गर्नुपर्ने अवस्था आउने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । चीनको शिक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आफ्नो देशका विद्यार्थीलाई सचेत गराएको...

कोशी अस्पतालमा चार महिनामै फेरीए सुपरिटेन्डेन्ट : चन्द्रभाल झा भए मेसु, रविराज सिंहलाई पुरानै जिम्मेवारी

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा नयाँ मेसु नियुक्ति भएका छन् । कोशीका निमिक्त मेसु डाक्टर रविराज सिंह चार महिनामै परिवर्तन भएका हुन् । उनका ठाउँमा कोशी अस्पतालका छाला तथा यौनरोग विशेषज्ञ डाक्टर चन्द्रभाल झालाई नियुक्त...

बैठक माग गर्दै नेकपाका १५२ केन्द्रीय सदस्यले बुझाए हस्ताक्षर

काठमाडौं, १४ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १ सय ५२ जना केन्द्रीय सदस्यहरूले केन्द्रीय कमिटी बैठकको माग गर्दै हस्ताक्षर बुझाएका छन् । स्थायी कमिटीले पार्टीभित्र देखा परेको समस्याको समाधान दिन नसकेको भन्दै सदस्यहरूले केन्द्रीय कमिटी...

निको नहुँदै डिस्चार्ज गरिएका ६ संक्रमित फेरि अस्पताल भर्ना 

धनगढी, २३ जेठ-सेती प्रादेशिक अस्पतालले आज कोरोना निको नहुँदै डिस्चार्ज गरेका ६ जना संक्रमितलाई फेरि अस्पतालमा भर्ना गरेको छ । आज दिउँसो डिस्चार्ज भएका अछामको मेल्लेख गाउँपालिकाका ३२ बर्षीय पुरुष र ११ बर्षीय बालिका, बैतडीको...

४२.७ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किए

काठमाडौं, २२ असार-नेपालमा कोभिड–१९ का जम्मा सङ्क्रमितमध्ये ४२.७ प्रतिशत सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ६...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्