प्रदेश १ मा आज ५६२ जनाको पीसीआर परिक्षण गर्दा ४३ संक्रमित थपिए

 न्यूज विराट
प्रदेश १ मा आज ५६२ जनाको पीसीआर परिक्षण गर्दा ४३ संक्रमित थपिए

विराटनगर, ३ पुस । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १४३ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १ सय २०, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १६, विराट मेडिकल कलेजबाट ४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ र न्युरो अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार ३ सय ९० पुगेको छ ।

प्रदेश १ मा शुक्रबार ४३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १४, मोरङमा १२, झापामा ६, ताप्लेजुङमा २, संखुवासभा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको इटहरीमा ७, धरानमा ५ र रामधुनीमा २, मोरंगको विराटनगरमा ५, केराबारी र ग्रामथानमा २–२, उर्लाबारी, लेटाङ र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोड र दमकमा २–२, भद्रपुर र बुद्धशान्तिमा १–१, ताप्लेजुङको पाथीभरा याङवरक र मैंवाखोलामा १–१, संखुवासभाको खाँदबारी र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार २३० पुगेको छ । प्रदेश १ मा आज ५६२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २१ महिला र २२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ३ हजार ४२६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

विराटनगरको कवाडीे गोदाममा आगलागी : पाँच जना घाइते, तीन जनाको अवस्था गम्भिर (फोटो फिचर)

विराटनगर । विराटनगर ७ स्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आगलागीमा परी पाँच जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।...

इप्रका रामपुर ठोक्सीलाको सक्रियता बढ्यो, ठूलो परिमाणमा सुपाडीसहित तीन जना पक्राउ

विराटनगर । उदयपुर बेलका नगरपालिका ५ जहडा स्थित मदन भण्डारी लोकमार्ग सडक खण्डबाट प्रहरीले ठूलो परिमाणमा सुपाडीसहित तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुरठोक्सीलाका प्रहरी निरीक्षक ऋषिराम ढकालको कमाण्डमा खटिएको प्रहरी टोलीले...

बाँकेका सिडिओले दिएको पास बोकेर काठमाडौं आएकी थिइन् चन्द्रागिरीकी कोरोना संक्रमित

काठमाडौं, ३१ वैशाख-काठमाडौंको चन्द्रागिरी नगरपालिका-९ मच्छेनारायानकी कोरोना संक्रमित महिलालाई जिल्ला प्रशासन कार्यालय बाँकेले नै पास दिएर काठमाडौं पठाएको खुलेको छ । भारत घुमेर नेपालगन्ज हुँदै उपत्यका छिरेकी ति महिलालाई प्रशासनले नै पास दिएर पठाएको खुलेको...

भारतलाई २०० मेगावाट विद्युत् बेच्न विद्युत प्राधिकरणले खोल्यो टेन्डर

गत मनसुनमा झण्डै ५०० मेगावाट बराबरको बिजुली खेर गयो । मूल्यमा हिसाब गर्दा खेर गएको बिजुलीमात्रै पाँच अर्ब बराबरको थियो । केही समयपछि नेपालमा पुनःमनसुन सुरु हुँदैछ । पानी पर्ने याम सुरु भएपछि नदी तथा खोलामा...

प्रदेश २ मा आज ३८३ नयाँ संक्रमित थपिए

जनकपुर, ३ भदौ-प्रदेश २ मा थप ३ सय ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८७ जना महिलासहित ३८३ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै...

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी संघ वीरगञ्जका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव ढुवानी व्यवसायीलाई परेको भन्दै उनीहरूले ढुवानी सेवा बन्द गरेका...

अमिताभ बच्चन कोरोनामुक्त, अस्पतालबाट डिस्चार्ज

एजेन्सी, साउन १८-बलिउड अभिनेता अमिताभ बच्चन कोरोना संक्रमणमुक्त भएका छन् । उनको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । उनका छोरा अभिषेक बच्चनले ट्विट गर्दै आफ्ना बाबु अमिताभ बच्चन कोरोनामुक्त भएको...

विराटनगरस्थित बालसुधार गृहको तीन तलाबाट हाम फालेर फरार बालकहरु पक्राउ

विराटनगर, १३ असार । विराटनगरको बाल सुधार गृहदेखि शनिबार बिहान फरार भएका चारै जना बालकलाई प्रहरीले पक्राउ गरेको छ । तीन तलामाथिबाट हाम फालेर फरार भएका तीन जनालाई आइतबार बिहान विराटनगरको नोबेल हस्पिटल अगाडिको नहरदेखि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्